» नइ एकेडेमी नेपाल सरकारबाट आयकर छुट पाएको गैरराजनीतिक साहित्यिक, सांस्कृतिक र सामाजिक संस्था हो ।

Home » नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन

नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन

नइ एकेडेमीले २०८२ चैत २७, २८ र २९ गते काठमाडौँमा ‘नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’को आयोजना गर्नु नेपाली भाषासाहित्यका लागि उल्लेख्य उपलब्धि मानिन्छ । सो सम्मेलन महासमालोचक प्रा.डा.वासुदेव त्रिपाठीको सर्वोच्च प्राज्ञिक नेतृत्वमा हुनु अर्को उपलब्धि हुँदै हो ।

त्रिभुवन विश्वविद्यालयको स्थापनापछि नेपाली भाषासाहित्यको पठनपाठनको समृद्ध परम्पराको निर्माण भए तापनि त्यसको इतिहास के कस्तो छ र विशेषतः नेपाल तथा भारतमा नेपाली भाषासाहित्यको पठनपाठन र अनुसन्धानका गतिविधि के कस्ता छन् भन्ने विषयमा हालसम्म त्रिभुवन विश्वविद्यालय वा नेपाल प्रज्ञाप्रतिष्ठानबाट समेत खोजीनिती गर्ने प्राथमिक प्रयास पनि हुन सकेको थिएन । यस स्थितिमा नइ एकेडेमीको अग्रसरतामा नेपाल र भारतका विश्वविद्यालयहरूमा नेपाली विषयको पठनपाठनमा संलग्न प्राध्यापकहरूको तीनदिने सम्मेलन आयोजना गरेको हो ।

नेपाली भाषासाहित्यको विकास र विस्तारबारे अध्ययन हुन बाँकी पक्षहरू प्रशस्त छन् । तीमध्येको एउटा गम्भीर अनुसन्धेय विषय विश्वविद्यालयका उच्चशिक्षामा नेपाली भाषासाहित्यको अध्ययन र अनुसन्धानको इतिहास पनि हो । नेपाली भाषाको उत्पत्ति र विकासका कतिपय प्रसङ्ग पनि अनिर्णीत नै थिए । यीबारे गहन अध्ययन हुनु आवश्यक थियो र त्यसैको परिपूर्तिका निम्ति नइले ‘नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’ गर्नुपरेको हो ।

नइ प्रज्ञा पुरस्कार र प्राध्यापक सम्मेलन पदक
नइ एकेडेमीले ‘नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’को उचाइ अभिवृद्धिका साथै नेपाली भाषासाहित्यको अनुसन्धान तथा सिर्जनात्मक संवर्धनमा समर्पित हुनुहुने नेपाल तथा भारतका छब्बिस जना प्राज्ञलाई जनही पचास हजार रुपियाँ राशिको ‘नइ प्रज्ञा पुरस्कार’ तथा ‘नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन पदक’बाट विभूषित गरेको छ—
नइ प्रज्ञा पुरस्कार
१. प्रा.डा.ऋषिराम शर्मा
२. प्रा.डा.कपिलदेव लामिछाने
३. प्रा.डा.कविता लामा
४. प्रा.केशव सुवेदी
५. प्रा.डा.कृष्णराज घतानी
६. प्रा.खेमराज जोशी (मरणोपरान्त)
७. प्रा.डा.चक्रपाणि खनाल
८. प्रा.डा.चूडामणि बन्धु
९. प्रा.डा.जङ्गब चौहान
१०. डा.टेकबहादुर छेत्री
११. प्रा.डा.ताराकान्त पाण्डेय (मरणोपरान्त)
१२. प्रा.डा.दयाराम श्रेष्ठ
१३. प्रा.डा.दिवाकर प्रधान
१४. डा.दैवकीदेवी तिम्सिना
१५. प्रा.डा.पुष्प शर्मा
१६. प्रा.डा.भरतकुमार भट्टराई
१७. प्रा.डा.महादेव अवस्थी
१८. डा.रजनी काफ्ले ढकाल
१९. डा.राजकुमार क्षत्री
२०. प्रा.डा.लक्ष्मणप्रसाद गौतम
२१. प्रा.डा.लेखप्रसाद निरौला
२२. महासमालोचक प्रा.डा.वासुदेव त्रिपाठी
२३. प्रा.शिवगोपाल रिसाल
२४. डा.सञ्जय रार्ई तथा डा.अरुणा रार्ई
२५. डा.साधना पन्त ‘प्रतीक्षा’
२६. डा.हर्कबहादुर शाही
नइ कपिल प्रज्ञा पुरस्कार
‘नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’का लागि समालोचना या टिप्पणीको विशेष अभिलेख तयार गर्ने प्राज्ञद्वयलाई डा.कपिलदेव उपाध्यायको नाउँको सुरुको अक्षर जोडेर जनही पच्चिस हजार रुपियाँ राशिको ‘नइ कपिल प्रज्ञा पुरस्कार’ तथा ‘नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन पदक’बाट विभूषित गरेको छ—
१. डा.अम्बिका अर्याल
२. डा.त्रिभुवन बरई
नइ सेवा पुरस्कार
नइ एकेडेमीले ‘नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’को उचाइ अभिवृद्धिका लागि अहोरात्र समर्पित तीन जना श्रमजीवीलाई जनही दस हजार रुपियाँ राशिको ‘नइ सेवा पुरस्कार’ समर्पण गरेको छ—
१. श्री आयुष्मान शाक्य (अक्षरसाधक) 
२. श्री लवप्रसाद भण्डारी (भाषासंशोधक)
३. श्री सुमन कार्की (छापाखाना प्रमुख)

‘नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’का १० जनाका भाषण ‘नइ अभिलेख’का पृष्ठ १९७ देखि २५४ पृष्ठसम्म उपलब्ध छन् ।
• महासमालोचक प्रा.डा.वासुदेव त्रिपाठी (प्रमुख अतिथि)
• प्रा.शिवगोपाल रिसाल
• प्रा.डा.चूडामणि बन्धु
• प्रा.डा.दयाराम श्रेष्ठ
• प्रा.केशव सुवेदी
• प्रा.डा.दिवाकर प्रधान (भारत)
• प्रा.डा.कविता लामा (भारत)
• प्रा.डा.महादेव अवस्थी (संयोजक)
• इन्दिरा प्रसाई (अध्यक्ष)
• नरेन्द्रराज प्रसाई (सदस्यसचिव)

‘नेपाली भाषासाहित्यको विकासमा नेपाल तथा भारतका विश्वविद्यालयको भूमिका’नामक बृहत् ग्रन्थ पढ्न नइ एकेडेमीका किताबका PDF हेर्नुहोला ।


•••
देशविदेशका २२ जनालाई नइ पुरस्कार
काठमाडौं, २०८० चैत ३० गते,
नइ प्रकाशनले आज राजधानी काठमाडौँमा देशदेशान्तरका बाइस जना प्रतिभालाई २०७९ सालको नइ पुरस्कार समपर्ण गर्यो ।

नइ प्रकाशनका कुलपति इन्दिरा प्रसाईले छ दशकअघिदेखि नारीहरूको स्वास्थ्यसेवा, स्वास्थ्योपचारको जागरण र विकासमा अविरल समर्पित प्रसूति विशेषज्ञ प्रा.डा.सरस्वती पाध्येलार्ई ‘नइ भावि पुरस्कार’ समर्पण गर्नुभयो । ताम्रपत्र सहित सो पुरस्कारको राशि एक लाख रुपियाँ रहेको छ ।

समारोहमा प्रसुति विशेषज्ञ प्रा.डा.सरस्वती पाध्येले नेपाली वाङ्‍‍मयको श्रीवृद्धिका लागि सिर्जना र सङ्गठन मार्फत निरन्तर जागरूक र समर्पित हुँदै नेपाली भाषासाहित्यको अन्तर्राष्ट्रिय विस्तारमा महत्त्वपूर्ण योगदान पुर्याउनुहुने भारतीय नेपाली प्राज्ञ नव सापकोटालाई दुई लाख रूपियाँ राशिसहित ‘नइ देरुनीख अन्तर्राष्ट्रिय पुरस्कार’ समर्पण गर्नुभयो ।

समारोहमा प्रा.डा.सरस्वती पाध्येले देशविदेशका नौ जना महानुभावलाई पनि ताम्रपत्र र जनही एक लाख रूपियाँ राशिसहित २०७९ सालका नइ पुरस्कार समर्पण गर्नुभयो ।

डा.पाध्येले भारतीय साहित्यकार स्नेहलता राईलाई ‘नइ गणेशदुर्गा अन्तर्राष्ट्रिय पुरस्कार’, देशभक्त चिन्तक डा.भेषबहादुर थापालाई ‘नइ कीर्तिनिधि पुरस्कार’ शिक्षाविद् प्रा.जर्ज जोनलाई नइ भूपालदुर्गा पुरस्कार, खेलकुदका लागि कुमार मोहनबहादुर शाहीलाई ‘नइ भाजप पुरस्कार’, चित्रकारिताका लागि कृष्णगोपाल रञ्जितलाई ‘नइ यउजा पुरस्कार’, पत्रकार हरिहर बिरहीलाई ‘नइ देरुनीख सुकीर्ति पुरस्कार’, धर्म तथा संस्कृतिमा प्राज्ञिक योगदानका लागि कमल रिजाललाई ‘नइ चन्द्रधन पुरस्कार’, साहित्यकार श्रीओम श्रेष्ठलाई ‘नइ ईश्वरवल्लभ पुरस्कार’ र काठमाडौँ उपत्यकाबाहिर रहेर नेपाली भाषासाहित्यको सिर्जना र संवर्धनमा विशिष्ट योगदान पुर्याएबापत स्याङ्जाका विश्वप्रेम अधिकारीलाई ‘नइ धनरूप पुरस्कार’ समर्पण गर्नुभयो ।

यसै गरी ताम्रपत्रसहित साठी हजार रुपियाँ राशिको ‘नइ देरुनीख प्रदीप्ति पुरस्कार’ हास्यव्यङ्य मार्फत जनचेतना जगाउने शैलेन्द्र सिम्खडा, पचास हजार रुपियाँ राशिको ‘नइ बुलु शर्मा पुरस्कार’ झापाका रीमा पाण्डेलाई र पच्चीस हजार रुपियाँ राशिसहित ‘नइ देरुनीख पौरख पुरस्कार’ मिस नेवा नीतु डङ्गोललाई प्रदान गरिएको थियो ।

यसका साथै समारोहमा प्रा.डा.सरस्वती पाध्येले छ जना बाल बालिकालाई दस हजार रुपियाँ राशि र ताम्रपत्रसहित ‘नइ देरुनीखपू बाल पुरस्कार’ समर्पण गर्नुभयो । पुरस्कृत हुनेहरूमा बहुआयामिकतर्फ आयुषा लम्साल, साहित्यतर्फ कुञ्जल शुभेच्छु लुइँटेल, चित्रकलातर्फ रेजिना बोहोरा, सङ्गीततर्फ ईशा प्रजापति, नृत्यतर्फ कृष्मा ढुङ्गाना र खेलकुदतर्फ आहाना कार्की हुनुहुन्थ्यो ।

यसै गरी सात हजार रुपियाँ राशि र ताम्रपत्रसहित ‘नइ देरुनीखपू कोपिला पुरस्कार’ ऋषिका घिमिरे र ताम्रपत्रसहित पाँच हजार रुपियाँ राशिको ‘नइ देरुनीखपू चिचिला पुरस्कार’ चार वर्षीय श्रेस्मी दाहाललाई प्रदान गरियो ।

नइ प्रकाशनका कुलपति इन्दिरा प्रसाईको सभापतित्वमा सञ्चालित सो समारोहमा पुरस्कृतमध्ये नव सापकोटा, प्रा.डा.सरस्वती पाध्ये र श्रीओम श्रेष्ठ तथा नइ प्रकाशनका सदस्यसचिव नरेन्द्रराज प्रसाईबाट मन्तव्य प्रकट भएको थियो ।

समारोहमा शैलेन्द्र सिम्खडाले अभिनयका साथ कविता प्रस्तुत गर्नुभएको थियो भने पुरस्कृत बालबालिकाद्वारा गायन तथा नृत्य प्रदर्शन गरिएको थियो ।

देशविदेशका २५ जनालाई नइ पुरस्कार र ४१० जनालाई नइ रजत महोत्सव पदक

नइ प्रकाशनले आज राजधानी काठमाडौमा देशदेशान्तरका पच्चीस जनालाई २०७८ सालको नइ पुरस्कार समपर्ण गर्यो ।

सोही अवसरमा नेपालभित्र र नेपालबाहिरका चौबीस देशका नेपाली र विदेशी प्रतिभालाई पनि नइ रजत महोत्सव पदक समर्पण गरिएको थियो ।

गत वर्ष र यस वर्ष गरी ४१० जना व्यक्तिहरु नइ रजत महोत्सव पदकबाट सम्मनित हुनु भएको छ । नइ प्रकाशनले कोरोना महामारीका कारण गत वर्ष पूर्ण रुपमा सो पदक समर्पण गर्न सकेको थिएन ।

नेपाली वाङ्मयको श्रीवृद्धिका लागि सिर्जना र सङ्गठन मार्फत निरन्तर जागरूक र समर्पित हुँदै नेपाली भाषासाहित्यको अन्तर्राष्ट्रिय विस्तारमा महत्त्वपूर्ण योगदान पुर्याउनुहुने अमेरिका निवासी प्रा.मोहन सिटौलालाई महासमालोचक प्रा.डा.वासुदेव त्रिपाठीले ‘नइ देरुनीख अन्तर्राष्ट्रिय पुरस्कार’ समर्पण गर्नुभयो । ताम्रपत्र सहित सो पुरस्कारको राशि दुई लाख रुपियाँ रहेको छ ।

महासमालोचक प्रा.डा.त्रिपाठीले देशविदेशका दस जना महानुभावलाई ताम्रपत्र सहित जनही एक लाख रुपियाँ राशिका २०७८ सालका नइ पुरस्कार समर्पण गर्नुभयो ।

समारोहमा शिक्षाविद् प्रा.डा.सुरेशराज शर्मालाई ‘नइ देरुनीख सुकीर्ति पुरस्कार’, देशभक्त चिन्तक भैरव रिसाललाई ‘नइ कीर्तिनिधि पुरस्कार’, प्रथम टेष्टट्युव चिकित्सक डा.भोला रिजाललाई ‘नइ भावि पुरस्कार’, समालोचक प्रा.डा.दयाराम श्रेष्ठलाई ‘नइ ईश्वर बराल पुरस्कार’, अभिनयका लागि सन्तोष पन्तलाई ‘नइ भूपालदुर्गा पुरस्कार’ समर्पण भयो ।

त्यसै गरी साहित्यकार डा.रामदयाल राकेशलाई ‘नइ भाजप पुरस्कार’, धर्म तथा संस्कृतिमा योगदान पुर्याउने प्रा.डा.माधव भट्टराईलाई ‘नइ चन्द्रधन पुरस्कार’, भारतीय साहित्यकार छविलाल उपाध्यायलाई ‘नइ गणेशदुर्गा अन्तर्राष्ट्रिय पुरस्कार’, गीतकार प्रेमविनोद नन्दनलाई ‘नइ कोइलीदेवी पुरस्कार’ समर्पण भयो ।

समारोहमा ताम्रपत्रसहित साठी हजार रुपियाँ राशिका ‘नइ देरुनीख प्रदीप्ति पुरस्कार’ सुनगाभा विशेषज्ञ प्रा.डा.विजया पन्त र ‘नइ रेखा पुरस्कार’ साहित्यकार श्रीमती गङ्गा लिगललाई समर्पण गरियो ।

साथै जनही पचास हजार रुपियाँ राशिको ‘नइ बुलु शर्मा पुरस्कार’ कञ्चनपुरका श्रीमती नारा जोशीलाई, ‘नइ देरुनीख गौरव पुरस्कार’ साहित्यकार, पत्रकार तथा सामाजिक अभियन्ता श्री ठाकुर वेलबासेलाई र ‘नइ रामलक्ष्मी पुरस्कार’ तेस्रो लिङ्गी भक्ति शाहलाई प्रदान गरियो । त्यसै गरेर मिस नेवा सुश्री कृषा महर्जनलाई पच्चीस हजार रुपियाँ राशिसहित ‘नइ देरुनीख पौरख पुरस्कार’ प्रदान गरिएको थियो ।

महासमालोचक प्रा.डा.त्रिपाठीले छ जना बाल बालिकालाई दस हजार रुपियाँ राशि र ताम्रपत्रसहित ‘नइ देरुनीखपू बाल पुरस्कार’ समर्पण गर्नुभयो । पुरस्कृत हुनेहरूमा बहुआयामिकतर्फ सुश्री सम्पदा दुलाल, साहित्यतर्फ श्री विभूति अधिकारी, चित्रकलातर्फ सुश्री रिकिस्ना डङ्गोल, सङ्गीततर्फ श्री सन्देश पौडेल, नृत्यतर्फ सुश्री राशु पन्त र खेलकुदतर्फ सुश्री नयना शाक्य हुनुहुन्थ्यो ।

साथै जनही सात हजार रुपियाँ राशि र ताम्रपत्रसहित ‘नइ देरुनीखपू कोपिला पुरस्कार’ गायनमा सुश्री सिचु मानन्धर, नृत्यमा सुश्री नासिका ठकुरी र ताम्रपत्रसहित पाँच हजार रुपियाँ राशिको ‘नइ देरुनीखपू चिचिला पुरस्कार’ पाँच वर्षीय सुश्री श्रीना महर्जनलाई प्रदान गरियो ।

देशविदेशका पचास जनालाई नइ पुरस्कार र १६ कृति लोकार्पण

नइ प्रकाशनले राजधानी काठमाडौमा नइ रजत महोत्सव मनायो । नइ रजत महोत्सवका अवसरमा वाङ्मय शताब्दी पुरूष डा.सत्यमोहन जोशीले प्रा.डा.वासुदेव त्रिपाठीलाई पाँच लाख रुपियाँ राशिसहित ‘महासमालोचक’को उपाधि र ‘नइ रजत महोत्सव पुरस्कार’ समर्पण गर्नुभयो । डा. त्रिपाठीलाई बहुआयामिक, समन्वयवादी र युगकै केन्द्रीय समालोचक उल्लेख गरेर उहाँकै उचाइको सप्तनाग जडित ताम्रपत्र समर्पण गरिएको छ । सोही अवसरमा उहाँलाई एक लाख रुपियाँ राशिको ‘नइ ईश्वर बराल पुरस्कार’ पनि समर्पण गरियो । नइ प्रकाशनको रजत महोत्सवका अवसरमा महासमालोचक प्रा.डा.वासुदेव त्रिपाठीले वाङ्मय शताब्दी पुरूष डा.सत्यमोहन जोशीलाई ‘नइ रजत महोत्सव पदक’ समर्पण गर्नुभयो । आजै सो पदक प्रा.डा.महादेव अवस्थी, प्रा.केशव सुवेदी, प्रा.डा. लक्ष्मणप्रसाद गौतम लगायत पचास जनालाई समर्पण गरिएको थियो । निकट भविष्यमा सो पदक देशदेशान्तरका महानुभावहरूलाई पनि समर्पण गरिने भएको छ ।

समारोहमा भारतीय नेपाली साहित्यकार दुर्गाप्रसाद श्रेष्ठलाई दुई लाख रुपियाँ राशि सहित ‘नइ देरुनीख अन्तर्राष्ट्रिय पुरस्कार’ समर्पण गरिएको थियो ।

नइ प्रकाशनले कोरोना महामारीका कारण २०७६ र २०७७ सालका पुरस्कार समर्पण गर्न सकेको थिएन । यी दुवै वर्षका पुरस्कार आज समर्पण गरिएका हुन् ।

२०७६ सालका जनही एक लाख रुपियाँ राशिका पुरस्कारमध्ये जनप्रिय र विशिष्ट चिकित्सक डा.गौरीशङकरलाल दासलाई ‘नइ भावि पुरस्कार’, नेपालको राष्ट्रिय झण्डाका मानक निर्माता इन्जिनियर शङ्करनाथ रिमाललाई ‘नइ कीर्तिनिधि पुरस्कार’, अन्तर्राष्ट्रिय स्तरको अभिनयका लागि मनीषा कोइरालालाई ‘नइ भूपालदुर्गा पुरस्कार’, जनचेतनाका लागि हास्यव्यङ्यका नायकद्वय मदनकृष्ण श्रेष्ठ तथा हरिवङ्श आचार्यलाई ‘नइ देरुनीख सुकीर्ति पुरस्कार’, विशिष्ट साहित्यकार झापाका चूडामणि रेग्मीलाई ‘नइ भाजप पुरस्कार’, धर्म तथा संस्कृतिमा योगदान पुर्याउने प्रा.डा.सोमप्रसाद खतिवडालाई ‘नइ चन्द्रधन पुरस्कार’, विशिष्ट सङ्गीतकार प्रा.दीपक जङ्गमलाई ‘नइ कोइलीदेवी पुरस्कार’ र अमेरिकाका गीता खत्रीलाई ‘नइ गणेशदुर्गा अन्तर्राष्ट्रिय पुरस्कार’ समर्पण भयो ।

त्यसै गरेर साठी हजार रुपियाँ राशिका ‘नइ देरुनीख प्रदीप्ति पुरस्कार’ परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठ र ‘नइ रेखा पुरस्कार’ साहित्यकार लक्ष्मीदेवी राजभण्डारीलाई समर्पण गरियो । साथै जनही पचास हजार रुपियाँ राशिका ‘नइ बुलु शर्मा पुरस्कार’ रुपन्देहीका दुर्गा पौडेललाई, ‘नइ देरुनीख गौरव पुरस्कार’ साहित्यकार महेश थापालाई र ‘नइ रामलक्ष्मी पुरस्कार’ तेस्रो लिङ्गी सोफी सुनुवारलाई समर्पण गरियो । त्यसै गरेर मिस मङ्गोल सुश्री सिविरा लामालाई पच्चीस हजार रुपियाँ राशिसहित ‘नइ देरुनीख पौरख पुरस्कार’ प्रदान गरिएको थियो ।

वाङ्मय शताब्दी पुरूष डा.सत्यमोहन जोशीले नौजना बाल बालिकालाई ‘नइ देरुनीखपू बाल पुरस्कार’ समर्पण गर्नुभयो । दस हजार रुपियाँ राशिसहित पुरस्कृत हुनेहरूमा विनम पोखरेल, कीर्ति पोखरेल, आयुष्मा तिवारी, सुश्री सन्ध्या खत्री, प्रोशेष पाण्डे, सुश्री लुँस्वां मानन्धर थिए । साथै सात हजार रुपियाँ राशिबाट पुरस्कृत हुने रेवती महर्जन तथा सुप्रिया विष्ट र पाँच हजार राशिसहित पाँच वर्र्षीय कृति राई थिए ।

वाङ्मय शताब्दी पुरूष डा.सत्यमोहन जोशीले आज २०७७ सालका जनही एक लाख रुपियाँ राशिका पुरस्कारमध्ये सनातन हिन्दू दर्शन र धर्मसंस्कृतिको संरक्षण, संवर्धन र जागरणका लागि प्रा.डा.दीर्घराज घिमिरेलाई ‘नइ चन्द्रधन पुरस्कार’, सार्वभौमिक अखण्डता, राष्ट्रिय स्वाधिनता र स्वाभभिमानका लागि कमल थापालाई नइ कीर्तिनिधि पुरस्कार, नेपाल टेलिभिजनको स्थापना, नेपाली चलचित्र, नाटक तथा श्रव्यदृश्यमूलक आम सञ्चारका क्षेत्रमा अग्रणी नीर शाहलाई ‘नइ देरुनीख सुकीर्ति पुरस्कार’, विशिष्ट चिकित्सक डा.मणिन्द्ररञ्जन बराललाई ‘नइ भावि पुरस्कार’, विशिष्ट चित्रकार शशीकला तिवारीलाई ‘नइ यउजा पुरस्कार’ र राजधानी बाहिर रहेर साहित्यको साधना गर्ने रुपन्देहीका जङ्गबहादुर शाहलाई ‘नइ धनरूप पुरस्कार’ समर्पण गरियो ।

भाषासाहित्यमार्फत नेपाली राष्ट्रिय एकतामा जोड दिने प्रा.डा.राजेन्द्र विमल ‘नइ भूपालदुर्गा पुरस्कार’, साहित्यको सिर्जना र वाङमय संस्थाको निर्माण, विश्व कविता यात्रामार्फत नेपाली भाषाको गौरव वृद्धिका लागि वसन्तकुमार चौधरी ‘नइ ईश्वरवल्लभ पुरस्कार’ र म्युजिक नेपालको स्थापना गरी नेपाली गीतसङ्गीतको संरक्षण सम्बर्धन र सम्प्रसारका निम्ति सन्तोष शर्मा ‘नइ भाजप पुरस्कार’बाट सम्मानित हुनुभएको छ ।

त्यसै गरी साठी हजार रुपियाँ राशिको ‘नइ देरुनीख प्रदीप्ति पुरस्कार’बाट साहित्यकार घनश्याम राजकर्णिकार र जनही पचास हजार रुपियाँ राशिका ‘नइ बुलु शर्मा पुरस्कार’बाट राजधानीबाहिर बसेर भाषासाहित्यको श्रीवृद्धिका लागि समर्पित झापाकी भवानी क्षत्रीलाई ‘नइ बुलु शर्मा पुरस्कार’ र हिन्दूधर्म, संस्कृति र समाजसेवामा समर्पित भागवत मञ्जरी श्री राधिका दासीलाई ‘नइ देरुनीख पौरख पुरस्कार’ समर्पण गरिएको छ । पच्चीस हजार रुपियाँ राशिको ‘नइ देरुनीख पौरख पुरस्कार’बाट साहित्यकार युवराज अधिकारी ‘स्मरण’लाई पुरस्कृत गरिएको छ ।

शताब्दी पुरूष डा.सत्यमोहन जोशीले नौजना बाल बालिकालाई ‘नइ देरुनीखपू बाल पुरस्कार’ समर्पण गर्नुभयो । आज दस हजार रुपियाँ राशिसहित पुरस्कृत हुनेहरूमा सोइना दाहाल, सुविन रिमाल, देभान्स अग्रवाल, सफलता श्रेष्ठ, अदिति उपाध्याय र ऋषान्त घिमिरे थिए भने सात हजार रुपियाँको ‘नइ देरुनीखपू कोपिला पुरस्कार’बाट समीर डङ्गोल र सुश्री युकी कुँवर पुरस्कृत भए । साथै पाँच हजार रुपियाँ राशिको ‘नइ देरुनीखपू चिचिला पुरस्कार’बाट पाँच वर्षीय दृश्ना महर्जन सम्मानित भएकी थिइन् ।

श्रीमती इन्दिरा प्रसाईको सभापतित्वमा सञ्चालित सो समारोहमा वाङ्मय शताब्दी पुरुष डा.सत्यमोहन जोशी, पूर्व उपप्रधानमन्त्री कमल थापा, महासमालोचक प्रा.डा.वासुदेव त्रिपाठी, साहित्यकार दुर्गाप्रसाद श्रेष्ठ र नइ प्रकाशनका सदस्यसचिव नरेन्द्रराज प्रसाईबाट मन्तव्य प्रकट भएको थियो ।

शताब्दी पुरूष डा. जोशीले नइ प्रकाशनबाट यस वर्ष प्रकाशित १६ वटा कृतिको पनि लोकार्पण गर्नुभयो । समारोहमा लोकार्पण भएका निम्न लिखित कृतिहरु थिए :

१. रूपवासन्ती (कवितासङ्ग्रह) : ओमकुमारी बन्जारा रानाभाट
२. गणेशदुर्गा (जीवनी) : कुलचन्द्र पुरी र रेखा खत्री
३. धिपधिप (अर्ग्यानिक कवितासङ्ग्रह) : इन्दिरा प्रसाई
४. तिम्रो म (उपन्यास) : सामु उप्रेती
५. मायालय (उपन्यास) : अज्ञात युवक
६. रङ (निबन्धसङ्ग्रह) : अजिता सिम्खडा
७. आख्यानकार इन्दिरा प्रसाई : सिर्जना र दृष्टि (समालोचना) : प्रा.राजेन्द्र सुवेदी
८. पूर्वाञ्चलीय नारीस्रष्टा कोश (जीवनी) : प्रतिभा पौडेल
९. ढुङ्गाको कापमा झाङ्गिएको पीपल : सहाना प्रधान : (जीवनी) : नरेन्द्रराज प्रसाई
१०. मानसाग्नी (निबन्धसङ्ग्रह) : डा.लेखप्रसाद निरौला र डा.रत्नावली शर्मा
११. प्रिय इन्दिरा : (नियात्रा चिठी) : नरेन्द्रराज प्रसाई
१२. नइ रजत महोत्सव र मेरो नेपाली साहित्यसमालोचना साधना (संस्मरण र समीक्षा) : प्रा.डा.वासुदेव त्रिपाठी
१३. My Mother Bhagiratha Prasai (Biography) : Narendra Raj Prasai; Translated by Dr. Kanchanjunga Prasai
१४. Banira Giri (Biography) : Narendra Raj Prasai; Translated by Durga Banwasi
१५. Century Person’s 100 Years (Biography) : Narendra Raj Prasai; Translated by Anu Raj Joshi
१६. DNA Damage Controlling Systems in Mitochondria : Dr. Kanchanjunga Prasai

(नरेन्द्रराज प्रसाई)
सदस्यसचिव
नइ प्रकाशन

नेपाली साहित्यका विभूति

नइ अभिलेख


नइ टेलिफोन कोश


नइको चिनारी