» नइ प्रकाशन नेपाल सरकारबाट आयकर छुट पाएको गैरराजनीतिक साहित्यिक, सांस्कृतिक र सामाजिक संस्था हो ।

Home » नइ विद्या पदक

नइ विद्या पदक

नइ प्रकाशनले नेपालको पिछडिएका जिल्लाका विद्यार्थीको कदर हेतु ‘नइ विद्या पदक’को स्थापना गरेको छ । बाह्र कक्षामा सर्वाेत्कृष्ट हुने एक जिल्लाका एक जना छात्रालाई हरेक वर्ष पदक, प्रमाणपत्र र तीस हजार रुपियाँ राशिसहित ‘नइ विद्या पदक’ प्रदान गरिनेछ । ‘नइ विद्या पदक’लाई यसरी परिचालन गरिएको छ—

क. नइ कपिल विद्या पदक—
नइ प्रकाशन र यसका दाता ख्यातिप्राप्त मनोचिकित्सक डा.कपिलदेव उपाध्यायको नाउँको सुरुका अक्षर जोडेर ‘नइ कपिल विद्या पदक’को स्थापना गरिएको छ । जनही तीस हजार रुपियाँ राशिको ‘नइ कपिल विद्या पदक’ हुम्ला र बाजुरा जिल्लाका सरकारी विद्यालयबाट बाह्र कक्षामा सर्वाेत्कृष्ट हुने एकएक जना छात्रालाई हरेक वर्ष प्रदान गरिनेछ ।

‘नइ कपिल विद्या पदक’बाट पुरस्कृत हुने छात्रा—
१. श्रीमती सबिता महतारा (हुम्ला— २०७९)

नेपाली साहित्यका विभूति

नइ टेलिफोन कोश


नइको चिनारी