» नइ प्रकाशन नेपाल सरकारबाट आयकर छुट पाएको गैरराजनीतिक साहित्यिक, सांस्कृतिक र सामाजिक संस्था हो ।

नइको चिनारी


योगी नरहरिनाथ:

योगी नरहरिनाथ नेपाली संस्कृतिका प्रणेता थिए । उनी नेपाल र नेपालीका आदर्श थिए । यतिहुँदाहुँदै पनि बाँचुन्जेल उनी तिरस्कृत भए । तर उनको शेषपछि नेपालमा उनको अभाव खड्किएको छ । उनी नेपाली जनजीवनमा आफ्नो भेष, भूषा, भाषा र संस्कृतिका कट्टर र्समर्थक र उत्थान कर्ताको रूपमा समर्पित थिए । उनको विशिष्ट योगदानका कारण उनी मेची महाकालीभरी नै चर्चित थिए । उनी भौतिक रूपबाट र मनोभौतिक आवश्यकताबाट माथि उठे । उनले योगशास्त्रलाई पूर्णरुपमा अङ्गाले तापनि उनी आफ्नो धर्म, संस्कृति र मौलिक सभ्यताको संरक्षण र विकासमा नै लागिरहे ।

योगी नरहरिनाथ सम्वत् १९७६ फागुन १७ गते कर्णाली अञ्चलको कालीकोट जिल्ला लालु गाउँमा जन्मेका थिए । उनले एक्लो आवाल ब्रहृमचारीमा नै आफ्नो जीवन समाप्त पारे । उनका पिता ललित, माता गौरी र गुरु छ्रि्रनाथ थिए ।

योगी नरहरिनाथले विद्यालङ्कारसम्मको शैक्षिक उपाधि प्राप्त गरे तापनि उनी इतिहासको खोजीमा समर्पित भैरहे । यसै सिलसिलामा उनले नेपालका सम्पर्ूण्ा भेगको पैदल यात्रा गरे । पचहत्तरै जिल्लाका गाउँगाउँ डुल्नेक्रममा उनले ठाउँठाउँमा पुगेर धेरैलाई ज्ञान दिए, बुद्धि दिए र हिंड्ने बाटो पनि देखाई दिए । त्यतिमात्र होइन, एशिया, युरोप र अमेरिकाका केही राष्ट्रहरूको पनि उनले भ्रमण गरे ।

योगी नरहरिनाथका लागि राजसंस्था र पञ्चायती व्यवस्था प्यारो थियो । तर उनलाई राजदरबार र सिंहदरबारका कर्मचारी मिलेर जेल पनि हाले । उनले पञ्चायती व्यवस्थालाई नेपालको वैदिक दर्शनको उपज ठाने । तर त्यस व्यवस्थाका कारिन्दाले यिनको जरा उखेल्ने काम गरे । उनी हिन्दू संस्कृतिको मौलिकता राजाको नेतृत्वमा मात्र भेट्थे । तर उनलाई राजाका छेउमा पुर्‍याउन कसैले कसरत गरेनन् । उनी बहुदलीयता र संसदीय व्यवस्थाका कट्टर विरोधी थिए । यसबारे उनी भन्थे ”यस पद्धतिमा सीमित दलीय स्वार्थ र खिचातानले विदेशी प्रभाव पर्छ र राष्ट्रिय अखण्डता नै समाप्त हुन सक्छ ।” तर निर्दलबादीले नै यिनलाई चौखुर्‍याए । योगीका अनुसार राजाका छेउमा बस्नेहरुमध्येको संख्या प्रायः लठ्ठकहरुको हुन्थ्यो । उनी भन्थे ”डेट स्क्स्पाएरहरूका घेरोमा राजाको आसन छ ।” अनि यी तिनै नौटङ्कीहरूको कोपभाजन हुन थाले । उनी राजा र जनतामाझको पर्खाल भत्काउन खोज्थे । त्यसैले भारदारहरूले यिनको गलामा पासो पुर्‍याइरहन्थे । एक पटक विमर्शमा हरिहर बिरहीलाई अन्तर्वार्ता दिदै उनले भनेका थिए ”राजाले आफ्नो छाता आफैं ओढ्नु पर्छ, नत्र भने जसले राजालाई छाता ओर्ढाई दिन्छ, उसैले त्यो छाता आफै ओड्न थाल्छ ।” यिनका लागि त्यो अन्तर्वार्ता बिष भयो । अनि फेरि यी लखेटिन थालिए । त्यतिमात्र होइन यिनको अनतवार्ता लिने बिरहीलाई समेत आठ महिना कैदी बनाइयो । वास्तवमा त्यस घडी योगीभन्दा राजाका धेपौरेहरू आफूलाई बुद्धिजीवी, राजभक्त र देशभक्त ठान्थे ।योगी नरहरिनाथले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको नेपाललाई दुईढुङ्गाबीचको तरुल भन्ने दिव्योपदेशमा नेपालको मौलिकता र असंलग्नता र्छलङ्गिएको देखे । २०१७ सालअघि पनि देशलाई बहुदलको गर्तमा डुबाएर राष्ट्रिय र्सार्वभौमिकता नै खतरामा पारिएको बेहोरा उनले बाँचुन्जेल लेखिरहे । त्यसपछि पनि नेपालमा बहुदलीय र संसदीय व्यवस्था काम लाग्दैन भनेर उनी कुर्लिरहे ।योगी नरहरिनाथ महान् देशभक्त र राष्ट्रिय भावनाका सूत्रधार थिए । उनले जति लेखे नेपालकै मौलिकता लेखे । उनले आफ्नै सिङ्गो परिश्रम र प्रयासबाट नेपालको इतिहासका ६४ भाग ठेलीहरू लेखे । उनले धार्मिक र सांस्कृतिक पुस्तक लेखेर नेपाल र नेपालीका लागि बिर्सिनसक्नु गुन लगाए । उनका भाषण, लेख र पुस्तकहरूमा नेपाली माटोको गन्ध भेटिन्छ, सुवास पाइन्छ र त्यसभित्र वैदिक आत्मा पनि बोल्दछ । अझै पनि उनका कृति पढ्ने हो भने सुषुप्त चेतनालाई झक्झक्याउँछ र त्यसले मरेको आस्था पनि ज्यूँदो बनाउँछ । उनको दर्शन पढ्ने हो भने मूर्दाहुन आँटेको राष्ट्रियताको भावनामा पनि प्राण सञ्चार गराउँछ । धर्मसंस्कृति र राष्ट्रिय चिन्तनमा आधारित उनका ५०० भन्दा बढी शोधपरक ग्रन्थहरू प्रकाशित भइसकेका छन् ।योगी नरहरिनाथ सांसारिक माया, ममता र भौतिकमोहदेखि माथि उठेका थिए । उनलाई जीवनमा सुख र दुःखको स्मरणीय अनुभव पनि थिएन । तैपनि बृहत राष्ट्रिय र सांस्कृतिक हितका निम्ति उनी सदैव चिन्तित थिए ।नेपालका मात्र होइनन् हिन्दू संस्कृतिकै विभूति योगी नरहरिनाथका विषयमा धेरै विद्वान्हरूले सम्मानजनकका समीक्षाहरू गरे । किनभने उनी महान थिए ।योगी नरहरिनाथ २००७ अघिदेखि नै विभिन्न राजनैतिक, सामाजिक र खास गरी आध्यात्मिक कार्यमा संलग्न थिए । उनको जीवनको इच्छाचाहिं विश्वभरि नै हिन्दूजाति र संस्कृति प्रतिष्ठापित गर्ने थियो ।योगी नरहरिनाथ भन्थे ”नेपालीले नेपालीलाई जन्मभूमिको सेवार्थ सदैव दृढ प्रतिज्ञ रहनु पर्छ । आफ्नो मातृभूमिलाई तीर्थ सम्झी पसीना चुहाएर परिश्रम गरी सङ्कुचित मनोवृत्ति त्याग्नु पर्ने कुरामा उनको जोड हुन्थ्यो । उनले सजीव शब्दमा विश्वका समस्त हिन्दूपरिवारले ‘बसुधैव कुटुम्बकम्’, र ‘आत्मा खलु विश्वमूलम्’ जस्ता आदर्शलाई प्रतिध्वनित गर्नुपर्नेमा जोड दिएका थिए ।योगी नरहरिनाथले हिन्दू धर्मका विश्वकल्याणकारी सूत्रमाथि भाष्य गर्ने, व्याख्या गर्ने र त्यसको अन्तिम सरल रूप बनाउने योजना पनि बनाए । विश्वका समस्त हिन्दूहरूलाई एक सुत्रमा उनेर मोतीको एक सुन्दर हार बनाउने विषयको उनी कल्पना गर्थे । उनी नेपालको धर्म व्यापाक छ र यसैबाट यस लोकमा भौतिक उन्नति हुनुको साथै परलोकमा शान्ति हुन्छ भन्थे ।योगी नरहरिनाथ नेपालमा विदेशी संस्कृतिको हस्तक्षेपको कट्टर विरोधी थिए । त्यही क्रममा उनले नयाँ शिक्षालाई पनि विदेशी उपजको दोष लगाए र त्यही कारणले उनी फेरि पक्राउ परे । तर उनी नडर्राई फेरि भन्थे ”यस्तै ताल हो भने यिनै विदेशीले राजसंस्था उखेली दिन्छन् । आफुलाई राजावादी ठान्नेहरुले उनका यस्ता कुरामा खिसी र ट्युरी गरेर उढाउन पनि छाडेनन् । तर उनी जति अपमानित भए पनि उनको मन, वचन र कर्ममा राजसंस्था नै झाङ्गिएको थियो । किनभने उनलाई सिङ्गो नेपालको राष्ट्रिय अखण्डता चाहिएको थियो ।योगी नरहरिनाथ देश र समाजका लागि देन दिने एउटा महान् व्यक्तित्व थिए । बाँचुन्जेल नेपाल र नेपाली भनेर नथाक्ने उनी राष्ट्रियताका एउटा स्तम्भ थिए । उनी राष्ट्रवादका पर्याय थिए । त्यसैले जति नै चोट लागे तापनि उनी यस यात्रामा थाक्तैन थिए । नेपाल र नेपालीको जयजयकार गर्दागर्दै उनी थला पनि परे । उनले अन्तिम सासमा पनि नेपाल स्वतन्त्र भइरहोस् भने ।योगी नरहरिनाथको २०५९ साल फागुन १३ गतेको मध्यरातमा निधन भयो । उनको भौतिक चोला उनकै जीवन रित्यिएको ठाउँ काठमाडौंको मृगस्थलीमा समाधिस्त गराइयो । अनि त्यही ठाउँमा उनको अर्धकदको धातुको सालीक पनि राखियो ।

नेपाली साहित्यका विभूति

नइ अभिलेख


नइ टेलिफोन कोश