» नइ प्रकाशन नेपाल सरकारबाट आयकर छुट पाएको गैरराजनीतिक साहित्यिक, सांस्कृतिक र सामाजिक संस्था हो ।

Home » बाँचेका मान्छे (जीवनीसङ्ग्रह) » डिल्लीराम तिमसिना Dilli Ram Timsina

नइको चिनारी


डिल्लीराम तिमसिना Dilli Ram Timsina

डिल्लीराम तिमसिनाको जन्म १९८० साल पुस ११ गते ताप्लेजुडको याङरुपमा भएको थियो । तर पछि त्यो गाँउ पाँचथरको सुभाडमा गाभियो । उनी जनकलाल तिमसिना र भागीरथा तिमसिनाका काहिँला छोरा थिए ।

तिमसिनाले धुलौटे पाटीबाट कखराको आरम्भ गरेका थिए । उनी सानैदेखि स्वावलम्वि पनि थिए । अन्ततः उनी आफ्नोे बुताले नै भूमि टेक्तै हिंडे । उनल तेह«थुमको मुलपानी भाषा पाठशालामा पढिरहेकै बेला विहानबेलुका हातमुख जोर्ने समस्याले उनले पढाई पनि छोड्नु परेको थियो । अनि आफ्नो घर पुगेर उनी गोठालोमा रुपान्तर भए । तर पनि उनका वृहस्पति दाहिना थिए । अथवा भनौं नरपति पौडेलको हात समाएर उनले फेरि पढ्न थाले । त्यतिखेर उनले काठमाडौं आएर तीनधारा पाकशालामा निशुल्क खाने, बस्ने र पढ्ने मौका पाए । त्यसैताका ‘जयतु संस्कृतम्’को आन्दोलनमा लाग्दा राणाले यिनलाई पनि देश निकाला गरे । त्यतिबेला उनी काठमाडौंबाट हिंडेर दुई महिनामा पाल्पा हुँदै बनारस पुगे ।

वनारसमा तिमसिनाले पण्डित पद्मप्रसाद भट्टराईलाई गुरु थापेर थप अध्ययन गरे । २००५ सालतिर बनारसबाट आफ्नोे गाँउमा आएर उनले पुराण भने । उनले संस्कृत र नेपाली भाषामा पुराण भनेको सन्दर्भले त्यतिबेला त्यो गाउँ नै आश्चर्य चकित भएको थियो ।

तिमसिना दार्जीलिड पनि पुगे । त्यहाँ उनले काम गर्दै पढे । अनि उनी कोलकाता पुगे र त्यहाँ पनि उनले काम गर्दै पढे । उनले कलकता विश्वविद्यालयबाट बीए पास गरे । साथै त्रिभुवन विश्वविद्यालयबाट उनले नेपाली विषयमा एमए पास गरे । साथै उनले दर्शनाचार्य, काव्यतीर्थ, जर्मनभाषा, भाषाविज्ञानमा पनि डिप्लोमा र डिग्री लिए । उनले प्रायः सबै परीक्षा प्राइवेटबाटै दिए र सधैं प्रथम स्थान पनि हासिल गरे । उनले भाषाविज्ञानमा पीएचडी गरेका थिए ।

तिमसिनाले आफ्नो जीवनको प्रायः भाग पढेर र पढाएर विताए । उनले आफ्नै गाँउमा पनि पढाए र आसामको तेजपुरस्थित ग्रामीण स्कुलमा पनि पढाए । दार्जीलिडका हिन्दी हाईस्कूल र गभर्नमेन्ट हाईस्कुलमा पनि उनले पढाएर नाउँ कमाएका थिए । साथै उनले कासीको बनारस हिन्दू विश्वविद्यालयमा झन्नै तीन दशक पढाए । साथै त्यहाँ नेपाली शिक्षण समितिको स्थापनामा यिनको महत्वपूर्ण भूमिका थियो । त्यहाँ प्राध्यापकमध्ये उनको हैसियत पनि माथिल्लो कोटिको थियो । त्यहाँ उनी नेपाली विषयक विभागको प्रथम अध्यक्ष पनि बने । अनि उनकै नेतृत्वमा नेपालीभाषामा एमए र पिएचडीको पठनपाठन र परीक्षा दिने परिपाटी बस्यो । त्यहाँबाट अवकास भएपछि उनी मातृभूमि फर्के र विराटनगरको स्नातकोत्तर क्याम्पसमा पढाउन थाले । त्यतिञ्जेलमा उनले आफ्नोे व्यक्तित्वको सग्लो परिचय देशदेशान्तरमा पु¥याइसकेका थिए । त्यस कालखण्डमा साहित्यिक रूपमा उनको ख्याति पनि चम्किरहेको थियो ।

तिमसिना एघार भाषाका ज्ञाता थिए । उनी नेपाली, संस्कृत, अड्ग्रेजी, हिन्दी, जर्मनी, फ्रेञ्च, मैथिली, भोजपुरी, बाड्ला, लिम्बू, असमिया भाषामा स्पष्ट बोल्न सक्थे ।

विराटनगर बस्न थालेपछि पनि धेरैले तिमसिनालाई आदर, सम्मान र श्रद्धा गरे । उनी कुशल प्राध्यापक र वरिष्ठ साहित्यकार भएकाले वनारसमा उनको जति मानमनितो थियो त्यसैक्रमले विराटनगरलाई पनि पछ्याइरह्यो । वास्तवमा उनी नरम, सादा र उपकारी थिए । उनी व्यवहारमा ज्यादै सरल र सिद्धान्तमा कठोर थिए । उनी मिलनसारका नमुना थिए तर कहिलेकाहीं झडङ्गै रिसाउने पनि गर्थे ।

तिमसिना समाजसेवी पनि थिए । उनको यो कला भारतको आसामबाट नै सुरु भएको थियो । उनले आसाममा खासगरेर नेपालीभाषाका लागि तन, मन र धन खेपेर सेवा गरेका थिए । त्यहींको पोथोमारी मुकुलीमा उनले जनप्रिय पुस्तकालयको स्थापना गरे । पछि आफ्ना गाँउमा पसेर पनि उनले सिहेश्वरी प्राथमिक विद्यालय खोले । अनि उनले त्यही ठाँउमा प्रेमजनक पुस्तकालय पनि बनाएका थिए । उनी शिक्षा, स्वास्थ्यसेवा, पुल, बाटोघाटो निर्माणका काममा अघि सर्न रुचाउथे ।

तिमसिना नेपालीभाषा साहित्यबारेका जुनसुकै काममा पनि आफ्नो बूढी औंठा थिचिदिन्थे । त्यसैमा समर्पित हुँदै जाँदा उनी दार्जीलिडको नेपाली साहित्य सम्मेलनको सदस्य भए । त्यसैताका उनी त्यहाँ संस्कृत प्रचारसभाका मन्त्री पदमा चुनिएका थिए । भारत नयाँदिल्लीको साहित्य अकादेमीका पनि उनी सल्लाहकार बोर्डमा मनोनीत भए । उनी साहित्य विषयक नेपाल भारतका धेरै सङ्घ संस्थामा आबद्ध थिए । साथै उनी नेपाल तथा भारतका विभिन्न विश्वविद्यालयका अनुदान आयोग र प्राज्ञिक सदस्यमा थिए ।

तिमसिना नेपालीभाषा साहित्यका रथी थिए । २००२ सालमा यिनको पहिलो लेख गोर्खापत्रमा छापिएको थियो । त्यसैताका उनी संस्कृत श्लोकहरु नेपालीभाषामा अनुवाद गर्थे । उनका विभिन्न लेखरचनाहरु नेपाल तथा भारतका विभिन्न पत्रपत्रिकाहरुमा छापिएका थिए । तापनि २०१७ सालमा मात्र ‘सम्झना’ नाउँको कवितासड्ग्रह प्रकाशन गरेर उनले साहित्यमा स्तरीय सरोकार राखे । उनका कथा, निबन्धप्रबन्ध, दर्शन र अनुवाद गरेर बीसवटा किताब प्रकाशनमा आए । अनि उनका केही कृति अप्रकाशित रुपमा पनि रहे । संख्यात्मकभन्दा गुणात्मकताको लेखनलाई उनले अँगालेका थिए । त्यसैले पनि उनले नेपाली साहित्यमा आफ्नोे बेग्लै वर्चस्व स्थापित गरे ।

तिमसिनाको बिहे १९ वर्षको उमेरमा ताप्लेजुड याडरुपका इन्दमणि अधिकारी र मनमाया अधिकारीकी छोरी दुर्गादेवीसँग भएको थियो । घरमा दुलही भित्र्याए लगत्तै उनी दार्जीलिड पुगेका थिए । तर उनी छुट्टिको मौकामा तुरुन्तै घर आउँथे । यी दम्पत्तिबाट दुई छोरा र एक छोरी जन्मे । उनकी छोरी शोभा र कान्छा छोरा डा. रुद्रराज तिमसिना असमय मै दिवंगत भए । उनका जेठा छोरा सुमन तिमसिनाले भारतको जवहरलाल नेहरु विश्वविद्यालय र संयुक्त राज्य अमेरिको पेसिलवानियामा उच्च शिक्षा ग्रहण गरे । उनी अमेरिका पुगेपछि उतै बसोवास गर्न थाले ।

डा.डिल्लीराम तिमसिना प्रायः भारत मै बसे । किनभने उनी पढ्नमा नै उत्साहित थिए । धेरै पढेर शिक्षासेवा गर्ने अनि जीवनको उत्तरार्धमा नेपालमा घर बनाउने उनको सपना थियो । साथै आफ्नै घरमा नीजि पुस्तकालय खोल्ने उनले प्रतीज्ञा गरेका थिए । अनि त्यहीं बसेर अध्ययन र अन्वेषणमा जीवन समर्पण गर्ने उनले निधो गरेका थिए । त्यसैले उनले विराटनगरको पाञ्चालीमा भव्य घर बनाए । त्यस घरमा उनले एउटा आकर्षक पुस्तकालय कक्ष पनि बनाए । अनि काठमाडौं, बनारस, कोलकाता र दार्जीलिडमा जीवनभर सङ्कलन गरेका बोराका बोरा किताब उनले विराटनगर ल्याएका थिए । त्यतिञ्जेल उनले झन्नै चारपाँच हजार किताब सड्ग्रह गरिसकेका थिए । अझै भव्य पुस्तकालय स्थापनार्थ उनले आफ्ना घरमा किताबै मात्र थुपारिरहे । तर उनले ती किताबहरू पुस्तकालयको र्याकमा राख्न भ्याएनन् । त्यसैवीच उनको कलेजोमा क्यान्सरले आक्रमण गर्यो । त्यसै रोगले उनी २०४९ साल असोज ९ गते काठमाडौंको वीर अस्पतालमा स्वर्गीय भए ।

नेपाली साहित्यका विभूति

नइ अभिलेख


नइ टेलिफोन कोश