» नइ प्रकाशन नेपाल सरकारबाट आयकर छुट पाएको गैरराजनीतिक साहित्यिक, सांस्कृतिक र सामाजिक संस्था हो ।

Home » बाँचेका मान्छे (जीवनीसङ्ग्रह) » गणेशप्रसाद शर्मा Ganesh Prasad Sharma

नइको चिनारी


गणेशप्रसाद शर्मा Ganesh Prasad Sharma

नेपालको पूर्वाञ्चलको मधेश, पहाड र गाउँ, बजारमा चिनिएको नाउँ हो, गणेशप्रसाद शर्मा। पूर्वाञ्चलको पनि खासगरी मोरङ जिल्लामा एउटा प्रतापी पुरुष थिए गणेशप्रसाद शर्मा। अनि विराटनगरभरिमा शिक्षा, साहित्य र समाजसेवाका पहरेदार थिए गणेशप्रसाद शर्मा।उनलाई त्यस भेकमा प्रायः सबैले गणेश गुरु भन्थे।

गणेश गुरुले पूर्वाञ्चलीय साहित्यको संस्थागत विकासका लागि पनि आफ्नो बुद्धि, विवेक र समय र्समर्पण गरेका थिए। वास्तवमा पूर्वाञ्चल साहित्य प्रतिष्ठानका संरक्षकभएर यिनले त्यस प्रतिष्ठानलाई मलजल गराएका थिए। साथै प्रतिभा पुरस्कार प्रतिष्ठानकापनि यी संरक्षक थिए। त्यसबेला यिनले ती दुइ संस्थालाई खुट्टा टेकाउन हरेक जुक्तिख्याए। साहित्यकारहरुको सहयोगका लागि पनि यी सदा तत्पर हुन्थे । यिले साहित्यकारलाईस्थिति हेरेर यी आफ्नो छाती खोल्ने गर्थे ।

गणेश गुरु आफैं पनि लेख्ने गर्थे । समसामयिक विषयमा यिनले लेखेकालेखरचनाहरु पनि प्रकाशित भइरहन्थे । त्यसैगरी यी केही साहित्यिक पत्रिकाहरुकोसंरक्षक बने, सल्लाहकार पनि भए । यिनले केही सामाजिक र धार्मिक सङ्गठनहरुमा आफूलाईक्रियाशील बनाए। गणेश गुरु ज्यादै हिम्मती थिए । यी जाँगर, परिश्रम र मेहनतको फलमीठो हुन्छ भन्थे । अनि त्यही अनुसार यी घोटिन्थे । उनी उदारताका एउटा साक्षात्नमूमा थिए । त्यागमा यी रमाउँथे साथै उनी इमानका शब्दकोश नै थिए।

गणेश गुरुलेआफ्नो शिक्षाको यात्रा आफ्नै गाउँ धनकुटाको गोकुण्डेश्वर हाइस्कूलबाट थाले। त्यसपछियी काठमाडौंको दरबार स्कूलमा पनि भर्ना भए । केही समयपछि यी दार्जीलिङपुगे । त्यहाँयिनले म्याट्रिक पढिन्जेल त्यहींका वासिन्दाका घरघरमा गएर पूजा लगाए, ब्रतबन्ध गरे, श्राद्ध गरे, स्वस्थानी पाठ गरे, चण्डी पढे, रुद्री लाए, पुराण लाए र होम गरे ।त्यसबेला आफ्नै खुट्टामा उभिन यिनले धेरै संघर्ष गरे।

गणेश गुरु धनकुटाका नेत्रप्रसाद नेपाल र यज्ञमाया नेपालका माहिला छोरा थिए । यी१९९० वैशाख ८ गते जन्मेका थिए। यिनका बुवा पनि पण्डित थिए । ज्योतिष विद्या यिनलेआफ्नै बुवाबाट सिकेका थिए । त्यसैले यिनले स्कूल पढेदेखि नै ज्योतिषी विद्याको पनिसदुपयोग गर्दै गए। दार्जीलिङमा आई.ए., बी.ए. र बी.टी पढिन्जेल यिनले जन्मकुण्डलीबनाउन र ज्योतिषी हेर्न अधिकांश समय प्रदान गरेका थिए । त्यहाँ उनी दारीवाला वाजेभनेर चिनिए ।

दारीवाला बाजे दार्जीलिङमा १९ वर्षति बसेर कोलकातातिर हानिए ।कोलकातामा बसेर पनि यिनले पुरोत्याईं नै गरे । त्यहाँ यिनले एम्.ए. र एलएलबी पढे। २०१९ सालको कुरा हो । त्यबेला यिनका जेठान अर्थात् पूर्वमन्त्री राधाप्रसाद घिमिरेमोरङ कलेज स्थापना सर्न्दर्भमा कोलकाता पुगेका थिए । घिमिरेले अनेक टुक्का कथेरयिनलाई स्वदेश फर्काए । यसैक्रममा यी सरस्वती हाईस्कूलका शिक्षक र मोरङ कलेजकोप्राध्यापनमा सरिक भए।

गणेश गुरुले कलेजमा इतिहास पढाउन थाले । त्यस भेकमा चाँडै नै गणेश गुरु, दारीवाला सर र हिस्ट्रीसरको उपनामले विख्यात भए । यी इतिहासका प्रमुख ज्ञातामानिन्थे । त्यहाँ यिनले इतिहास जे बोल्थे त्यसैलाई पक्का मानिन्थ्यो, खास गरेरनेपालको इतिहास जान्नेमा गणेश गुरु जङ्गबहादुर नै थिए। विराटनगरको यिनको जीवन पनित्याग, समर्पण र मिहेनतमा आधारित थियो । त्यसबेलाको यिनका दिनचर्याबाट यिनलाईनिच्नेहरु आर्श्चर्य मान्थे । यी काम गरेर कहित्यै थाक्तैन थिए । कसैको हप्की, दप्की र धम्की यिनका लागि महत्वहीन हुन्थ्यो । यी बलियो आँट भएका नेपाली हर्कुलस थिए।

गणेश गुरु विद्यार्थीका लागि बाबु समान थिए । कैयौं विद्यार्थीलाई यिनलेनिःशुल्क कोच पनि गरे । तिनीहरु अनुशासित, आज्ञाकारी र परिश्रमी पनि हुन्थे । गणेशगुरु अनुशासित विद्यार्थीप्रति आहृलादित हुने गर्थे । स्कूलमा भएका अनुशासनहिनविद्यार्थीलाई शारीरिक दण्ड दिएर पनि यिनले अनुशासित बनाउँथे । त्यसताकाकोपूर्वाञ्चलमा राम्रो पढाउने गणेशगुरु नै थिए र विद्यार्थीका सपना, विपना र वर्तमानपनि गणेश गुरु नै थिए । त्यसैले यिनलाई सडकमा देख्ता पनि यिनका विद्यार्थी झुरुम्मैहुन्थे, कलेजमा पनि यिनका सामुन्ने विद्यार्थीको ओइरो लाग्थ्यो र पानपसलमा भेट्तापनि यिनका विद्यार्थीहरु वरिपर झुम्मिने गर्थे । अनि अनुशासनहिन विद्यार्थीको चाहींयिनको छायाँले पनि सातो जान्थ्यो ।

२०३० सालको कुरा हो । त्यसताका नयाँ शिक्षा योजनाले धेरै प्राध्यापकको योग्यता, इच्छा र योजनामा पासो लगाएको पनि थियो । त्यतिखेरै गणेश गुरुको निर्भीक र लोकोपकारीव्यक्तित्वलाई तहसनहस पार्ने षड्यन्त्र समेत रचिएको थियो । त्यसैकारणले उनलाईविराटनगरबाट भक्तपुरमा सरुवा गरियो । अनि यिनले त्यसैबेला त्रिभुवन विश्वविद्यालयकोप्राध्यापन पेशालाई तिलाञ्जली दिए। क्याम्पसको सेवाबाट मुक्ति भएपछि यिनले दुइथोकमा हात हाले, अनि यिनका ती विषयसूची थिए वकालत र जग्गा जमीनको खरीद बिक्री । यीदुवै कुरामा गणेश गुरुले सफलता बटुले । यी चाँडै उत्कृष्ट कानून व्यवसायीमा पनिप्रसिद्ध भए । यिनलाई वकालत पेशामा लाग्न अभिप्रेरित गर्ने व्यक्ति सर्वोच्चअदालतका न्यायाधीश मोहन सिटौला थिए ।

गणेश गुरुलाई क्रमशः वकालत पेशा रुचिकर भएन । एउटा वकिलको धर्म निर्वाह गरेरहासिल गरेको आफ्नो सफलताले अर्को पराजित निरपराध व्यक्तिले पनि सजायको भागिदार हुनेघटनाले यो पेशाप्रति यिनलाई वितृष्णा भयो । त्यसैले मूल पेशाको रुपमा वकालतलाईयिनले स्वीकार गरेनन् । त्यसपछि आफ्नो जीवन यापनका लागि यिनले जग्गाजमीन खरिदबिक्रीको कामलाई नै प्रमुख व्यवसाय बनाए । जग्गाजमिनको खरीद बिक्रीबाटै यिनी धनाढ्यपनि भए । यिनले जग्गाजमीन खरीद बिक्री गरेको बेला प्राध्यापक, वकिल र साहित्यकारलाईपनि आर्थिक समृद्धितिर धकेले, कसैलाई उधारो जग्गा मिलाई दिए, कसैलाई घर बनाउननिर्व्याजी रकम मिलाई दिए र कसैलाई निःशुल्क जग्गा पनि प्रदान गरे । विराटनगरमाघडेरी बिक्री वितरणको खास चलन पनि यिनैले चलाएका हुन् । यी अर्कालाई सारै विश्वासगर्थे । कसैलाई केही दिंदा मौखिक दिन्थे र कसैसँग त्यही कुरा लिंदा कागज गरेर मात्रलिन्थे। त्यसैले धेरैले यीबाट कमाउनु कमाए । यी दिवङ्गत भएपछि धेरैले आफ्नो इमान, जमानलाई विर्सिदिए।

गणेश गुरुले वृक्षारोपणको सिद्धान्त पनि अध्ययन गरेका थिए । जहाँजहाँ वृक्षारोपणगर्नु छ हिसाब मिलाएर नै गर्थे । खोलाका छेउछाउमा वृक्षारोपण गर्न यी सधैं उत्साहितहुन्थे । ठाउँठाउँम जग्गा किनेर यिनले सिसौ रोपे । यस्तो कार्यमा यिनले धेरैव्यक्तिहरुलाई पनि सरिक गराउने गर्थे ।

गणेश गुरु अति संवेदनशील पनि थिए । उनी सधैं सबैको जय चिताउँथे । यी साना, ठूलासबैलाई नमस्कार गर्दै हिंड्थे । ठट्टा रमाइलो गर्न पनि यिनलाई कसैले भेट्तैनथ्यो ।यिनको सबैभन्दा ठूलो गुणचाहिँ यी आफ्ना वचनका कुवेर थिए । वचनका पक्कामात्र होइनव्यवहारमा यी दानवीर कर्ण पनि थिए ।

गणेश गुरु प्रायः आफ्ना घरमा पाहुना बोलाइरहन्थे । सबैलाई बाँडर खाँदामात्र यीरमाउथे । एकान्तमा बसेर एक्लै खाएको अमृतलाई पनि यी विष मान्थे। आफ्ना घरमा आएकागरीव, धनी जोसुकैलाई पनि नखुवाई यी विदा दिदैन थिए । यिनकी धर्मपत्नी दुर्गादेवीनेपाल पनि पाहुनापासा रिझाउन निपुर्ण थिइन् ।

समाजका लागि केही दिंदादिंदै गणेश गुरुले २०४६ को जेठ १९ गते आफ्नो इहलीला त्यागगरे। त्यसदिन विराटनगरमा कालो बादल छाएको थियो। त्यो क्षण यिनका विद्यार्थी, आफन्तर स्थानीय जनताहरुका लागि चिरस्मरणीय दुःखद् घटनाको दिन थियो ।

नेपाली साहित्यका विभूति

नइ अभिलेख


नइ टेलिफोन कोश