» नइ प्रकाशन गैरराजनीतिक साहित्यिक, सांस्कृतिक र सामाजिक संस्था हो ।

भैरव अर्याल Bhairab Aryal

नेपाली साहित्यका अमरप्राज्ञ भैरव अर्यालको गरिबी मात्र आत्महत्या प्रसङ्गमा जोडिएको विषय थिएन । वास्तवमा उनी बराबर भन्थे मर्न पाए पनि हुन्थ्यो ।’ उनी बस चढ्दा पनि यो बस पल्टेदेखि हुन्थ्यो भन्थे, रेल चढ्दा पनि त्यसै भन्थे र जहाज चढेका बेला पनि गन्तब्यमा नपुगियोस् भन्थे । सकेसम्म उनी अर्कै मार्फत मर्न चाहन्थे । तर उनको त्योर् इच्छा पूरा नहुँदा उनले घरि घरकै झयालबाट हाम फाल्न खोजे, घरि त्रिसुली नदीको पुलबाट हाम फाल्न खोजे र घरि बागमतीमा गएर हाम फाल्न खोजे । अन्ततः उनले गोकर्णस्थित बागमती नदीमा नै हम फाले र त्यहीँ आफ्नो चोला बिसाए । आत्महत्या गर्न पर्ूव उनले घरपरिवार र आफूले जागिर खाइरहेको गोर्खापत्र संस्थानमा मृत्युपत्र पनि लेखेका थिए ।

२०३३ साल असोज १९ गते राति -विजया दशमीको पर्सिपल्ट) अर्यालले आफ्नो प्राण पखेरु रित्याएका थिए । सधैँ उनका कृति पढेर पेट मिचीमिची हाँस्ने पाठकहरू पनि त्यस समाचारले भक्कानिएका थिए । अनायसै एउटा स्रष्टाको निधनले त्यतिखेर राष्ट्रमा नै शोकको विषय बनेको थियो । अनि त्यो घटनाले यिनको परिवारमा अर्को डँडेलो दनदनी दन्केको थियो । यसै प्रसङ्गमा यिनका जेठा छोरा त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक दीपक अर्यालले भने ‘हामी छोराछोरी धेरै भयौँ र हाम्रो घरको आर्थिक अवस्था पनि सारै कमजोर भयो । अनि तन्नम हुनुको परिणाम मेरा बुबालाई ड्रि्रेशन भयो । अन्ततः बुबाको आत्महत्याले हामीले पनि बाँचुन्जेल मानसिक, भौतिक र सामाजिक पीडामा जाक्किन पर्‍यो ।’

अर्याल स्वर्गीय भएपछि उनको घरमा आर्थिक हाहाकार भयो । त्यो चित्कार राष्ट्रिय वाणिज्य बैंकका महाप्रबन्धक डा.नवराज चालिसेका कानमा पनि ठोक्कियो । अनि उनले अर्यालकी श्रीमती शोभा अर्याललाई बोलाएर जागिर दिए । त्यतिबेला श्रीमती अर्यालको काम नोट गन्नेमा आधारित थियो । किनभने उनले आठ कक्षासम्मको मात्र विद्या आर्जन गरेकी थिइन् । साथै उनका छोरा दीपक अर्याललाई आनन्द कुटी विद्यापिठका प्रधानअध्यापक रत्नबहादुर बज्राचार्यले छात्रावास समेत निश्शुल्क गरेर कक्षा छदेखि एसएलसीसम्म पर्ढाई दिएका थिए । अनि एकएक जना  छोराछोरीलाई मार्टिएस स्कुलकी संस्थापक तथा प्रिन्सिपल गौरी राणाले आफ्नो स्कुलमा राखेर निशुल्क पर्ढाई दिइन् । पछि त्यसक्रमको श्रृङ्खला बागमती माध्यामिक विद्यालयका सुरेन्द्र सिटौलाले गाँसेका थिए ।

अर्याल सरल थिए, मिलनसार थिए र मृदुभाषी पनि थिए । उनको सहृदयी भावनाको धेरैले फाइदा पनि उठाए । तर उनी इख न विखका थिए । आज कसैले गाली गरेर भोलि त्यसैले मीठो पाराले बोलायो भने उनी हजुर भनिदिन्थे । तर कसैले उनलाई हेप्ता उनी झडङ्गै रिर्साई पनि दिन्थे । एक पटक भारतको दिल्ली जाँदा उनीसँगको रेलयात्रामा त्रिचन्द्र कलेजका लाइव्रेरियन रत्नलाल श्रेष्ठ पनि थिए । रेलको माथिल्लो सिटबाट श्रेष्ठले तल भएका अर्यालसँग आफ्नो जुत्ता माग्दा अर्याललेे त्यही जुत्ताले श्रेष्ठलाई बजारेका थिए ।

अर्याल पसीनाको कमाईमा उत्साहित हुन्थे । गरिबीका कारण उनी सकेसम्म शारीरिक काम नै पनि गर्थे । पढ्ने सिलसिलामा उनले अर्काका घरमा भात पकाए, भाँडा माझे, लुगा धोए । उनले जागिर खाएरै पढे र आर्थिक सङ्र्घष्ामा जुधेरै एमए पास पनि गरे ।

अर्यालको बिहे काठमाडौँका उदयनारायण गुरागाइ्रँ र पुण्यकुमारीकी छोरी शोभासँग २०१६ सालमा भएको थियो । यी दम्पतिबाट तीन छोरी र तीन छोरा जन्मे ।

अर्याल सानैदेखि कविता लेख्थे । नेपाल प्रज्ञाप्रतिष्ठानको प्रथम राष्ट्रिय कविता महोत्सवमा उनी पहिलो भएका थिए । त्यसैबेला नै यिनलाई राजा महेन्द्रले चिने । त्यसैले आर्थिक कारणले एक पटक परीक्षा दिन नपाउँदा यिनलाई राजाले पैसा पठाएका थिए र औषधी गर्न पाइएन भन्दा पनि भारत गएर औषधी गर्न यिनलाई खर्च दिएका थिए ।

अर्याल नेपाली, संस्कृत र अङ्ग्रेजी बराबरी बोल्न र लेख्न सक्थे । सम्पर्ूण्ा मध्यमा पास गरेपछि २०१२ सालमा उनी शिक्षण पेसामा आवद्ध भए । उनले पोखरा र काठमाडौंका स्कुलहरुमा पढाए । उनी कुशल शिक्षक मात्र थिएनन्, न्यायका लागि पनि लड्थे । उदाहरणका लागि एक पटक उनी साँखुको पासीखेल स्कुलमा शिक्षक हुँदा प्रधानमन्त्री टङ्कप्रसाद आचार्य साँखु पुगेका थिए । त्यसैबखत उनले मौका छोपे र आचार्य र्फकने समयमा विद्यार्थीको जुलुसले बाटो छेक्तै नारा लगाउन लगाए ‘स्कुलको सुधार नगर्ने सरकार मर्ुदावाद !’ त्यसपछि आचार्य मोटरबाट ओर्लेर जुलुसका नाइके भैरव अर्याल समक्ष भने ‘म स्कुलको भौतिक निर्माण गरिदिन्छु’ । अनि त्यस स्कुलमा आचार्यले जे बोलेका थिए त्यो कुरा पुर्‍याई दिए ।

२०१४ सालमा दाताराम शर्माको सल्लाहमा अर्याल दैनिक हालखबरमा पुगेे । त्यसबेला उनी त्यस पत्रिकाको प्रुफरिडर थिए र उनको तलब मासिक एक सय रुपियाँ थियो । उनको योगदानको कदर स्वरूप उनी चाँडै त्यस पत्रिकाको उपसम्पादक बने । त्यसपछि उनी सगरमाथा सम्वाद समितिमा पुगे । त्यहाँ पनि प्रभावशाली भएपछि उनी गोर्खापत्र भित्रिए । अनि त्यसपछिका दिनहरूमा उनको परिचय पत्रकारितामा पनि विशिष्टकोटिमा नापिन थाल्यो ।

अर्याल विभिन्न नाउँमा आफ्ना रचना छपाउँथे तर उनको चिनाको नाउँचाहिँ तर्ीथनाथ थियो । होमनाथ अर्याल र खेचकुमारीका जेठा छोराका रुपमा उनको जन्म १९९३ साल असोज ५ गते ललितपुरको कोपुण्डोलमा भएको थियो ।

अर्याल बाल्यकालदेखि रोगी थिए । किशोरावस्थाको मध्यमा पुगेपछि उनलाई घाँटी दुख्ने रोग लाग्यो । साथै आशा चुरोटका पारखी भएकाले रोगमा थप रोग थपिनेक्रम उनीमा जारी थियो । उनले युवावस्थाको शिखर चुमेपछि रक्सी पनि खाए । सुरुमा यिनले बालमुकुन्ददेव पाण्डेको करबलमा रक्सी खाएका थिए ।

अर्यालले कृतिगत रूपमा कविता, निबन्ध, प्रबन्ध र समालोचना गरी जम्मा १० वटा किताब लेखे । उनका काव्य, निबन्ध प्रायः हास्यव्यङ्ग्यमा नै आधारित भए । उनी हास्यव्यङ्ग्य सृजनाका शिखर थिए । २०१८ सालमा उनका दर्ुइवटा कवितासङ्ग्रह छापिएपछि जगदम्बा प्रकाशनले ‘काउकुती’ छाप्ने निर्ण्र्ाागरेको थियो । उनका घनिष्ट मित्र रोचक घिमिरेका अनुसार, ‘जगदम्बा प्रकाशनलाई काउकुती स्तरहीन लागेछ र अर्याललाई थाहै नदिई प्रकाशकमा वासुदेव शर्माको नाउँ छापिएछ । यस व्यवहारबाट अर्याल मन दुःखएर रोए ।’ तर नेपाली साहित्यमा त्यही काउकुतीले प्रसिद्धि कमायो । अनि वासुदेव शर्मा लुइँटेलले पनि माइक लगाएर भने, ‘भैरवको काउकुती मलाई चिठ्ठा पर्‍यो । बाठो चार बल्डयाङ लडेपछि म लाटोको भूडीमा काउकुती लाग्यो ।’ त्यसपछि अर्यालले ‘जयभूँडी’ लेखेका थिए । साथै उनले २०२५ सालमा तीनवटा कृतिको सम्पादन पनि गरे । ‘छायाङ्कन’ नामक कवितासङ्ग्रह, साझा कथा र साझ निबन्ध । अर्यालले बाँचुन्जेल लेखिरहे ।

अर्याल स्वर्गीय भएपछि क्रमशः उनका नाउँमा सङ्घसंस्था खुल्न थाले । त्यही क्रममा रमेश विकल र रोचक घिमिरेको अग्रसरतामा काठमाडौँको जोरपाटीमा भैरव पुरस्कार गुठीको स्थापना भयो । अनि त्यही गुठीमार्फ त्यही ठाउँमा भैरव स्मृति पुस्तकालय, भैरव स्मृति भवन, भैरव स्मृति पार्कको पनि स्थापना भयो । गुठीकै अनुरोधमा नेपाल सरकारले उनको अनुहार अङ्कित पाँच रुपियाँको हुलाक टिकट पनि छाप्यो । अनि उनको सालिक जोरपाटी र हेटौँडामा स्थापना भए ।

नेपाली साहित्यका विभूति

नइ टेलिफोन कोश


नइको चिनारी