» नइ प्रकाशन नेपाल सरकारबाट आयकर छुट पाएको गैरराजनीतिक साहित्यिक, सांस्कृतिक र सामाजिक संस्था हो ।

Home » बाँचेका मान्छे (जीवनीसङ्ग्रह) » त्रैलोक्यनाथ उप्रेती Trilokya Nath Upreti

नइको चिनारी


त्रैलोक्यनाथ उप्रेती Trilokya Nath Upreti

डा.त्रैलोक्यनाथ उप्रेती नरमका नमूना थिए । उनी भद्र पनि त्यस्तै थिए । उनको सरल गुण पनि अनुकरणीय थियो । उनी मान्छेसँग बोल्दा सानो ठूलो भनेर भेद गर्दैन थिए । समयलाई पालन गर्ने उनको सबैभन्दा ठूलो खुबी थियो । उनी वचनका पनि त्यस्तै पक्का थिए । अनि योभन्दा ठूलो गुण उनी इमान्दार थिए । त्यसैबाट उनले आफ्नो व्यक्तित्वको चमक बढाएका थिए ।
उप्रेतीको पुख्र्यौली घर डडेल्धुरा थियो । तर उनी काठमाडौंमा जन्मे । उनी १९८० साल असार ११ गते जन्मे । उनका बुबाआमाको नाउँ नन्दराम उप्रेती र हरिप्रिया उप्रेती थियो ।

उप्रेतीका पूर्खा डोटी राजाका पालादेखि गुरुपुरोहति थिए । काठमाडौंमा आएपछि उनका बुबाले राणाका सन्तानलाई ट्युसन पढाउने पनि काम गरे । यिनका बुवा चन्द्रशमशेरका नातिहरु र मोहनशमशेरका छोरीहरुका गुरुबा थिए । त्यसैले मृगेन्द्रशमशेर डाइरेक्टर जनरल भएपछि उपे्रतीका बुवा परीक्षा नियन्त्रक भए । अनि त्यस पदमा बस्ने नन्दराम उप्रेती पहिलो व्यक्ति थिए ।
त्रैलोक्य सानामा फटाहा थिए । उनी हुलिया र छुलिया पनि थिए । त्यतिमात्र होइन अर्काका बारी बगैंचाभित्र पसेर फलफूल चोर्नेमा पनि उनी पारङ्गत थिए । उनी स्कूलमा गयो त्यतै बदमासी गर्थेर्, टोलमा पनि त्यसै गर्थे र घरमा पनि उपद्रो मच्चाई बस्थे । बदमासी गर्दा यिनले बराबर कुर्टाई पनि खाए । तर घरको बोझले थिच्न थालेपछि उनको उग्र जीवन पनि विस्तारै थान्को लाग्न थालेको थियो । अनि उनी एकातिर घर व्यवहारमा लागे र अर्कातिर जनहीतमा पनि बाटिन थाले । हुँदाहुँदे उनी राष्ट्रका लागि नै एउटा आवश्यकीय व्यक्तिमा रुपान्तर हुन थाले । बाल्यकालको एउटा आवारा र अराजक पनि भविष्यमा कुशल हुन्छ भन्नेको प्रमाण उनी पनि एक थिए ।

उप्रेती सानेदेखि खेलकुदमा विशेष चाख राख्थे । टोलका केटाकेटी भेलापारेर उनी नरकटको घोडा बनाएर खेल्थे । उनी कहिले झुम्रोको गोल र कहिले भोगटेको गोल खेल्थे । त्यति बेला उनी एक्कैछिन चुपलागी बस्तैन थिए ।
एकदिन उप्रेतीलाई उनका बुबाले एकराज शमशेरका घरमा पुर्‍याए । त्यसैबेला राणाले उनलाई मिहेनत गरेर पढ्ने र्सत राखेर तीनपाङ्ग्रे साइकल उपहार दिए । त्यसपछि टोलमा उनको झन नेतृत्वदायी भूमिक गाँसिन थाल्यो । टोलका प्रायः सबै केटाकेटी उनका अघिपछि हिंड्न थाले । अनि त्यही साइकलले निश्चित समयमा पढ्ने उनको वातावरण बनिदियो । भनौं साइकल पाएपछि उनी पढ्न पनि मन दिन थाले । एउटा उदण्ड र छाडा बालक पनि माल पाए पछि थान्को लाग्छ भन्ने प्रमाण उप्रेती नै भए ।
१९९० सालको भूकम्पपछि उप्रेती दरबार स्कूलमा भर्ना भए । तर स्कूलमा उनी पढ्न मन दिंदैन थिए । प्रायः उनी मास्टरको कुटाई खाएरै घर फर्कन्थे । उनको त्यो नरमाइलो रीत उनका बुवाका कानमा पनि पुुग्यो । उनी दरबार स्कूलमा जतिमा भर्ना भए त्यहँदेखि एक कक्षा पनि चढेनन् । स्कूल गएका उनी दिनभरी स्कूलबाट भाग्थे र बेलुका घर र्फकन्थे । त्यसैले उनलाई बनारस पुर्‍याइयो । त्यहाँ पनि उनको नानीदेखि लागेको बानी उस्तै भयो । तर त्यहींबाट उनले म्याटि्रक पास गरे ।
बनारसमा पढ्दापढ्दै उप्रेतीका बुवाको निधन भयो । त्यसपछि उनलाई पहिले झैं मोहनशमशेरका छोरीहरुले पढ्ने खर्च पठाइरहे । त्यतिमात्र होइन उनले जयपृथ्वीबहादुर सिंहका पत्नी र चन्दशमशेरकी रानीबाट पनि पढ्ने खर्च पाइरहन्थे ।
उप्रेतीले त्रिचन्द्र कलेजमा आइए पढे । त्यही बेलामा उनको बिहे बैतडीका मोहनदेव भट्ट रद्रोपदीदेवीभट्टकीछोरीसत्यवतीसँगभयो।बिहेताकउनी१८वर्षरउनीपत्नी११वर्षकी थिइन्।अनिउनकीपत्नीभनेनिरक्षरथिइन्। यी दम्पतिबाट छोरा दीपक, छोरीहरु ज्ञानू र सरीता जन्मे । बिहेकै कारण उनको आइएको परीक्षा पनि छुट्यो । तर उनले अर्को वर्षजाँच दिए र पास गरे । साथै उनले त्यहींबाट बीए पनि पास गरे । त्यसपछि उनले भारतको पटनाबाट बीएड र संयुक्त राज्य अमेरिकाको अरिगन विश्वविद्यालयबाट एम्एड र पीएचडी पनि गरे ।
उप्रेती २००२-०३ सालदेखिनै आधारभूत शिक्षक तालिम केन्द्रको शिक्षकमा भर्ना भैसकेका थिए । २००७ साल फागुन ७ गते श्री ३ मोहनशमशेरको प्राइममिष्टिरसिपमा गठित मन्त्रीमण्डलमा शिक्षमन्त्री नृपजङ्ग राणा थिए । अनि उनी तिनै राणाका निजीसचिवमा तानिए । त्यो पद पाउनु उनको भाग्यको अर्को फट्का थियो । त्यसपछि उनी शिक्षाको डिपुटी सेक्रेटरी भए । क्रशशः उनी राष्ट्रिय शिक्षा समितिमा सचिव भए । रुद्रराज पाण्डेको अध्यक्षतामा गठित राष्ट्रिय शिक्षा आयोगमा उनी सदस्यसचिव भए । तिनै पाण्डे त्रिभुवन विश्वविद्यालयको उपकुलपति भएपछि उप्रेती रजिष्ट्रार भए । अनि पछि उनी साडेचार वर्षम्म उपकुलपति पनि भए ।
उप्रेतीले उपकुलपतिमा नाउँ चलाएपछि उनको खुबै चर्चा भयो । त्यसपछि उनी फ्रान्सका लागि राजदूतमा नियुक्त भए ।
उप्रेतीले बनारसको पढाईकै सिलसिलामा स्काउटमा लागेका थिए । त्यसैले नेपाल आएपछि उनैले स्काउटको सिद्धान्त चलाए । उनी नै स्काउटका नायक थिए । तर स्काउटको कार्यालय उनैको खल्तीमा थियो । उनले एकपटकको भेटमा राजा महेन्द्रलाई बेलीविस्तार लगाएपछि राजाले आफ्नो लैनचौरको निजी जग्गा स्काउटलाई दान दिएका थिए ।
उप्रेती शिक्षाक्षेत्रका एक कुशल हस्ती थिए । नेपालको शिक्षा नीतिको जराजुरी उनैले केलाएका थिए । उनैले शिक्षाबारेका अनेक नीति पानी पारेका थिए ।
उप्रेतीले नेपालका विभिन्न भूभाग डुले र विश्वका प्रायः सबै प्रमुख राष्ट्रहरु पुगे । उनी जहाँजहाँ गए नेपालको शिक्षाबारेके अवधारणा लिएर जान्थे ।
उप्रेती अनेक सामाजिक, शैक्षिक र खेलकुदका संस्थाहरुमा रहे । उनी क्रिकेटका खेलाडी थिए । उनैको समेत भूमिका जोडिएर नेपाल क्रिकेट एसाशिएसनको स्थापना भएको थियो । नेपालमा फूटबलको संस्थागत विकासमा पनि उनकै भूमिका थियो । उनैको समेत लगनका कारण नेपाल फूटबल सङ्घको स्थापना भएको थियो ।
उप्रेतीले नेपाली धरामा धेरे मिहेनत गरे । त्यही परिणामले उनी गोर्खा दक्षिणबाहु दोश्रोदेखि महेन्द्र विद्याभूषण प्रथमसम्मले विभूषित भए । साथै विदेशबाट पनि यिनले विभिन्न विभूषण प्राप्त गरे ।
उप्रेती लेखनमा पनि अग्रसर थिए । उनका फूटकर लेख खास गरेर शिक्षाविषयमा नै केन्द्रित हुन्थ्यो । अनि सिङ्गो कृतिका रुपमा उनको आत्मकथा ‘विगतका पाना’ (२०६१) छापियो । तर उनले सो कृति देख्नै पाएनन् । किनभने उनी २०६० सालमै स्वर्गीय भइसकेका थिए ।

नेपाली साहित्यका विभूति

नइ अभिलेख


नइ टेलिफोन कोश