» नइ एकेडेमी नेपाल सरकारबाट आयकर छुट पाएको गैरराजनीतिक साहित्यिक, सांस्कृतिक र सामाजिक संस्था हो ।

Home » नइका प्रमुख पूर्वकार्य

नइका प्रमुख पूर्वकार्य

राष्ट्रकविको उपाधि
नइ एकेडेमीको माग, सिफारिस र पहलमा राज्यबाट २०६० साल असोज ६ गते श्री माधवप्रसाद घिमिरेलाई राष्ट्रकविको 
उपाधि प्रदान गरिएको थियो ।

त्रिमूर्ति निकेतनको निर्माण
नइ एकेडेमीको संयोजनमा काठमाडौंको सञ्चारग्राममा त्रिमूर्ति अर्थात् कविशिरोमणि लेखनाथ पौड्याल, नाट्यसम्राट बालकृष्ण सम र महाकवि लक्ष्मीप्रसाद देवकोटाको पूर्णकदको सालिक स्थापना र त्रिमूर्ति निकेतनको निर्माण गरिएको हो ।

२०६१ साल भदौ ११ गते त्रिमूर्तिका सालिक अनावरण र निकेतन भवनको उद्घाटन राष्ट्रकवि श्री माधवप्रसाद घिमिरेबाट भएको थियो । त्रिमूर्तिका सालिक श्री बालकृष्ण तुलाधरबाट निर्माण भएको हो । 

अरनिकोको सालिक स्थापना
नइ एकेडेमीबाट काठमाडौंको बौद्धस्थित विश्वविख्यात कलाकार श्री मनुजबाबु मिश्रका घर परिसर हर्मिताजमा अरनिकोको सालिक स्थापना गरिएको हो ।

२०६२ साल मङ्सिर २० गते शताब्दी पुरुष डा.सत्यमोहन जोशीबाट अरनिकोको सालिकको अनावरण भएको थियो । नेपालमा अरनिकोको सालिक राखिएको यो प्रथम हो । अरनिकोको सालिक पूर्ण वानेमबाट निर्माण भएको हो ।

प्राज्ञको आजीवन सदस्यता पुनर्बहाली 
गणतन्त्र नेपालको आगमनसँगै नेपाल प्रज्ञाप्रतिष्ठानको ऐन परिवर्तन भई प्रतिष्ठानका आजीवन सदस्यको पद र भत्ता खारेजीमा परेको थि‍यो । नइ एकेडेमीको निवेदन र पहलमा नेपाल मजदुर किसान पार्टीद्बारा व्यवस्थापिका संसदमा छलफल गरी प्रतिष्ठानको ऐन सुधारेर आजीवन सदस्यको पद र भत्ताको पुनर्जन्म गराएको थियो ।

भानुभक्त आचार्यको द्विशतवार्षिकी
नइ एकेडेमी र त्रिमूर्ति निकेतनको पहल, सिफारिस र प्रबन्धनमा नेपाल सरकारले भानुभक्त आचार्य द्विशतवार्षिकी समारोह समितिको गठन गरेर नेपालका १४ अञ्चल र विश्वका २३ राष्ट्रमा समारोह समिति गठन गरी यो पर्व मनाएको थियो । यस कार्यका लागि नेपाल सरकारले भानुभक्त आचार्य द्विशतवार्षिकी समारोह समितिलाई एक करोड रुपियाँ प्रदान गरेको थियो ।

नेपाली साहित्यका विश्वनारी रत्नको उपाधि र रथारोहण
नइ एकेडेमीको संयोजनमा डा.वानीरा गिरीलाई त्रिमूर्ति निकेतनबाट पाँच लाख रुपियाँ राशिका साथ नेपाली साहित्यका विश्वनारी रत्नको उपाधि प्रदान गरिएको थियो । २०७१ साल जेठ १६ गते सम्माननीय प्रधानमन्त्री सुशील कोइरालाबाट डा.गिरीलाई सो उपाधि प्रदान गरिएको थियो । साथै सोही दिन प्रधानमन्त्री कोइरालाबाट डा.गिरीलाई रथारोहण समेत गराइएको थियो ।

वाङ्‍‍मय शताब्दी पुरुषको उपाधि
नइ एकेडेमीको संयोजनमा पाँच लाख रुपियाँ राशिका साथ त्रिमूर्ति निकेतनबाट डा.सत्यमोहन जोशीलाई शताब्दी पुरुषको उपाधि प्रदान गरिएको थियो । साथै नइ प्रकाशन र त्रिमूर्ति निकेतनको माग, सिफारिस र पहलमा राज्यबाट २०७४ साल वैशाख २१ गते डा.सत्यमोहन जोशीलाई वाङ्मय शताब्दी पुरुषको उपाधि प्रदान गरिएको थियो ।

महासमालोचकको उपाधि
नइ एकेडेमीले आफ्नो रजत महोत्सवका अवसरमा २०७८ साल असोज ९ गते प्रा.डा.वासुदेव त्रिपाठीलाई  ‘महासमालोचक’को उपाधिसहित पाँच लाख रुपियाँ राशिका साथ ‘नइ रजत महोत्सव पुरस्कार’ले विभूषित गरियो । 

सम्मान तथा अभिनन्दन
नइ एकेडेमीले राष्ट्र र समाजमा उल्लेखनीय योगदान पुर्‍याउने व्यक्तित्त्वलाई बेलाबखत सम्मान (नगद राशि सहित) तथा अभिनन्दन गर्दै आएको छ :

नइ सुर पुरस्कार
१. तारादेवी (गायन : २०५६)
२. नातिकाजी (सङ्गीत : २०५७)
३. ईश्वरवल्लभ (साहित्य : २०५८)

माधव घिमिरे (गीत) पुरस्कार
१. नीरशमशेर (२०५७)
२. किरण खरेल (२०५८)

नातिकाजी (सङ्गीत) पुरस्कार
१. पन्नाकाजी (२०५७)
२. कल्याण रिमाल (२०५८)

तारादेवी (गायन) पुरस्कार
१. बिजू रिमाल (२०५७)
२. नूपुर भट्टचार्य (२०५८)

नइ कलानिधि पुरस्कार
१. कृष्णहरि बराल (गीतिरचना : २०५५)
२. प्रकाश श्रेष्ठ (गायन : २०५५)
३. शम्भुजित बाँसकोटा (सङ्गीत : २०५५)
४. राम थापा (गायन तथा सङ्गीत : २०५६)
५. मधु क्षेत्री (गायन : २०५७)
६. तीर्थकुमारी (गायन : २०५८)
७. गणेश पराजुली (गायन तथा सङ्गीत : २०५९)
८. यशोदा पराजुली (गायन : २०५९)

शिखा सुर पुरस्कार (२०५७ : सङ्गीतकर्मी)
१. रत्नबहादुर
२. दिलमाया खाती
३. प्रकाश श्रेष्ठ 
४. रविन शर्मा
५. शिलाबहादुर मोक्तान
६. सपनाश्री
७. लासिमित राई
८. रामकृष्ण ढकाल
९. उदय सोताङ
१०. मनिला सोताङ
११. शर्मिला वर्देवा
१२. मनोज सेवा

नइ सुर बाल पुरस्कार (२०६०)
१. प्रवेश पौडेल

नइ अरनिको पुरस्कार (२०६२)
१. मनुजबाबु मिश्र
२. पूर्ण वनेम

नइ इरा पुरस्कार (२०६४)
१. इन्द्र खत्री

अभिनन्दन
१. तारादेवी (२०५५)
२. नातिकाजी (२०५६)
३. मनुजबाबु मिश्र (२०५८)
४. ईश्वरवल्लभ (२०५९)
५. कमल दीक्षित (२०६०)
६. खनूपरुदे रामबाबू (२०६६)

नेपाली साहित्यका विभूति

नइ अभिलेख


नइ टेलिफोन कोश


नइको चिनारी