» नइ एकेडेमी नेपाल सरकारबाट आयकर छुट पाएको गैरराजनीतिक साहित्यिक, सांस्कृतिक र सामाजिक संस्था हो ।

Home » विजय मल्ल शताब्दी महोत्सव

विजय मल्ल शताब्दी महोत्सव

विजय मल्ल भन्नु नाट्यसम्राट् बालकृष्ण सम र महाकवि लक्ष्मीप्रसाद देवकोटाजस्तै बहुआयामिक सिर्जनात्मक योगदान गर्ने अमर व्यक्तित्व हुन् । नइ एकेडेमीले २०८२ सालमा सुविख्यात नाटककार, आख्यानकार तथा कवि विजय मल्लको शताब्दी महोत्सव मनाएको थियो ।

विजय मल्लको शताब्दी महोत्सवका अवसरमा उनको व्यक्तित्व र कृतित्वबारेको विमर्शको विविध कार्यक्रम राखिएको थियो ।

विजय मल्लको शताब्दी महोत्सवकै सन्दर्भमा डा.साधना पन्त ‘प्रतीक्षा’कृत ‘नारीवादी नाटककार विजय मल्ल’ नामक समालोचनात्मक ग्रन्थ र नरेन्द्रराज प्रसाईद्वारा लिखित ‘विजय मल्ल’ नामक जीवनीकृति पनि नइबाट प्रकाशित भयो ।

नइ विजय मल्ल शताब्दी पुरस्कार

नइ एकेडेमीबाट विजय मल्लको शताब्दी महोत्सवका अवसरमा विजय मल्लका सिर्जनात्मक योगदानको अध्ययन र विद्यावारिधि अनुसन्धानमा समर्पित भई महत्त्वपूर्ण प्राज्ञिक कार्य गरेबापत नेपाल र भारतका सात जना स्रष्टालाई जनही पच्चिस हजार रुपियाँ राशि र ताम्रपत्रसहित ‘नइ विजय मल्ल शताब्दी पुरस्कार’ समर्पण गरिएको थियो ।

‘नइ विजय मल्ल शताब्दी पुरस्कार’बाट पुरस्कृत हुने प्राज्ञहरूमा डा.रमा शिवाकोटी, डा.साधना पन्त ‘प्रतीक्षा’, डा.लेखराज खतिवडा, डा.गोपालप्रसाद गैरे, डा.भगवानचन्द्र ज्ञवाली, डा.नित्यानन्द खतिवडा र प्रा.डा.कृष्णराज घतानी हुनुहुन्छ ।

नइ विजय मल्ल शताब्दी पदक
नइ एकेडेमीबाट विजय मल्लको शताब्दी महोत्सवका अवसरमा विजय मल्लका सिर्जनात्मक कृतिको अध्ययन, अनुसन्धानका साथै नाट्यमञ्चन तथा चलचित्र निर्माणका अतिरिक्त श्रद्धेय विजय मल्लको सिर्जनात्मक य‍ोगदानको सम्प्रसार र संवर्धनका लागि उल्लेखनीय योगदान दिएबापत ३४ महानुभावलाई ‘नइ विजय मल्ल शताब्दी पदक’ समर्पण गरिएको थियो ।

‘नइ विजय मल्ल शताब्दी पदक’बाट विभूषित हुनेहरूमा अंशुमाला शाही, कृष्ण मल्ल, प्रा.केशव सुवेदी, गौतमरत्न तुलाधर, चन्द्रमाला शर्मा, चैत्यदेवी, टीका पहाडी, प्रा.डा.दयाराम श्रेष्ठ, प्रा.डा.देवीप्रसाद गौतम, प्रा.डा.देवीप्रसाद सुवेदी, नगेन्द्र थापा, नारायणदेवी प्रधान, नीर शाह, प्रेमबहादुर बस्नेत, भुवन केसी, मदनदास श्रेष्ठ, प्रा.डा.महादेव अवस्थी, मुरलीधर, रवीन्द्र खड्का, रीतादेवी प्रधान, रेणु श्रेष्ठ, लक्ष्मी श्रेष्ठ, लक्ष्मीनाथ शर्मा, वसन्त श्रेष्ठ, महासमालोचक प्रा.डा.वासुदेव त्रिपाठी, शकुन्तला शर्मा, शिव श्रेष्ठ, शैलेन्द्र सिम्खडा, सन्तोष पन्त, सुवर्ण क्षत्री, सुषमा शाही, हरिबहादुर थापा, हरिहर शर्मा र प्रा.डा.हेमचन्द्र नेपाल हुनुहुन्छ ।

नेपाली साहित्यका विभूति

नइ अभिलेख


नइ टेलिफोन कोश


नइको चिनारी