» नइ एकेडेमी नेपाल सरकारबाट आयकर छुट पाएको गैरराजनीतिक साहित्यिक, सांस्कृतिक र सामाजिक संस्था हो ।

Home » गोपाल पराजुलीको नइ प्रबन्ध

गोपाल पराजुलीको नइ प्रबन्ध

म नइलाई नेपाली साहित्यको सामाजिक समालोचकका रूपमा हेर्न लागिरहेछु । मानिस विभिन्न हाँगामा फल्ने एउटा फलको बोट हो । जसबाट कसैले फल लिन्छन् । फूल छ भने फूल लिन्छन् । नइको सत्ताको आश्चर्यको वास्तविकता उनको सृजनात्मक क्रियाशीलता नै हो । यही यथार्थको जम्मै अर्थ नइ एउटा साहित्यक इनसाइक्लोपेडिया हुन् भन्ने नै हो । म यहाँ नइसँग जोडिएको उनको साहित्यिक समाजको क्रिटिक अनुहार मैले हेर्न लागिरहेकोले नै हो । नइको अनुहार ईश्वरले उनलाई नबिगारेको तस्बिर हो । ईश्वरले प्रदान गरेको एउटा राष्ट्रिय चेतना । ईश्वरले नै आविष्कार गरेको एउटा पवित्र तस्बिर ।

ईश्वरले मानिसलाई रचनात्मक बनाएर जन्माएको हुन्छ । ती रचनाकारको पूजा गर्ने नइ आफैँ एउटा सृजनकर्ताका अर्को अङ्ग हुन् । स्रष्टाले नइमा राखेको आश्चर्य के हो भने उनले कहिल्यै सृजनशीलताभन्दा अर्को काम गरेनन् । नइको हातमा टर्च जस्तो कलम छ र वाणीमा शङ्ख जस्तो ध्वानि छ पवित्र । सर्जकको पूजा गर्दा निक्लने । सत्यको अगाडि प¥यो भने एक्लै उभिने नइ लेखक र समालोचक दुबै हुन् । नइले आफ्नो जीवन सरस्वती र स्रष्टाको समीप पुग्न सर्मपण गरे । सत्यको नजिक पुगेर । मान्छेको रूपर्मा प्रखर’ समीक्षकको रूपमा ’न्यायाधीश’ । नइको विशेषता भन्नु उनको कलमले बनाएको यही नवीनता नै हो । संसारमा आएर सर्जक मात्र खोतल्ने न्याय मात्र दिने नइ नेपाली साहित्यको विशेष गरी साहित्यिक संवेदनशील जगत्का एक गौरव हुन् । नइले न आफ्नो सत्यको स्वाभिमान् गुमाए न सृजनकर्ताको स्वाभिमान माथि चोट लगाए ।

लेखक कविको हृदय छाम्ने र लेखकलाई तँ यहाँ छस् भनेर देखाउने नइ यो नेपालका एक अतुलनीय प्रर्दशक हुन् । स्रष्टाका सृजनालाई आम मानिसमा पुर्याउने र साहित्यिक प्यास र भोक मेटाउने नइ नेपाली साहित्यिक समाजका एक अमर दाता हुन् । जसले साहित्यिक जगत्मा जे दिनु थियो त्यो व्यक्तिगत रूपमा आफ्नो पनबाट सामूहिक रूपमा साहित्यबाट दिए । नइ दिन मात्र जन्मेका दाता हुन् । खासमा संवेदनशील मानिसको काम मानिसलाई ईश्वरसित जोड्ने नै हो । दिव्य पुरुष छ भने मन्त्रले । लेखक समालोचक छ भने भावनाले, विचारले माथि उठाएर । विराट् स्रष्टा बसेको ठाउँमा पुर्याएर । विराट् समाज बसेको ठाउँमा पुर्याएर । मानिसका र समाजका क्रिटिकका दुबैका रुपमा नइ धर्तीमा ओर्लेका मास्टरपिस हुन् ।

कहिल्यै शिर नझुकाउने आफ्नो र राष्ट्रको जप हुन् नइ । नइसँग आफुलाई छुने शक्तिशाली शब्द छन् । अरूलाई छुने गौरवशाली भाषा । आँसु बोकेका रचनाकारलाई मुस्कानको गिफ्ट दिने नइ यो शताब्दीका नेपालले देखाएको एउटा धेरैले मन पराउने प्रेमका अवतार हुन् । आफ्नो सर्जक र अरुको सृजनाकर्ता दुबैलाई जबरजस्त बोकेका नइ आइरन र गोल्डेनले बनेका मानव निर्मित जीवित स्ट्याच्यु हुन् । धेरैले प्रेम पूर्वक स्थापना गरेको ।

नइका प्रखर आँखा हुन् साहित्यिक जीवनमा ओर्लेर नेपालको स्रष्टा र समाज देखाउने । आफ्नै मापनले नापिएका नइ ईश्वर र मानिसका प्रिय छन् । स्रष्टालाई सुन्ने चेतना र त्यसका संवाहक नइ नेपाली समाजको संवेदना, भावना, अनुभवका अमर चेत हुन् ।

नइको आँखामा आफ्नै तारा र आत्मामा आफ्नै इमान्दार र पूर्ण मान्छे छ । पूर्ण मैले यस कारण भनेँ कि उनमा मानवीय प्रेम, आशा र आस्था भरी छ । आफैँसँग । उनी आफैँसँग छ आफ्नो अनुहारको मध्य तस्बिर । न हाँस्ने न रुने एकनास आफ्नै दिनमा उज्यालो र रातमा चन्द्रमा हुने नइ नेपाल आमाले जन्माएको एउटा प्रखर तस्बिर हो । देशसेवकको । स्रष्टाको समालोचना जो कसैले गर्न नसक्ने एउटा त्यस्तो प्रयत्न हो जहाँ अरूको रचनाबाट सर्वोत्कृष्ट विचार झिकेर त्यसभित्रको सबभन्दा असल सर्जकलाई समाजमा स्थापना गर्नु हो । स्रष्टा समाजको आश्चर्य हो । स्रष्टाभित्र जादु छ भने पनि त्यसलाई निकालेर बाहिर राख्नु साहित्यिक सामाजिक क्रिटिकको काम हो । लेखकलाई चिन्नु र चिनाउनु एउटा साहासी तर सत्यवादीले गर्ने कला हो । पाठक वा आम मानिस यही सत्य र जादु हेर्ने इच्छा

गर्छ सधैँ । नव नव स्रष्टालाई अन्वेषण गरी समाजमा देखाउनु चुनौतीपूर्ण कार्य हो । यो कार्यका भार बोकेका नइको समालोचकीय आँखाले सर्वसाधारणले भन्दा केही मिनेट चाँडो देख्छ सत्य । समालोचकको कर्तव्य सत्यलाई प्रशंसा गर्नु हो । झुटलाई नर्हेनु हो । रचनाकार लेख्छ । समालोचक त्यसलाई मेट्दैन । मैले यहाँ यति किन भनँे भने नइ समालोचक हुन् । त्यो भन्दा पहिले उनी साहित्यि अभियन्ता हुन् ।
म नइको साहित्यिक समाजलाई चिन्ने र चिनाउने प्रवृत्तिलाई जज गर्दैछु । सुन्दर आत्मा ती हुन् जो सार्वजनीन छन् । खुला छन् । समाजलाई छामी छामी त्यहाँबाट स्रष्टालाई बाहिर देखाउने काम एउटा अर्पूव कला हो । नइले आफ्नो आँखालाई कहिल्यै पनि पूर्वाग्रही बनाएनन् । साहित्यमा व्यक्ति स्वतन्त्र हुन्छ । साहित्यले लेखकको मन र साथ साथै देशको र अझ विश्वकै मनको अभिव्यक्ति दिन्छ । साहित्यकारको शक्ति र ज्ञानलाई समालोचकले प्रकाशित गर्दछ ।

नइका फाउन्डेसन, एकेडेमी र निकेतनले यिनै कुरालाई प्रकाशित गरेका छन् । नइको समालोचकीय आँखाले असल स्रष्टाको असल कृतिको गौरव फैलाउने काम गर्छन् । समालोचकीय चेत भएका संवेदनशील स्रष्टा वा अभियन्ताबाट मात्र देशको कला, साहित्य, विज्ञान आदिको प्रकटीकरण र विकास हुन्छ । नइ व्यक्तिको राष्ट्रिय क्षमता आफैँमा गम्भीर छ । ठूलो छ, बुद्धिको निसानीमा छ ।

नेपाली साहित्यका विभूति

नइ अभिलेख


नइ टेलिफोन कोश


नइको चिनारी