» नइ प्रकाशन गैरराजनीतिक साहित्यिक, सांस्कृतिक र सामाजिक संस्था हो ।

Home » Nepali Women Writers » लेखकीय : सृजनाका नारीचुली

लेखकीय : सृजनाका नारीचुली

शास्त्रीय परम्परामा आड लागेर भन्ने हो भने नारी जननी हुन्, जननी भनेकी आमा हुन्, आमा भनेकी देवी हुन्, देवी भनेकीे सृष्टिकर्ता हुन् । तिनै सृष्टिकर्ताको सुन्दर सृजनामा नै आजको मानवबस्ती बसेको हो । हाम्रो वैदिक कालखण्डमा नारीजातिको महत्तालाई यसैअनुरूप प्रतिष्ठापन गरिएको पनि पाइन्छ । तर आधुनिक चलनचल्तीमा नारीलाई देवीको स्थानमा पुर्‍याएर कुरा गर्ने हो भने लाजमर्दो विषय हुन जान्छ । त्यतिमात्र होइन नारीलाई पुरुषका समकक्षमा नाप्ने प्रचलन नै हराउँदै, बिलाउँदै र छोप्पिँदैै गएको छ ।

प्राचीन ऐतिहासिक दस्ताबेजलाई आधार मानेर हर्ेदा मातृसत्ताको विकृतिबाट हैरानी खेपेका पुरुषवर्गले पितृसत्ताको सूत्रपात गरेको देखिन्छ । पितृसत्तात्मक सोचको तत्कालीन अनुदारताको प्रभाव नै अहिलेसम्म पनि नारीजातिले भोग्नुपरेको छ र समाजमा असमानताको परिपञ्च कायमै छ । पुरुषबाटै निर्माण भएका अनेक नियम, कानुन र रीतिरिवाजका कारणबाट नारीलाई पुरुषको हैसियतभन्दा तलै राखिँदै आएको पाइन्छ । त्यति मात्र होइन; नारीलाई हरेक प्रकारका सामाजिक बन्देज लगाएर उनीहरूको बुद्धि, क्षमता र प्रगतिमा बिर्को लगाउने क्रमले अझै पछ्याउन छाडेको छैन । नारीपुरुषको सामाजिक असमानताकै कारणले आजको विश्व भनेजस्तै साङ्ग र सम्पर्ूण्ा पनि हुन सकेको देखिँदैन ।

आजको विश्वको परिवेशमा नारी भन्नु खालि बिहे गरेर पुरुषगृहमा प्रवेश गर्ने जात वा घरमै केन्द्रित वस्तुझैँ ठहरिँदै आएको देखिन्छ । चाहे अत्यन्तै विकसित र अति प्रजातान्त्रिक मुलुकमा होस्, चाहे साम्यवादी मुलुकमा होस्; नारीका नाउँमा ऐन, कानुन र संविधानमा जस्तोसुकै हीराका अक्षर जडिए तापनि व्यवहारमा नारीको जात भन्नु हारेको कर्मका अतिरिक्त पुरुषको सम्पत्ति, सजावट वा गहनामा मात्र सीमित भएको पाइन्छ । यस्तो परिस्थितिसँग जुधेर पनि केही नारीहरूले अन्धविश्वासका बलिया तगारा, अग्ला बार र चट्टाने पर्खाल भत्काएका स्तुत्य उदाहरणहरू हाम्रै समाजमा प्रशस्त देखापरेका छन् । आज हामीे तिनै नारीलाई वीराङ्गनाको पगरीले सहर्षस्तुति पनि गर्ने गर्र्छौं ।

संसारकै कानुनका आँखा हुँदैनन् । जबसम्म नारीहरू आपैFm आफ्नो हक लिनका लागि जागृत हँुदैनन् त्यस अवस्थामा आधुनिक सभ्यता पनि नारीहरूका लागि अन्धकारयुगकै प्रतिविम्ब हुन जान्छ । यसै पर्रि्रेक्ष्यमा हरेक क्षेत्रमा नारीले आफ्नै मनका जोस, जाँगर र उत्साह बोकेर आआफ्नो हैसियत कायम गरेका कैयौँ उदाहरणहरू पनि पाइन्छन् । तर पनि हाम्रो सामाजिक संरचना नारीहरूका लागि अझै त्यति उदार बनिसकेको छैन । अझै स्पष्ट रूपमा भन्ने हो भने नारीले समानताको हकको कुरा गर्नु भनेको बालुवामा बिरुवा रोप्नुजस्तो मात्र भएको देखिन्छ ।
ड्ड
खास गरेर पुरुषवर्गबाट नारीहितका निम्ति औपचारिक काम भएका छैनन् । पुरुषबाट महिला समानताका नाराहरू जति ठूलठूला स्वरमा घन्काइएका हुन्छन् उनीहरूबाटै नारीहरूलाई त्यति नै पछौटे बनाउन खोजिएको पनि पाइन्छ । अन्तर्रर्ााट्रय जगत्मा पनि उदारता देखाउनका लागि नारीस्वतन्त्रता, नारीजागरण र नारीउत्थानका जेजति बोक्रे नाराबाजी भए तापनि तिनलाई कार्यान्वयन गरिएको पाइँदैन । वास्तवमा ती होहल्लाभित्रभित्रै पनि नारीमुक्तिका नाउँमा नारीलाई यातना र पीडा दिने प्रपञ्च भएका देखिएका छन् । त्यसमाथि पनि यस सर्न्दर्भले नेपाली भूमिलाई अझ बेस्सरी रङ्गाएको पाइन्छ ।
नारीप्रति समाजको कठोर बन्देज हुँदाहुँदै पनि नारीहरू आफ्ना यात्रामा चम्केका पनि छन् । आजको युगमा पुरुषवर्गबाट समाजसामु नारीलाई सम्मान नगरिएको पनि देखिँदैन । तर पुरुषको नारीप्रतिको ओठे प्यारभन्दा मन, मुटु र हृदयबाट सच्चा प्रेम हुन सक्यो भने मात्र समाजका लागि त्यो विषय उपलब्धिपर्ूण्ा बन्न सक्छ । आजको पुरुषप्रधान भूगोलमा नारीलाई प्रेमपर्ूवक औपचारिक रूपमा अघि सारिएको इतिहास बिरलै भेटिन्छ । त्यसैले आजसम्म नारीजातिले जेजति प्रगति गरेका छन् त्यो स्वयंमा नै स्तुत्य छ भन्नर्ुपर्छ । साँचो अर्थमा भन्ने हो भने नारीलाई पुरुषले एकातिर प्रेमको नाटक रचेर पासो लगाउन छाडेको छैन भने अर्कातिर नारीले नारीकै खुट्टा तानेका उदाहरणहरू पनि छ्याप्छ्याप्ती देखिएका छन् । नारीको नारीप्रतिको सहिष्णुता, उदारता र उत्प्रेरणाको अभाव पनि नारीप्रगतिकै वाधक भएको देखिन्छ । विकासका पथमा लाग्ने नारीले एकातिर पितृसत्तात्मक परम्परासँग व्रि्रोह गर्नुपर्छ भने अर्कातिर आफ्नै जातीय सङ्कर्ीण्ातासँगको कोपबाट बाँच्न सङ्र्घष्ा पनि गर्नर्ुपर्छ । त्यसैले एउटी नारीले आफ्नो स्वत्व कायम गर्ने क्रममा परजातीय र स्वजातीय दुवै बान्कीका द्वन्द्व र युद्ध जित्नुपर्ने आवश्यकता छ ।
नेपाली परिवेशको मात्रै कुरा गर्ने हो भने खास गरेर २००७ सालअघि वा राणाकालीन युगमा नारीहरूले घरको सँघार काट्नु भनेको उनीहरूले महाभारतको युद्ध जित्नुसरह मानिन्थ्यो । त्यस युगमा नारी भनेको पशुसरहका जीवमा गनिन्थे । त्यस्तो कालो समाजमा औपचारिक रूपमा नारीलाई घरबाहिर एक्लै हिँड्न नै प्रतिबन्ध थियो । त्यतिमात्र होइन; त्यस घडी नारीशिक्षामा अघोषित रूपमा पर्ूण्ा प्रतिबन्ध थियो । नारीशिक्षाको कुरा मात्रै पनि सामाजिक अपराधमा गाँसिएको विषयवस्तु थियो ।
त्यो कालो कालखण्डमा समाजसामु उभिएर नारीले अलिक जान्नेसुन्ने भएर कुरा गरे, नारीले आफ्नो विवेकका काम गरे र नारीले लेखपढ गरे भने तिनीहरू ‘राँडी, पातर, पुFmडी, बेस्से र रन्डी’मा दाखिला हुन्थे । त्यस बेला यस्ता कटु वचनका सिकार भएका नारीप्रति फेरि नारीहरू नै खप्टिएर पुरुषसँगको स्वरमा सार मिलाउने गर्थे । त्यस बेलादेखि यस बेलासम्म पनि नारीहरूको व्यक्तित्वविकासमा नारीपुरुष दुवै वर्गबाट वाधा पुगेको छ । अनि पुरुषप्रधानताका कारण स्थापित सामाजिक नेलद्वारा नारीलाई नियन्त्रण गरिएको देखिन्छ । त्यस घडी पुरुषवर्गद्वारा नारीप्रति जे लाञ्छना लगाइन्थ्यो समाजले त्यसैलाई लालमोहर डामेर सदर गरिदिन्थ्यो । यति हुँदाहुँदै पनि नेपाली धर्तीमा केही बलिया नारीहरू प्रगतिपथमा लम्केका पनि देखिए ।
प्रकृत्रि्रदत्त कर्तव्य निर्वाह गर्ने क्रममा नारीजातिले यो जगत् सञ्चालनार्थ आफ्नो ज्यानको बाजी राख्नुपर्ने हुन्छ भने अर्कातिर हाम्रो सामाजिकपारिवारिक संरचनाका कारण पनि नारीलाई परिबन्दका अनेक जन्जालले बाँधिराखेका हुन्छन् । यस्तो परिस्थतिमा साहित्यसृजनाका पथमा आवश्यकीय र्समर्पणका लागि नारीले समय र उपयुक्त वातावरण पनि पाएको देखिँदैन । त्यसैले प्रकृतिजन्य र मानवजन्य प्रतिकूलतालाई अनुकूलतामा परिणत गरेर साहित्यको सृजना गर्नु पनि नारीका लागि झन्नै महाभारतको युद्ध जित्नुसरहको चुनौती नै देखिन्छ । यी सत्यतथ्यलाई आधार बनाएर भन्ने हो भने पक्कै पनि नारीका सृजनालाई पुरुषका सृजनासँग दाँज्न मिल्दैन । हुन त कतिपय नारीसाहित्यकारबाटै साहित्यिक र्सजकलाई लिङ्गभेद गरिनुहुँदैन भनेर आवाज पनि उठेको सुनिन्छ; तर सीमित, स्वतन्त्र, र्समर्थ र पहुँचवाला नारीहरूका यस्ता आवाजलाई अधिकांश निर्धा, निमुखा र परतन्त्र नारीसाहित्यकारहरूको प्रतिनिधि आवाज मान्न सकिँदैन । त्यसैले पनि पुरुषस्रष्टाका हाराहारीमा नारीस्रष्टालाई नराखी पुरुषस्रष्टाभन्दा नारीस्रष्टालाई एक तह माथि राखेर हेरिनर्ुपर्छ भन्ने मेरो धारणा छ ।
नेपालको साहित्यिक इतिहासलाई हर्ेदा नेपाली साहित्यमा पहिलोपल्ट कलम चलाउने व्यक्तित्व ललितत्रिपुरसुन्दरी हुन् । उनले संवत् १८८१ मा ‘महाभारत’को शान्तिपर्वअर्न्तर्गत ‘राजधर्म’ को अनुशासनपर्व नेपाली भाषामा अनुवाद गरेकी थिइन् । जसरी रानी ललितत्रिपुरसुन्दरीले त्यस युगमा नेपाली भाषामा रचनाको औपचारिक शङ्खनाद गरिन् त्यसै गरी हीरा गाइनेनी –) पनि पहिलोचोटि गीतिकविता प्रस्तुत गरेर नेपाली गीत गायनकी गजुरका रूपमा चर्चित भएकी थिइन् भनिन्छज् ।
ललितत्रिपुरसुन्दरी नेपाली भाषामा लेख्ने प्रथम नारीमा देखा परिन् । उनले पनि गच्छेअनुसारको सङ्र्घष्ा नै खेपेकी थिइन् । एकातिर उनले बाल्यकालमा नै वैधव्य ग्रहण गर्नुपर्‍यो भने अर्कातिर क्रमशः छोरा नातिको राजगद्दी जोगाउन उनले धेरै कसरत पनि गर्नुपर्‍यो । उनी राजगद्दीकी नायब थिइन् । त्यसै कारण पनि उनी संस्कृत भाषामा भएको राजधर्मलाई नेपाली भाषामा अनुवाद गरी जनमानसमा त्यसको महिमा पुर्‍याउन उद्यत भइन् । यसै सिलसिलामा उनले कविता पनि लेखेकी थिइन् । त्यसैले हालसम्म प्राप्त तथ्यअनुसार नेपाली भाषामा पहिलोचोटि कविता लेख्ने नारीस्रष्टामा पनि ललितत्रिपुरसुन्दरीकै नाउँ कायम भयो । यस स्थितिमा नेपाली नारीसाहित्यसृजनाकोे प्राथमिक उद्बोधन ललितत्रिपुरसुन्दरीबाट
भएको देखिन्छ ।
नारीप्रगतिका सर्न्दर्भमा नेपाली साहित्यमा २००७ सालअघि योगमायादेखि चन्द्रकान्तादेवी र प्रेमराजेश्वरी थापा हुँदै गोमासम्मले अत्यन्तै ठूलो साहस देखाए । यिनीहरूले साहित्यसृजना गर्नु अहिले आएर जति उपलब्धिपर्ूण्ा देखिएको छ त्यस घडी त्यति नै यिनीहरू समाजका कर्के आँखाका सिकार हुने गर्थे ।
नेपाली भाषासाहित्यमा योगमायाको सृजनात्मक अभिव्यक्ति पनि तत्कालीन पृष्ठभूमिमा अत्यन्तै क्रान्तिकारी कदम थियो । योगमाया भन्नु स्वयंमा एउटी परित्यक्ता, असहाय र सामाजिक लाञ्छनाबाट मर्माहत नारी थिइन् । तर तिनैले नारीजागरणका लागि तन र मन निचोरेर महाभारतीय कृष्णले झैं अर्को एउटा विराट् शङ्ख फुकिन् । वास्तवमा योगमाया युगकी चेतनाबिन्दु, जागरणबिन्दु र उत्थानबिन्दु नै थिइन् । योगमायाको त्यही मनशिखरलाई छोएर, उनको सृजनाको सम्मान गरेर उनलाई आशुकवयित्रीको आमुख मान्नर्ुपर्छ । साथै साहित्यरचनामा क्रान्तिकारी नारीका नेतृत्वको भूमिकाको जिम्मा पनि योगमायालाई नै र्समर्पण गर्नर्ुपर्छ भन्ने बेहोरा उनैका कृतिले देखाएका छन् ।
नेपाली भाषासाहित्यमा नारीचुलीको पहिलो पङ्क्तिमा मैले ललितत्रिपुरसुन्दरीलाई नै गजुर बनाएको छु । नेपाली साहित्यमा उभिएका -कतिपय हालसम्म फेला नपरेका पनि हुन सक्छन्) नारीस्रष्टाको प्रसङ्गमा मैले ‘नारीचुली’लाई सहज रूपमा प्रस्तुत गरेको छु । मेरो वैयक्तिक रुचितर्फ विचार गर्नेे हो भने म आफूलाई आकाशमा उडिरहेको चरो भन्न रुचाउँछु । मेरो मनको सेरोफेरो भनेको मानवतामात्र हो । त्यसैले पनि मैले यस कृत्रि्रति सकेसम्म न्याय गरेको छु भन्ने मलाई लागेको छ । समयको पछिल्लो गतिसँगै यस कृतिका अरू पानाहरू निश्चय नै थपिँदै जानर्ुपर्छ भन्ने पनि मेरो मान्यता छ । यस्तो अनुसन्धानात्मक कार्यले थकाइ मार्न पाउँदैन भन्ने कुरा कसैका लागि पनि नौलो होइन । त्यसैले यस कृतिले अहिले नै बिट मार्ने काम गरेको छैन भन्ने बेहोरा पनि मैले पाठकमाझ बिन्ती गर्नैपर्छ । वास्तवमा यस कृतिलाई निरन्तरता दिनु मभित्रको लेखकीय धर्म पनि हो ।
मेरो जीवनीलेखनयात्राका प्रेरक व्यक्ति भारत दार्जिलिङका प्राध्यापक राजनारायण प्रधान हुन् । राज दाइकै सद्भावलाई शिरमा राखेर मैले २०४५ सालतिरै ‘नारीचुली’को लेखन आरम्भ गरेको थिएँ । वास्तवमा त्यस घडी राजनारायण प्रधान र मेरा बीच नारीविषयक जीवनी लेख्नेबारे सम्झौता भएको थियो । त्यसैअनुरूप राज दाइले विश्वका ‘नौ नामी नारी’ लेख्ने र मैले नेपाली साहित्यका ‘नारीचुली’ लेख्ने बारेमा हाम्रो सहमति भएको थियो । राज दाइले ल्फोरेन्स नाइटिङ्गेलदेखि म्याडम क्युरीसम्मको जीवनी लेखेर मलाई देखाउँदै पनि गएका थिए । तीमध्ये केही जीवनी मैले मेरो सम्पादनमा प्रकाशित हुने ‘उपकार’मा पनि छापेको थिएँ । तर राज दाइको ‘नौ नामी नारी’ प्रकाशनमा आयोआएन मैले थाहा पाउन सकेको छैन । मेरो हकमा चाहिँ मैले त्यस बेला श्रीगणेश गरेको कार्य अहिले आएर बिसाएको छु ।
मैले यस कृतिमा समाविष्ट सम्पर्ूण्ा नारीस्रष्टाका बारेमा विस्तारपर्ूवक लेख्न सकिनँ । एक्लो प्रयास र सीमित साधनका कारण मैले आदिकवयित्री ललितत्रिपुरसुन्दरीदेखि अत्याधुनिक साहित्यकार सीता पाण्डेसम्मका नेपाली भाषासाहित्यका प्रतिनिधि नारीस्रष्टाका विषयमा मात्र लेख्न सकेँ । सम्बद्ध लेखिकाहरूलाई विस्तारपर्ूवक प्रस्तुत गर्न नसकिए तापनि आफूले पाएसम्मका तथ्य र सूचनाहरूलाई आधार बनाई यो ग्रन्थ तयार पार्ने प्रयास गरेको छु । यस क्रममा मैले संवत् २०१७ सालसम्म जन्मेका स्रष्टालाई यस ग्रन्थमा विराजमान गराउन सकेँ ।
‘नारीचुली’ लेखनका क्रममा मैले मेरा दृष्टिमा पुग्न नसकेका पुराना नारीस्रष्टाबारे जानकारी प्राप्त गर्न विविध जातजातिका वंशावली पनि चहारेँ । तर त्यस क्रममा सूचना र तथ्यहरू प्राप्त गर्नुको साटो मैले आफूभित्र निराशा मात्रै फेला पारेँ । सन्ततिहरूको सृजना गरेर वंशपरम्परालाई न

नेपाली साहित्यका विभूति

नइ टेलिफोन कोश


नइको चिनारी