» नइ प्रकाशन नेपाल सरकारबाट आयकर छुट पाएको गैरराजनीतिक साहित्यिक, सांस्कृतिक र सामाजिक संस्था हो ।

Home » लोकगीता

लोकगीता

श्री लोकमानसिंह कार्की नेपाल सरकारको मुख्य सचिव र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त भए । उनी अख्तियार प्रमुख भएका बेला भ्रष्टाचारका विरुद्ध एउटा ठूलै जागरण आएको थियो । नेपालको राजनीति र प्रशासनको इतिहासमा त्यस प्रकारको कम्पन त्यसअघि त्यतिसारो आएको पनि थिएन ।

लोकमानसिंह कार्की नेपाल सरकारको मुख्य सचिव र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त भए । उनी अख्तियार प्रमुख भएका बेला भ्रष्टाचारका विरुद्ध एउटा ठूलै जागरण आएको थियो । नेपालको राजनीति र प्रशासनको इतिहासमा त्यस प्रकारको कम्पन त्यसअघि त्यतिसारो आएको पनि थिएन ।

लोकमानसिंह कार्की बाैद्धिक, निर्भीक र न्यायिक व्याक्तित्वका रुपमा पनि परिचित छन् । त्यस्ता वीर पुरुषबाटै लेखिएको ‘लोकगीता’ उच्च स्तरीय ग्रन्थ हो । संस्कृत साहित्यको महान् ग्रन्थ ‘महाभारत’मा कृष्णले अर्जुनलाई दिएको उपदेश एवम् आधुनिक युगका महान् चिन्तक ओशोको विशिष्ट व्याख्याका छहारीमा तयार पारिएको ‘लोकगीता’ कार्कीका जीवन र समाजका अनुभवहरुबाट पनि त्यत्तिकै सिँगारिएको छ । यस ग्रन्थमा गरिएको उच्च प्राज्ञिक विमर्शबाट नेपाली समाजको आध्यात्मिक चिन्तनधारा र जीवनमूल्यलाई मार्गनिर्देशन सदैव प्राप्त भइरहने आशा र अपेक्षा गर्न सकिन्छ ।

लोकमानसिंह कार्कीलाई नेपाल राष्ट्रमा जसरी एक साहसी र पुरुषार्थी प्रशासकका रूपमा चिनिन्छ त्यसरी नै नेपाली समाजले लोकमानसिंह कार्की भनेको परोपकारी, धार्मिक, संस्कारी र संस्कृति तथा परम्पराका आदर्श परिपालकका रूपमा पनि चिन्ने गर्छ । अनि यिनै तथ्यलाई ठोस रूपमा प्रमाणित गर्ने ‘लोकगीता’ एउटा ओजपूर्णको ग्रन्थ बनेको छ ।

‘लोकगीता’ पुरातन धर्मसंस्कारको जगमा स्थापित आधुनिक विचारधाराद्वारा परिभाषित ग्रन्थ मानिन्छ। भौतिक रूपले शारीरिक आकारसँग सादृश्य भीमकाय ग्रन्थका निर्माता लोकमानसिंह कार्की नेपाली साहित्य, धर्म, संस्कृतिको इतिहासमा अक्षुण्ण रूपले गाँसिएका व्यक्तित्व हुन् ।

लोकमानसिंह कार्कीजस्ता गौरवी व्यक्तिद्वारा लेखिएको ‘लोकगीता’को वेभ संस्करण प्रकाशित गर्न पाउनु नइ प्रकाशनका लागि गौरवको अवसर हाे ।

यहाँ थिच्नुहोस् – Click here to download

नेपाली साहित्यका विभूति

नइ टेलिफोन कोश


नइको चिनारी