» नइ प्रकाशन नेपाल सरकारबाट आयकर छुट पाएको गैरराजनीतिक साहित्यिक, सांस्कृतिक र सामाजिक संस्था हो ।

Home » बाँचेका मान्छे (जीवनीसङ्ग्रह) » घटराज भट्टराई – Ghat Raj Bhattarai

नइको चिनारी


घटराज भट्टराई – Ghat Raj Bhattarai

घटराज भट्टराई ओखलढुङ्गाको सेर्नामा १९९९ साल मङ्सिर १० गते जन्मे । जयप्रसाद भट्टराई र बालकुमारी भट्टराईबाट जेठा छोराका रूपमा उनको जन्म भएको हो ।

घटराज भट्टराईका बाबुबाजेले ओडारबाटै आफ्नो जिन्दगानी परिचालित गरे । क्रमशः उनीहरू ओडारबाट घरगृहस्थीमा अनुवाद हुन थाले । वास्तवमा उनीहरूको ओडारे जीवनमा चितुवा, बाघ र भालुको थुप्रै डर थियो । त्यति मात्र होइन त्यस बेला खोलो, पहिरो र आँधीहुरीले पनि उनीहरूलाई सताउने. गथ्र्यो । तर उनीहरूको निष्ठा, त्याग र परिश्रमले गर्दा उनीहरू औँसीको. रातको जीवनबाट सुस्तरी भुल्केघाममा परिणत हुन थाले ।

घटराज भट्टराईका बुबा केहीनकेही गरिरहूँ भन्ने धारणाका थिए । उनी पण्डित र कवि पनि थिए । पं.जयप्रसाद भट्टर्राईको प्रथम विवाह आयोध्याकुमारीसँग भएको थियो । अयोध्याकुमारीसँगको दाम्पत्य जीवन असफल भएपछि उनले बालकुमारीसँग विवाह गरेका थिए । यिनै जयबालबाट तीन भाइछोरा घटराज, प्रयागराज र केशवराज तथा छ बहिनी छोरी विन्दा, बदम, गोमा, मह, खड्ग र देवकी जन्मेका थिए ।

घटराज भट्टराईले पाँच वर्षो उमेरमा क,ख,ग पढ्न थालेका थिए । यिनलाई यिनकै बुबाबाट अक्षरारम्भ गराइएको थियो । शैक्षिक अध्ययनका अतिरिक्त तेह्र वर्षो उमेरसम्म यिनले डोको बुने, घुम बुने, चित्रा बुने, टाट्नो. बनाए, नाम्लो बाटे, डोरी बाटे । त्यति मात्र होइन त्यस बेलासम्ममा यिनले. गाईभैँसी चराए, दाउरा खोजे, घाँस काटे, बाउसे गरे, गाई दोए र गोठ बसे । त्यसै बेला यिनले आफ्ना गाउँमा जजमानी पनि गरे ।

घटराज भट्टराईको व्यावहारिक जीवनलाई एउटा गतिलो साथ कायम गर्न यिनका बुबाआमाले यिनको विवाह गर्ने निर्णय गरे । परिणामस्वरूप तेह्र वर्षीय घटराज भट्टराईको नौ वर्षीय प्रभा निरौलासँग लगनगाँठो कस्सियो । त्यसपछि यी झन्. पढ्न जाँगरिला भए । त्यसै बेला यिनले एकातिर स्कुले शिक्षमा आफूलाई सरिक गराए भने अर्कातिर जजमानी पनि गरे । अनि त्यही छेकामा उनले’अमरकोश’ लगायत पुराणका ठूलाठूला ग्रन्थहरू पनि वाचन गरे ।

झन्डै सत्र वर्षो हुँदा घटराज भट्टराई काठमाडौँ आए । काठमाडौँ आएर यिनले. अर्काको भात पकाए, भाँडा माझे, लुगा धोए र टयुसन पढाए । अनेक दुक्ख, कष्ट र पीडा खेपेर उनी यही शहरमा स्थापित भए । यी आफ्ना खुट्टामा आफै टेक्तै आफ्ना यात्रामा सफल हुँदै पनि गए । त्यही परिणामले गर्दा संस्कृत प्रधान पाठशालाबाट यी कुशल विद्यार्थीमा घोषित भए । बनारस संस्कृत विश्वविद्यालय केन्द्रबाट यिनले पूर्वमध्यमा पनि गरे । यी शास्त्री भएपछि जागिरमा लागे र स्थानीय विकास अधिकृत भई रामेछाप र ओखलढुङ्गामा कार्यरत हुन थाले ।

जागिरे जीवनको प्रारम्भमा नै घटराज भट्टराईका दुईवटा कवितासङ्ग्रह छापिए- ‘कविता-कुसुम’ र ‘आजकी सित’ । त्यसै बेलादेखि यिनका लेखरचनाहरू ‘गोरखापत्र’मा छापिन थाले । जागिर खाँदाखाँदै, कविता र निबन्ध लेख्तालेख्तै यिनले २०२५ सालमा त्रिभुवन विश्वविद्यालयको प्राइभेट परीक्षामा सम्मिलित भई नेपाली एम्.ए. समुत्तीर्ण गरे । त्यसपछि जागिर सरुवा गर्राई ओखलढुङ्गाबाट उनी पुनः काठमाडौँमा नै आए ।

काठमाडौँमा आएर घटराज भट्टराई झन् मिहिनेतमा डुब्न थाले । त्यसपछि यिनले फुटकर लेखरचना पनि प्रशस्तै लेख्न थाले ।

घटराज भट्टराई २०३१ सालदेखि त्रिभुवन विश्वविद्यालयअर्न्तर्गतका क्याम्पसहरूमा प्राध्यापनमा लागे । साथै उनी पशुपति क्याम्पसका प्रमुख पनि भए ।

घटराज भट्टर्राई नरम व्यवहार, सार्थक सोचाइ र उत्कृष्ट परिश्रममा बाँधिएका भट्टराई नेपाली समाजमा एउटा उपकारी व्यक्तित्वका रूपमा स्थापित भए । कसैकोर् इष्र्या, डाहा र रीस गर्न भनेपछि उनका लागि मृत्युतुल्य हुन्थ्यो । त्यसैले. उनले परोपकारका दृष्टिकोणले थुप्रै लेखरचना र ग्रन्थहरूको सृजना गरे र उनी थुप्रै प्राज्ञिक तथा साहित्यिक संघसंस्थाहरूको निर्माणमा अग्रसर भए । उनी विभिन्न साहित्यिक र प्राज्ञिक संस्थाहरूमा क्रियाशील हुँदै गए । उनी नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानका पनि सदस्यमा मनोनीत भए । करिब साडे दर्ुइ दर्जन संस्थामा उनी संस्थापक सदस्य र संस्थापक सचिवका रूपमा कार्यरत भए । उनी कविशिरोमणि लेखनाथ पौड्याल, नाट्यसम्राट् बालकृष्ण सम र महाकवि लक्ष्मीप्रसाद देवकोटाका सम्मानमा स्थापित त्रिमूर्ति निकेतनका संस्थापक अध्यक्ष पनि भए । उनकै नेतृत्वमा काठमाडौंको सञ्चारग्राममा त्रिमूर्तिको पूर्ण कदको सालिक बन्यो । उनको जीवनको सम्पूर्ण साहित्यिक लेखा जोखा गर्दै उनलाई सबैले आधुनिक युगका मोतीराम भट्ट पनि भने । वास्तवमा उनले पनि मोतीरामलाई विर्स्याउने काम नै गरे ।

घटराज भट्टराईबाट सम्पन्न भएका सृजनात्मक र सङ्गठनात्मक कार्यहरू अत्यन्तै उपयोगी, परिमार्जित र स्तरीय थिए । सरकारले करोडौँ लगानी लगाएर स्थापना गरेका साहित्यिक र प्राज्ञिक संस्थाहरूले पनि गर्न नसकेका कृत्यहरू घटराज भट्टर्राईको एक्लो प्रयासबाट हुन्यो ।

भट्टराई समालोचक, काव्यात्मक र निबन्धात्मक व्यक्तित्वका अतिरिक्त समीक्षात्मक र अनुसन्धानात्मक व्यक्तित्वमा पनि त्यत्तिकै सुपरिचित भए । जीवनी लेखनमा पनि उनको नाउँ अग्रपङ्क्तिमा आयो । उनले ‘महाकवि देवकोटाका आनीबानी’ लगायत महत्त्वपूर्ण ग्रन्थहरूको सम्पादन गरेका छन् । नेपाली लेखककोश समेत उनका झन्नै पचासवटा किताव प्रकाशनमा आए ।

नेपाली भाषासाहित्यमा घटराज भट्टराईको लगानीले ठूलो रिक्तताको पर्ूर्ति भएको मानिन्छ । नेपाली साहित्यमा एउटा पुस्तक लेख्नेदेखि नेपाली साहित्यका वरिष्ठ व्यक्तित्वहरूसम्मको चिना बनाएर उनीहरूको गाथाको वर्ण्र्ाागर्ने उनी एउटा सिङ्गो संस्था थिए । विनाभेदभाव उनी सबै साहित्यकारको. बराबरी लेखाजोखा राख्ने गर्थे । त्यति मात्र होइन उनी नेपाली भाषासाहित्यमा एउटा आधिकारिक व्यक्तित्व मानिन्थे ।
घटराज र प्रभा भट्टराईका सन्तान साधना, कल्पना, रमा र अर्चना जन्मे । साथै उनीहरूले दिनेश र राजेश पनि जन्माए । यी दुबैभाइ मेडिकल डाक्टर बने र बैबाहिक जीवनमा बाँधिए । छोरीहरूले पनि रहरलाग्दो घरगृहस्थी समाए ।

भट्टराई नेपाली भाषासाहित्यमा समर्पित भएर नै थला परे । उनलाई उपचार्रार्थ थुप्रै चिकित्सककोमा पुर्‍याइयो । अन्ततः उनलाई सुप्रसिद्ध नसा विशेषज्ञ डा. वसन्त पन्तले परीक्षण गरे । अनि डा. पन्तले भट्टर्राईका मस्तिष्कामा चारौं ग्रेडको क्यान्सर भएको बेहोराको निक्र्यौल निकाले । अन्ततः रोग निको भएन र उनी २०६३ साल साउन २२ गते स्वर्गीय भए ।

घटराज भट्टराई नेपाली साहित्यभूमिमा एउटा अमूल्य निधि थिए । उनीबाट प्राप्त सेवा कृतज्ञताका साथ यस माटोमा सदैव परिचालित भइरहनेछ । उनको राष्ट्रप्रतिको यो गहन लगानी यसै राष्ट्रमा सदार्सवदा सुरक्षित भइरहनेछ ।

नेपाली साहित्यका विभूति

नइ अभिलेख


नइ टेलिफोन कोश