» नइ प्रकाशन गैरराजनीतिक साहित्यिक, सांस्कृतिक र सामाजिक संस्था हो ।

Home » बाँचेका मान्छे (जीवनीसङ्ग्रह) » भक्तकुमारी घले Bhakta K Ghale

भक्तकुमारी घले Bhakta K Ghale

२००७ सालका कुरा हो, केही समाजविरोधी तत्त्वले भक्तकुमारी घलेलाई समाते । त्यस बेला तिनीहरुले यिनलाई छुरा लगाएर चारपाटा मुडे । त्यसपछि यिनलाई यिनका शत्रुहरुले हरियो बाँसमा बाँधे । तर यी त्यहाँबाट उम्किन् । हरियो बाँसको भाटा लिएर यिनले आफ्ना सबै शत्रु खेदाइन् र छिन्नभिन्न पनि पारिन् ।

घले गाउँको परिवेशमा हुर्केकी जनताकी भरोसा थिइन् । यी अशक्त, गरिब र अनपढहरूकी पनि सहारा थिइन् । सिन्धुली जिल्लामा नै उनी एउटा जागरणकी प्रतिमर्ूर्ति थिइन् । मन, वचन र कर्मले जनसेवामा जुट्तैजाँदा यी क्रमशः सिन्धुलीकी सर्ेर्नीमा अनुवाद हुन थालिन् ।

२०१८ सालदेखि सिन्धुली जिल्लामा घले जनताका मायामा बाँचिन् । त्यसपछि उनले २०४६ सम्म त्यही ठाउँमा लगातार प्रधानपञ्च भई आफ्नो जीवन अर्पण गरिन् । २०३६ सालपछि आफू प्रधानपञ्च भएको अम्बोटे गाउँ पञ्चायतको उपप्रधानपञ्च लगायत सम्पर्ूण्ा वडाहरुमा नारीहरुमात्र जनप्रतिनिधिमा निर्वाचित भएका थिए । वास्तवमा त्यस बेला त्यो पनि यिनको एउटा चमत्कारी काम देखिएको थियो । अनि पछि त्यही गाउँ पञ्चायतमा उनले आफ्नी जेठी छोरी दर्ुगा घलेलाई प्रधानपञ्चमा जिताएर उनी चाहिं छिमेकी गाउँ अथवा हरर्साई गाउँ पञ्चायतको प्रधानपञ्चमा निर्वाचित भएकी थिइँन् । घलेकै बलबुता समेत जोडिएर उनकी माइली छोरी भद्रकुमारी घले सिन्धुली जिल्लाबाट निरन्तर पाँच पटकसम्म्म राष्ट्रिय पञ्चायत सदस्यमा निर्वाचित भएकी थिइन् । तिनै भद्रा घले नेपाल राष्ट्रकी राज्यमन्त्री पनि बनिन् । छोरी भद्रकुमारी मन्त्री भएका दिन आमा भक्तकुमारीका आँङैभरि घाम लागेको थियो ।

भक्तकुमारी घले सानैदेखि सामाजिक जागरणका फाँटमा बसिन् । उनले जनताको सक्तो सेवा गरिन् र आफ्नो जीवनभरी नैतिकता टल्काइन् । त्यसैले उनले जनकपुर अञ्चलमा सेवाको दियो सल्काइन् र झलमल पार्ने प्रयास गरिन् । उनले त्यस भेकमा थुप्रै उदाहरणीय काम गरिन् ।

घलेले लेख्न जानिन्, शुद्ध नाम मात्र र उनले पढ्न जानिन् शुद्ध वर्ण्र्ााला मात्र । तर यिनले थुप्रैलाई प्रेरणा थुपारिन् र विश्वविद्यालय स्तरसम्म पढ्ने नारीको प्रेरणाकी उनी प्रतिमर्ूर्ति बनिन् । उनले कसैसँग केही लिन कहिले पनि सेवा गरिनन् । अनि उनी जति गर्थिन्, निश्शुल्क गर्थिन् ।

घलेले शिक्षाक्षेत्रमा पनि खुबै योगदान दिइन् । उनले आफ्ना गाउँमा प्राथमिक विद्यालय खोलिन् । त्यस बखत उनका गाउँमा नै ३५ वटा प्रथमिक विद्यालय खोलएकिा थिए । विस्तारै उनले त्यहीं निम्न माध्यमिक विद्यालय पनि खोलिन् । यिनले जनकपुर अञ्चलमा क्रमशः माध्यमिक विद्यालयहरु पनि बनाउँदै गइन् । 

घले समाजसेवाकी एउटा नमुना थिइन्  । उनैले हुलाक सेवा नपुगेको आफ्नो जिल्लाका ठाउँठाउँमा हुलाकसेवा पनि खोलिन् । यिनकै अहोरात्रको खर्टाईले त्यस ठाउँमा स्वास्थ्यचौकी पनि खोलियो । उनकै सक्रियतामा त्यस ठाउँमा पन्ध्र शैयाको अस्पताल पनि बनेको थियो । त्यतिमात्र होइन, यिनले सिन्धुली जिल्लाको कैयन् ठाउँमा बाटो बनाइन् । उनले थुप्रै गोरेटो बाटोलाई मोटर बाटोमा रुपान्तरण गराइन् । यिनैले सदरमुकाम सिन्धुलीदेखि अम्बोटेसम्मको ४५ माइल मोटर बाटो समेत आफ्नै गाउँको कुटो कोदालेले पूरा गरेकी थइनि् ।

घलेले प्रत्यक्ष रूपले २९ वर्षजनताको सेवा गरिन् र अप्र्रत्यक्ष रूपले ७५ वर्षगरिन् । यिनको जन्म १९६७ साल असार ९ गते दोलखाको चङ्खु गाङ्गटा नाकादिङमा भएको थियो । यिनलाई जन्माउने बाबु नरबहादुर गुरुङ र आमा भजनकुमारी.थिए । नरबहादुर गुरुङ दोलखाको सात गाउँका मुखिया थिए । त्यस बेला त्यस सात गाउँमा एउटै पनि क्षेत्रीबाहुन थिएनन् । त्यस सात गाउँभरीमा एउटा घरचाहिं लुगा सिउने दमाइँको थियो ।

घलेलाई जनकपुरमा जालीफटाहाले पटकपटक रुवाएका थिए । अनि त्यतित्यति बेला यी चित्त दुखाउने गर्थिन् । यिनले बनाएका बाटा त्यहाँका जालीफटाहाले भत्काउने गर्थे, स्कूलमा आगो लगाउन प्रयास गर्थे र पुलहरु भत्काउन खोज्थे । यस्ता कुराको प्रसङ्ग कोटयाउँदा पछिसम्म पनि यिनका आँखाबाट कोसी बर्सन्थे । यी कैयौँ जालीझेलीले चुक्लीबाट पनि फुस्किन सफल भएकी थिइन् । उनी त्यस्ताहरुसँगै युद्धै गरेर पनि यी त्यही ठाउँमा नै बसिन । यी त्यस्ता उच्छृङ्खल तत्त्वबाट तर्सर्ेेकहिले भागिनन् ।

सामाजिक सेवा त्याग, तपस्या, मिहेनत र जिम्मेवारीभित्रको अङ्ग भन्ने घले आफ्नो धारणा अरूसामु राख्थिन् । समाजसेवामा लाग्ने मान्छे निस्स्वार्थी बन्नुपर्ने कुरामा यी जोड दिन्थिन् । समाजसेवीले सधैँ त्यागमा बाँच्नुपर्ने तथ्यमा यी पुनः जोड दिन्थिन् ।

समाजसेवाका पाटामा लम्कँदा घलेले घरको ढुकुटी खोलिन् । जनहितमा लाग्दा यिनले आफ्ना हातका नारिको सुन पनि झििकन् । अनि त्यतिले पनि नपुग्दा यिनले कान र नाक पनि बुच्चो राखिन् । यसै गरेर नै आफ्नै खर्चमा यिनले कैयौँ बाटा, पुल, पाठशाला बनाउन लगाइन् ।

घले स्वाभिमानी थिइन् । यिनले बाँचुन्जेल कसैको केही लिइनन् । सकेजति यिनले अरुलाई नै सबैथोक दिइन् । रगत, पसिनादेखि लिएर धनसम्पत्तिसम्म यिनले समाजसेवामा नै चढाइन् । यी आफ्नो जीवनमा शक्ति भइञ्जेल कहिल्यै हात बाँधेर बसिनन् ।

सात वर्षको उमेरमा भक्तकुमारीको बिहे आफ्नो मामाको छोरा कृष्णबहादुर घलेसँग भयो । यी २५ वर्षभएपछि यिनका जीवनसाथीले यिनलाई छाडिदिए । पतिको निधनपछि यिनको जीवनमा दुक्खले मात्रै वास गर्न थाल्यो । त्यही दुक्खकै भूमरीमा परेर पनि यी चारजना नाबालक छोराछोरी हर्ुकाउन अघि सरिन् । उनको एउटै छोरो थियो र उसले १८ वर्षा विवाह गर्‍यो अनि त्यसको ६ महिनामा उसलेे पनि पृथ्वी छाडयो । यिनले त्यसपछि झनसारो नरमाइलो जिन्दगी बिताउन थालिन् ।

घले धार्मिक आस्थामा बाँधिएकी थिइन् । उनी धर्मकर्ममा सारै विश्वास राख्थिन् । यसै सिलसिलामा यी मुक्तिनाथ पनि पुगिन् । धर्मकर्मकै फेरोमा बाँधिएर यी बराहक्षेत्र, रिडी, जनकपुरधाम, लुम्बिनी, देवघाट र गोसाइँकुण्ड गइन् । यसैगरी यी भारतको चारैधाम पनि पुगेकी थिइन् ।

 भक्तकुमारी घले २०६७ साल भदौ १६ गते काठमाडौंको डिल्लीबजारमा स्वर्गीय भइन् । त्यस बेला उनी १०१ वर्षपुगेकी थिइन् ।

नेपाली साहित्यका विभूति

नइ टेलिफोन कोश


नइको चिनारी