» नइ प्रकाशन नेपाल सरकारबाट आयकर छुट पाएको गैरराजनीतिक साहित्यिक, सांस्कृतिक र सामाजिक संस्था हो ।

Home » बाँचेका मान्छे (जीवनीसङ्ग्रह) » काशीबहादुर श्रेष्ठ Kashi Bahadur Shrestha

नइको चिनारी


काशीबहादुर श्रेष्ठ Kashi Bahadur Shrestha

गणेशबहादुर श्रेष्ठ तथा विष्णुमाया श्रेष्ठका माइला छोरा काशीबहादुर श्रेष्ठको जन्म १९६८ साल असोज १ गते भएको थियो । भक्तपुरका रैथाने गणेशबहादुर राम्रो व्यवसाय खोज्दै भारतको काशी पुगेका थिए । काशीमा नै काशीबहादुर जन्मेका हुँदा उनको नाउँ काशी राखिएको थियो । तर उनको चिन्हाको नाउँचाहिं कन्हैयालाल थियो।

काशीबहादुरको वाल्यकालमा नै उनकी आमाको निधन भयो । छोराको हेला हुन्छ भन्ने डरले गणेशबहादुर श्रेष्ठले दोस्रो विवाह गरेनन् । त्यसैले उनले नै आफ्नो छोराको लालनपालन गरेर हुर्काएका थिए।

काशीबहादुर आफ्ना बुवा कै नेतृत्व, संरक्षण र मायामा स्कूले शिक्षा हासिल गर्दै कलेजको दैलो उर्घार्न पनि पुगे । त्यति बेला उनको स्कूले साथी विश्वेश्वरप्रसाद कोइराला थिए । तर एघार कक्षासम्म मात्र उनले कोइरालसँग पढे । घरको व्यवहारका कारण त्यसपछि उनले पढ्न सकेनन् । आफ्ना बुवाको व्यापार व्यवसायमा उनी पनि समर्पित भए । त्यति खेर उनका बुवा हीरामोती र जुवाहरतका व्यापारी थिए। त्यसैले बुबाका निर्देशनमा उनी व्यापारका सिलसिलामा कहिले कोलकाता, कहिले मुर्म्बई र कहिले दिल्ली पुग्थे । यात्राका क्रममा उनले रेलमा हिन्दीभाषाका साहित्यिक पत्रपत्रिका पनि पढ्न थाले । अनि क्रमशः साहित्यमा पनि उनलाई रस बस्न थाल्यो ।

श्रेष्ठले तेह्र वर्षो उमेरमा जनकपुर सबैलाकी सुवर्णकुमारीसँग बिहे गरे । सुवर्णकुमारीराम्री थिइनन् तर असल थिइन् । विहेपछि उनले नै घरको सबै कामधाम सम्हालेकी थिइन् । उनीहरुका छिमेकीले त्यस घडी सुवर्णकुमारीका कारण श्रेष्ठ निवासमा लक्ष्मीले बास गरेको छ भन्थे ।

श्रेष्ठले बिहे गरेको दस वर्षा उनका बुवा गणेशबहादुर स्वर्गीय भए । त्यसपछि उनले टाउकामा नाम्लो लगाएर आफ्नो घरको सारा व्यवहार बोके । तर पनि हरेश नखाई आफ्नो दाजु र भाइलाई पनि उनले व्यवहारको लिगमा हुँले । त्यसैछेक उनका कान्छा भाइ चाहिं दिवङ्गत भए ।

श्रेष्ठ बनारसमा प्रसिद्ध थिए । यसको प्रमुख कारण के हो भने उनी सरकारलाई राम्रो कर तिर्थे । वास्तवमा उनको इमानजमान र परिश्रमले नै उनले धेरैको मन जितेका थिए ।

हिन्दुमुसलमानको संघर्षका बेला श्रेष्ठलाई प्रहरीमा प्रवेश गराइएको थियो । त्यस बेला उनी ३२ वर्षा थिए । अनि नेपाली कांग्रेसको स्थापना पछि उनको झुकाव राजनीतिमा पनि बढ्यो । साथै उनी अखिल भारतीय गोर्खा लिगका सदस्यमा आबद्ध भए।
श्रेष्ठ व्यापार र राजनीतिमा लागिरहे । त्यसैताक उनका साथी विश्वेश्वरप्रसादका बुवा कृष्णप्रसाद कोइरालाले पनि उनीसँगको मोतोमा काशीमा नै व्यापार गर्न थाले ।

श्रेष्ठ ससुराली गाँउ जनकपुर आइरहन्थे । अर्को एक पटक उनी ससुराली गएको समयमा त्यहाँ पैसाको हाहाकार थियो । अनि उनले सिंहदरबारमा पत्र पठाए ”गाँउमा चानचुन पैसाको हाहाकार छ । यहाँका व्यापारीहरु यसैको फाइदा उठाएर कालो बजार गरिरहेका छन् । साथै प्रशासन र पुलिसले पनि जनतालाई सारै दुख दिएका छन् ।” त्यसपछि त्यहाँ राणाको ठाडो आदेशले शान्ति सुरक्षा हुन थालेको थियो ।

श्रेष्ठ बनारसको विद्याधर्म प्रचारणी नेपाली समितिका मूख्य व्यक्ति थिए । त्यहाँ बसेर पनि उनले सेवा गरे । अनि फेरि उनको अर्को साहित्यिक यात्रा सुरु भयो । उनको प्रथम कथा ‘रत्लम’मा प्रकाशित भयो । हिन्दी साहित्यका स्रष्टा गोपालसिंह नेपालीसँगको सम्बन्धको कारण उनले हिन्दीभाषामा गीत र कविता लेख्न थाले । वास्तवमा नेपालीले नै उनको साहित्यको गोरेटो खनिदिएका थिए ।

विविध कार्यमा जुट्ताजुट्तै श्रेष्ठको जीवन एक्कासी खच्किन थाल्यो । त्यसै बेला उनले आफ्ना दुईजना सन्तान नै पनि गुमाउनु पर्‍यो । त्यति खेर उनको व्यापार पनि बिग्र्यो र ऋणको खाडल पनि खनिन थाल्यो । यी सम्पूर्णवेदना थुप्रिएर उनकी पत्नीका आँखामा गङ्गा कुदिरहन्थ्यो । त्यस घडी उनीहरु एकअर्कासँग जीवनको गुनासो गरेर रोइरहन्थे ।

त्यसै बेला काशीबहादुरको जनकपुरमा सुब्वा आनन्दबहादुर श्रेष्ठसँग सर्म्पर्क भयो। श्रेष्ठले उनलाई विभिन्न तरिकाले सम्झाउन थाले । अनि केही महिनापछि सुब्बा आनन्दबहादुर श्रेष्ठले काशीबहादुर श्रेष्ठलाई भने ”तिमी हिन्दीमा मात्र होइन नेपाली भाषामा पनि लेख, किनभने तिमी नेपाली हौ । काशीमा प्रकाशनगृह पनि खोल र नेपालीभाषामा एउटा पत्रिका पनि चलाउ । त्यसबाट तिमीलाई काम पनि हुन्छ र त्यसैबाट माम पनि जुट्छ ।” आनन्दबहादुर श्रेष्ठका कुरा सुनेर काशीबहादुर खुशीले रोए। अनि उनले सुब्बाको त्यही पारामा आफू हिंड्ने प्रतिज्ञा गरे । सुब्बा आनन्दबहादुरले पनि पछि काठमाडौंमा एडुकेशनल इन्टरप्राइजेज र मोडर्न प्रिन्टिङ प्रेसको स्थापना गरेका थिए ।

काशीबहादुर जनकपुरबाट बनारस फर्के । उनले सुब्बा आनन्दबहादुर श्रेष्ठको भावनालाई उदयमा गाभे। परिणमस्वरुप १९३७ को फरवरी -१९९३ साल माघ)मा उदयले धर्ति देख्यो । त्यसको दर्ुइ वर्षछि उनको छोरा दुर्गाप्रसाद श्रेष्ठको पनि जन्म भयो । अनि बनारसको त्यो घर अलच्छिन हुने शङ्खामा उनी पत्नी र छोरालाई लिएर जनकपुर पुगे । नौ अङ्क प्रकाशित भएपछि उदय पनि बन्द भयो ।

काशीबहादुर जनकपुरमा पाँच वर्षबसेर फेरि काशी फर्के । त्यसपछि उनले उदय पुनः प्रकाशन गरे । त्यसैताक उदयका लागि पैसा सङ्कलन गर्न उनी काठमाडौं आए । त्यसै बेला उनका दाजुले आफु बसेको काशीको घर बेचे र भाडामा बस्न थाले । त्यसपछि उनीहरुलाई अति गाह्रो भयो ।

काशीबहादुरले काठमाडौंबाट लगेको पैसा पनि दाइको नाउँमा ऋण तिर्दै ठिक्क भयो । त्यतिमात्र होइन त्यसै बेला उनलाई छोराछोरी पढाउन पनि द्यौद्यौ भयो र उनले पत्नीको सुन बेचेर छोरा पढाए । त्यतिखेर उनी एउटै र्सट र पाइजामा लगाएर एक वर्षकटाउँथे । अनि हरेक वर्षउनको हालत त्यस्तै हुन्थ्यो ।

काशीबहादुरलाई जति नै आर्थिक कष्ट भए तापनि उनले लत्तोचाहिं छाडेनन् । बरु उनले उदय सञ्चालनका अतिरिक्त प्रकाशनगृह पनि खोले । अनि उनले नाउँ चलेका लेखकहरुका किताब छाप्न थाले । साथै अरु प्रकाशनगृहका किताबका उनले प्रुफ पनि पढ्न थाले । त्यहाँबाट आएको पैसाले उनले उदय प्रकाशनमा नै खर्च गर्थे ।

नेपाली साहित्यिक पत्रकारितामा काशीबहादुर श्रेष्ठको बेग्लै आयाम स्थापित भयो । उनले तीन दशकसम्म नेपाली भाषामा ‘उदय’ सम्पादक र प्रकाशक बनेर सञ्चालन गरे । त्यस अवधीमा उदय ८३ अङ्क प्रकाशनमा आयो । तर पनि नेपाली भाषाको सबैभन्दा लामो अवधि चलेको साहित्यिक पत्रिका नै त्यतिन्जेलसम्ममा त्यही नै थियो । उनको त्यस योगदानले भारतमा रहेका नेपाली साहित्यका स्रष्टा प्रेरित थिए ।

काशीबहादुरले पत्रकारितामा आबद्ध हुँदै साहित्य पनि लेखे । उनका दुईटा उपन्यास ‘उषा’ र ‘वचन’ अनि एउटा कथासङ्ग्रह ‘तोता मैनाको कथा’ प्रकाशित छ भने फुटकर रुपमा अनगिन्ति पत्रपत्रिकामा उनका लेखरचना छापिएका थिए । उनको विंडो थाम्ने उनका छोरा दुर्गाबहादुर श्रेष्ठ पनि हिन्दी, अंग्रेजी र नेपालीभाषाका लेखक तथा साहित्यिक पत्रकारका रुपमा सुपरिचित भए ।

काशीबहादुर भारतीय नेपालीहरुका एउटा पथप्रदर्शक मात्र थिएनन् लक्ष्मीप्रसाद देवकोटादेखि ईश्वर बरालसम्मका पनि सारथी थिए । उनकै पत्रिका ‘उदय’ मार्फ बरालले देवकोटालाई महाकवि लेखेका थिए । त्यसपछिमात्र देवकोटालाई महाकवि भन्न थालिएको थियो । त्यतिमात्र होइन, काशीबहादुर पवनकुमारीदेवीहरुको लेखनको पनि अजस्र प्रेरणा थिए । नेपाली साहित्यको सेवामा समर्पित भइरहेकै बेला अथवा भनौं २०४६ साल जेठ १३ गते बनारसमा उनी स्वर्गीय भए ।

नेपाली साहित्यका विभूति

नइ अभिलेख


नइ टेलिफोन कोश