» नइ प्रकाशन नेपाल सरकारबाट आयकर छुट पाएको गैरराजनीतिक साहित्यिक, सांस्कृतिक र सामाजिक संस्था हो ।

नइको चिनारी


रत्नदास प्रकाश

रत्नदास प्रकाशको रूप, स्वर र बोलीचाली बराबरी राम्रो थियो । उनका स्वरमा केटीहरू जसरी झुम्मिन्थे उनको रूपमा पनि त्यत्तिकै भुतुक्कै हुन्थे र बोलीबचनबाट त झन् टपक्कै टाँसिन खोज्थे । महाराज जुद्धशमशेरले एकपटक आफ्ना सुसारे र छेउभित्ताका केटीलाई धमास दिँदै घोषणा गरेका थिए “रत्नदाससँग कोको पोइल जान चाहन्छौ जाओ ! यदि तिमीहरू रत्नदाससँग हिँड्यौ भने म यसको पानी चलाइदिन्छु ।”

त्यसबखत रत्नदासले छोएको पानी खान हुँदैनथ्यो, उनी घरभित्र पस्न वञ्चित थिए र उनले परैबाट ठूला जातका मान्छेसँग निहुरिएर बोल्नुपथ्र्यो । किनभने उनी खड्गी थिए अर्थात् कसाई थिए । दुनियाँको तिरस्कार, हेलाँ र कुदृष्टि हुँदाहुँदै पनि उनी निर्धक्क भएर कसाईं थरलाई कायम राखेर आफ्नो कार्यमा जुट्थे । उनको त्यो निर्भीकपन राजा महेन्द्रलाई पनि मन परेछ । त्यसैले महेन्द्रले उनलाई “प्रकाश”को सम्मान दिए र त्यसपछि उनले आफ्नो नाउँ पछाडी प्रकाश लेख्न थाले । अनि थर हटाएपछि नै समाजमा क्रमशः यिनको मर्यादामा बढोत्तरी भएको थियो ।

रत्नदास प्रेम गर्न सिपालु थिए । नाटक खेल्न जाँदा रङ्गमञ्चमै उनी एउटी न एउटीका प्रेमी भइसक्थे । वास्तवमा प्रेमक्रीडामा रत्नदास प्रकाशलाई कसैले भेट्न सक्तैनथे । यिनको कृष्णलीलाबाट जुद्धशमशेर महाराज सारै रिसाएका थिए तर जुद्धशमशेरकी कान्छी महारानीबाट माफीका लागि महाराजलाई फकाइएकाले रत्नदासले राणाका कोर्रर्ााानुपरेको थिएन । राणाबाट रत्नदासले जति धम्की, गाली र यातना पाए पनि यी केटीहरू जिस्काउन, नजिक ल्याउन र प्रेम गर्न छाड्दैन थिए । घरकी स्वास्नीलाई पनि आफ्ना थान्कामा राख्न यी सिपालु थिए ।
रत्नदासको जन्म १९७० माघ कृष्णाष्टमीका दिन काठमाडौँको लाजिम्पाटमा भएको थियो । रत्नदास भवानीदास खड्गी र हीरामाया खड्गीका साहिँला छोरा थिए । रत्नदास प्रकाश बाल्यकालदेखि नै गीत गाउँथे । यिनलाई गायनतर्फलगाउने गुरुआमा पनि यिनैकी आमा थिइन् । यिनकी आमा गीतकी पारखी थिइन् । त्यति मात्र होइन उनी गीत गाउन पनि रहर गर्थिन् । रत्नदासका बाबुचाहिँ छोरालाई गीत सिकाउन हुँदैन भन्थे । तर आमाचाहिँ छोरालाई गीत सिकाउनै पर्छ भन्ने सिद्धान्तमा बराबर पहल गर्थिन् । परिणामस्वरूप रत्नदासलाई आमाले उस्ताद भैरवलाल प्रधानसँग सङ्गीत सिक्ने वातावरण मिलाउन थालिन् । त्यसपछि रत्नदासले टी.एल. राणा र उस्ताद रामबहादुर तण्डुकारबाट पनि सङ्गीत सिके । अरूबाट सिक्तासिक्तै बिस्तारै यिनी आफैँ सङ्गीतका गुरुबाबु भएर निस्कन थाले ।
रत्नदास खुबै नाटक खेल्थे । अभिनय कलामा यिनको विशेष दक्षता थियो । जुँगा उम्रनुअघिसम्म रङ्गमञ्चमा यी केटीको भूमिका खेल्थे । यिनको उत्कृष्ट अभिनयकलाको प्रशंसामा राणाशासकहरू पनि डुब्थे । साथै यी नाटयसम्राट् बालकृष्ण समका मनपर्ने कलाकार थिए । त्यसैले समले यिनका विषयमा लेखेका पनि छन् “अभिनय गर्दा गर्दै जब रत्नदास गाउँथे सुन्नेहरूमा धेरै जसो मुग्ध हुन्थे, धेरै जसो मोहित हुन्थे ।”
रत्नदास स्वयं नेपाली गीतका एउटा इतिहास मानिन्छन् । उनका गीत शास्त्रीय, आधुनिक र लोकमा आधारित छन् । उनी गीत गाउँदा नेपालको संस्कृति र नेपालीको कथालाई र्सलक्कै उभ्याउँथे । खास गरेर झयाउरे गीत गाउन रत्नदासलाई कसैले भेट्तैनथ्यो।
रत्नदास प्रकाशले २० वर्षटेक्ता नटेक्तै बिहे गरे । यिनले जति जना केटीसँग प्रेम गरे तापनि आखिर मगनी बिहे गरे । यिनकी पत्नीको नाउँ ललिता थियो । तर यी आफ्नी पत्नीलाई प्राणमैया भनेर बोलाउँथे । यी दम्पतीले तीन छोरा र पाँच छोरी जन्माए । यिनीहरुका जेठा छोरा प्रेमदास प्रकाश पनि साहित्यमा चर्चित भए । त्यतिमात्र होइन प्रेमदास पनि गीतकार, सङ्गीतकार र गायक थिए ।
मास्टर रत्नदास प्रकाशले ३० वर्षको उमेरसम्ममा अभिनय र स्वरमा बराबरी ख्याति कमाइसकेका थिए । त्यस बेला यिनले गाएका गीतहरू दिनानुदिन लोकप्रिय बन्दै गएका थिए । यिनका गीतका डिस्क रिकर्ड धूमधाम बिक्री पनि हुन्थे । गीतहरू धेरै बिकेको कारण कोलकाताको रिकर्डिङ स्टुडियोले रत्नदासलाई पुरस्कार पनि दिएको थियो । यसभन्दा अघि नै यिनले जुद्धशमशेरका छोरा शान्तशमशेरबाट पुरस्कारस्वरूप दर्ुइ वटा असर्फी ग्रहण गरिसकेका थिए । पछि यिनले इन्द्रराज्यलक्ष्मी प्रज्ञापुरस्कार पनि प्राप्त गरेका थिए । साथै यिनी नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानका कार्यकारी सदस्य पनि भए ।
रत्नदास २००७ सालमा गायकका रूपमा रेडियो नेपाल छिरेका थिए । त्यस बेला एक वर्षसम्म यिनले रेडियो नेपालमा निःशुल्क हल्लिनुपरेको थियो । राजा त्रिभुवनको निर्देशनबाट उनले २००८ सालमा रेडियो नेपालमा सशुल्क सेवामा रहने मौका पाए । उनले अनगिन्ती गीत गए तापनि यिनी रेडियो नेपालमा चालीसवटा गीतका रिकर्ड राख्न सफल भए । साथै उनले थुप्रै गीतहरूमा सङ्गीत प्रदान गरे तापनि चालीसवटै गीतमा औपचारिक सङ्गीत सङ्ग्रह गर्न पनि यिनी सफल भए । यिनी २०३२ सालदेखि चाहिँ रेडियो नेपालबाट बिदा भएका थिए ।
एउटा कर्साईका छोरालाई बग्गीमा राखेर सहर परिक्रमा गराइन्छ भन्ने कुराको प्रमाण रत्नदास भए । २०२८ सालमा यिनलाई बग्गीमा आरोहण गर्राई काठमाडौँ सहर घुमाइएको थियो ।
२००० सालतिर रत्नदासले कोलकाताको रेडियो स्टेसनबाट नेपाली गीत गाए । यसभन्दा अघि नै यिनले नेपालमा माइकमा पनि गीत गाइसकेका थिए । यिनी नेपालमा माइकमा गीत गाउने प्रथम गायक थिए ।
कविवर म.वी.वि. शाहले रत्नदासलाई खुबै मन पराउँथे । राजा महेन्द्रको स्नेहले यिनले थुप्रै उपलब्धी हासिल गरेका थिए र यिनी राजाका प्रिय गाएक थिए । त्यसैले यी राजदरबारमा नोकरीमा पनि पसे ।
नेपाली कला, साहित्य र सङ्गीतलाई इज्जत दिने र इज्जतलाई जनजनको हृदयमा प्रकाश पार्ने काम मास्टर रत्नदासबाट भयो । नेपाली सङ्गीतकलामा रत्नदासले खेलेको भूमिका अत्यन्तै प्रेरणादायी छ । यिनले नेपाली गीतलाई छातीमा टाँसेर नै आफ्नो इहलीला २०४९ कात्तिक ९ गते समाप्त गरे ।

नेपाली साहित्यका विभूति

नइ अभिलेख


नइ टेलिफोन कोश