» नइ प्रकाशन गैरराजनीतिक साहित्यिक, सांस्कृतिक र सामाजिक संस्था हो ।

Home » Nepali Women Writers » योगमाया Yog Maya

योगमाया Yog Maya

Yog Maya (1860-1941).
Work: Shree Sarvartha Yogbani . Illiterate, Aashu Poetess.
Renounced life in Jalasamadhi (profound meditation in water) along with her sixty-eight followers.
First female leader of religious and social revolution.
०००००००००००००००००

योगमायानेपाली साहित्यमा क्रान्तिकारी नारीहरूकी प्रतीकहुन् । बूढी औँठाकोल्याप्चेका भरमा आफ्नो हस्ताक्षर दिने योगमाया नै त्यस्ती आशुकवयित्री हुन् जसले जेदेख्यो त्यही फररर भन्न सकिन्; जे भेट्योत्यही विषयमा कविताबाट बोल्न सकिन् र जे सुन्योत्यही विषयलाई कविताबाटै बिट मार्नसकिन् ।

योगमाया त्यतिबेला जन्मेकी थिइन्; जुन बेला नारीले रजस्वलाहुनुअगि नै वैवाहिक जीवनमा बाँधिनुपर्थ्यो । त्यसैअनुरूप योगमायालाई पाँचै वर्षमा उनका बुबा श्रीलाल न्यौपाने र आमा चन्द्रकलाले कन्यादान गरेका थिए । त्यसबेला योगमाया न्यौपानेको बिहे रामहरि कोइरालासँग भएको थियो । तर यिनको बिहे भएको दुई वर्षमा यिनका पति स्वर्ग गए । सात वर्षीय योगमायाका लागिरामहरि कोइरालाको मरण कुनै पीडादायक विषयसूची पनि बन्न सकेन। त्यसैले उनी फेरिआफ्नै बालक्रीडामा नै मिसिन थालिन् ।

दिन छिप्पिंदै जाँदायोगमायामाथि अनेक सामाजिक कुसंस्कारका वज्र ठोक्किन थाले । कतिसम्म भने तत्कालीनसमाजबाट प्राप्त अपमान, घृणा र तिरस्कारका पीडाले उनको शरीर भरिन पुग्यो ।अलच्छिनी र पोइटोकुवीको लाञ्छनाले रङ्गिदा नरङ्गिदै उनले सत्र वर्षटेकिन् ।

योगमायाले आफ्नो तरुनी मनकोजोसलाई विवेकको होसले छेक्न, थाम्न र सम्हाल्नसकिनन् । वास्तवमा किशोरावस्थामा रन्थनिँदै जाँदा उनको शरीरले पनि प्रकृतिकोवरदानलाई त्याग्न सकेन । त्यसैले गाउँकोएउटा युवकप्रतिको आकर्षण उनको दिनचर्यामा अनुवाद हुन थाल्यो । अनिगाउँकै प्रजापति डोटेल जैसीसित भागेर उनी आसामपुगिन् । यी दम्पतीबाट एउटी छोरीनैनकला को पनि जन्म भयो ।

केही वर्षछि योगमायाले आफ्ना गाउँमा पुराण लाग्ने हल्लासुनिन् । त्यसपछि डोटेलदम्पती छोरी च्यापेर पुराणस्थल पुगे । जनकलाल शर्माको ‘जोसमनी सन्तपरम्परा र नेपाली साहित्य’ नामक ग्रन्थमा लेखिएअनुसार पुराणको प्रसङ्ग थियो- “परस्त्री वा परपुरुष गमन गर्नाले भविष्यमा रौरवीय नर्कको यातना भोग्नु पर्छ ।” यत्तिकैमा पुराणको अर्को प्रसङ्ग आयो “यदि अज्ञानवश कसैले यस्तो अपराध गरेको रहेछ रज्ञान प्राप्त भएपछि त्यो अपराध त्याग्यो भने त्यसको प्रायश्चित्त हुन्छ।”
योगमायाले मन दिएर नै पुराणका सबै पाठ सुनिन् । पुराणकोकथाले योगमायाको मन दस चिरा भयो । त्यसपछि उनले आफ्ना पति प्रजापतिडोटेलसँग यसबारे छलफल गरिन् । अनि यिनीहरूलेएकअर्कामा छुटि्टएर बस्ने निर्णयगरे । त्यसबेला योगमायाकी छोरी नैनकलाचाहिँ योगमायासँगै बस्ने सहमति पनि भयो।

योगमायालेआफ्नो हृदयान्तरको विस्फोट पोख्नछाड्दिनथिन् । त्यसैले उनले कविताका अक्षर प्रस्फुटन गर्न थालिन् । आमाका शब्द एकएकगमेर नैनकलाले आफ्नो मनमस्तिष्कको कम्प्युटरमा राख्ने गर्थिन् । वास्तवमा योगमायाजति कविता भन्थिन् नैनकला त्यति नै कण्ठाग्र पार्ने गर्थिन् । योगमाया र नैनकलादुवै निरक्षर थिए ।
योगमायास्वर्गद्वारी पनि पुगिन् । उनीस्वर्गद्वारीगएताका स्वर्गद्वारीका चैतन्य महाप्रभु अभयानन्द द्वितीयले त्यहाँ प्रसिद्धिपाइसकेका रहेछन् । योगमाया पनि महाप्रभुका कृत्यबाट सुरुमा नै आल्हादित बनिन् ।त्यही परिणतिले उनी पनि महाप्रभुका साथ सत्सङ्गमा समर्पित भइन् । योगमायाको आचरणलेमहाप्रभु पनि प्रसन्न बने । त्यसैले उनी चैतन्य महाप्रभुबाट दीक्षित पनि भइन्।
अनेक साधना गरेर योगमायाले वर्षौंवर्षगुफामा नै बसेर साधना गरिन् । जाडो दिनमा उनी आधामहिनासम्म अरुण नदीमा कम्मरसम्म डुबाएर साधनारत पनि भइन् । गर्मी महिनामा धुनीजगाएर आगाका रापसँगै उनले आफ्नो साधनाप्रधानकर्म पनि गरिन् । उनलाई न जाडो हुन्थ्यो न गर्मी हुन्थ्यो । वास्तवमा उनले एउटाविशेषईश्वरीय शक्ति नै प्राप्त गरेकी थिइन् । कतिसम्म भने कुनैकुनै बिरामीलाईउनी आवश्यकता अनुसार नाडी समाएर र झारफुक गरेरै ठीक पारिदिन्थिन् । सर्पले ठुङेरमरणासन्न मान्छेलाई पनि उनले झारफुक गरेकै भरमा निको पारिदिन्थिन्।
योगमाया एकातिर धार्मिक नसामा डुबेकी थिइन् भने अर्कातिरराणाशासनले जनमनमा आतङ्कित पारेको सामाजिक स्थितिबाट पनि उनी फुत्कन सकिनन् । सतीप्रथा हटाइयोस्, जातभातको रीतिरिवाज हटाइयोस्, जनताले न्यायनिसाफ पाऊन् रशोषणरहित समाजको सृजना होस् आदि माग राख्तै योगमायाले सामाजिक परिर्वनका लागिसांस्कृतिक आन्दोलनको शङ्ख फुकिन् । उनी न्याय माग गर्दै पैदल हिँडेर काठमाडौंसम्मपनि आइन् ।
त्यतिखेर योगमायाका मागहरू पुर्‍याउन श्री ३जुद्धशमशेरले उनलाई वचन पनि दिए । तर क्रमशः श्री ३ आनाकानीमै रुमल्लिन थाले ।वास्तवमा योगमायाको सामाजिक समयसर्न्दर्भका जायज मागका कारण श्री ३ को मन नैधमिलिँदै थियो । त्यसैले श्री ३ ले न्याय दिने देखावटी वचन दिई अनेक प्रपञ्च रचेरउनलाई दण्ड दिने अभ्रि्रायले विभिन्न कदम चाले । तर श्री ३ हारे रयोगमायाको जित भयो । त्यतिखेर उनले जुद्धशमशेरको बेलाका दरबारिया विद्वानहरूसँगकोशास्त्रार्थमा विजय हासिल गरेकी थिइन् । स्वर्गद्वारीका चैतन्य महाप्रभुकोशिक्षा, दीक्षा र ज्ञान योगमायाको मन, मस्तिष्क र विवेकको ढुकुटीमा शक्तिको स्वरूप भएर बसेको थियो । त्यसैले उनलाई हराउनेपण्डितहरू बिरलै पाइन्थे । त्यस बेलाको उनको प्रचण्ड बौद्धिक शक्ति देखेरजुद्धशमशेर तीन छक्कै परेका थिए ।
योगमाया काठमाडौंबाट भोजपुरदिङ्लाको मझुवाबेंसीस्थित आफ्ना आश्रममा फर्केपछि झन् विद्रोही भइन् । त्यहीविद्रोहको पराकाष्ठामा उनी कविता बोल्दै जान्थिन् र उनकी छोरी नैनकला आमाका ती शब्दकण्ठाग्र पार्दै जान्थिन् ।
योगमाया दिङ्ला पुगेपछि उनी चैतन्य महाप्रभुको कर्तृत्व रव्यक्तित्वको प्रचारमा लागिन् । साथै दिङ्लामा चैतन्य महाप्रभु अभयानन्दले गरेझैँविशाल यज्ञ गर्न उनी जुटिन् । उनी कठिन योगसाधनामा लागिन् र धाराप्रवाह प्रवचन रकवितावाचन गर्न थालिन् । जनकलाल शर्माका अनुसारभोजपुरको दिङ्लामा १९९७ साल५माठूलो यज्ञको आयोजना भएको थियो र त्यहाँ श्रद्धालु समाजको खूबै भीड लागेको थियो । तरत्यो यज्ञ सदाको भन्दा भिन्न थियो । उनले त्यहाँ उपस्थित सबै चेलाचेलीहरूलाईभनिन् “अब भक्तहरूले बाँच्ने युग छैन । अतःयसै यज्ञको समाप्तिका दिन पूर्णाहुतिका रूपमा यज्ञकुण्डमा प्रवेश गरेर अग्निसमाधिलिनुपर्छ।” योगमायाको घोषणाअनुसार त्यसै बेला उनका दुईसय चालीस जना भक्तहरूले यज्ञकुण्डमा हामफाली प्राण त्याग्ने निर्णयगरे।
योगमायाका अग्निसमाधिसम्बन्धी घोषणा र यज्ञकुण्डमा ज्यानअर्पण गर्न जुर्मुराएका उनका अनुयायीका विषयले भोजपुर हल्लियो । त्यहाँबाट त्योखबरधनकुटामा रहेका राणाका कारिन्दा माधवशमशेरका कानमा पनि पुग्यो। परिणामस्वरूप राणाका निर्देशनअनुसार सेनाले त्यो यज्ञकुण्ड आफ्नो नियन्त्रणमालियो ।साथै राणाकानिर्देशनमा योगमायाका हातगोडामा नेल ठोकियो । अनि योगमायालगायत उनका भक्त रअनुयायीहरूलाई सरासर जेल चलान गरियो । महिलाजति तीन महिना जेलखानामा बसे भनेपुरुषहरूचाहिँ साढे दुई वर्षम्म कैदी भए ।त्यस काण्डले पण्डित प्रेमनारायण पनि अठार महिना जेलखानामै कोचिए ।
त्यसबखत राणाका सिपाहीको बन्देजका कारण योगमाया यज्ञकुण्डमाहाम फाल्न पाइनन् । त्यसपछि आफ्ना भक्तहरूलाई पछि लगाएर उनी अरुण पुगिन् । ज्ञानमणिनेपालका अनुसार “योगमाया अरुण किनाराबाहिरमझुवाबेसीमा संवत् १९६६ तिर एक कुटी बाँधेर बस्न लागिन् । उनकी एउटी भाइबुहारीगङ्गा न्यौपाने चाहिँ उनकी पक्का भक्त भइन् । यी गङ्गा प्रेमनारायण (योगमायाकाभक्त) कै दिदी थिइन् ।” यी गङ्गा पनि योगमायासँगै बस्थिन् । अरुण नदीको किनारामाउभिएर फेरि योगमाया बोलिन् “हामीलाई अग्निप्रवेशमा सरकारले बाधा गर्‍यो । तर आजको दिनअग्निको अभावमा जलसमाधि लिनु पनि उत्तिकै लाभदायी हुनेछ । अतः इच्छा हुनेले मेरोअनुकरण गर्नु ।” त्यसपछि योगमायाले उर्लंदोअरुणको भेलमा हाम फालिन् । उनका अनुयायीहरू पनि क्रमशः जलसमाधिमा सहभागी हुँदै गए ।हुँदाहुँदै त्यस बेला जलसमाधि लिने नारीपुरुषको सङ्ख्या६८ पुगिसकेको थियो । त्यसपछि त्यहाँ कतिले हाम फाले र कतिघर फर्के ? कसैले त्यसको तथ्याङ्क राख्न सकेन।
योगमायाको धार्मिक कार्यशैली नै आकर्षक थियो । उनीधुनी बालेर, रुद्राक्षको माला लगाएर, बिगुतकोतीन धर्के टीका लगाएर र झाँक्रो फिजाएर आफ्नो आसनमा बस्थिन् । साथै उनका छेउमापाँचछ फुट उचाइको त्रिशूल ठडयाइन्थ्यो । त्यहीँ बसेर उनी आँखा चिम्लेर धाराप्रवाहधार्मिक र सामाजिक प्रवचन दिन्थिन् । उनको साहस देखेर उनका सेवकहरू भक्तमारूपान्तरित भए । हरे राम प्रभुका नाउँले परिचित स्वामी पं.प्रेमनारायणले चारैतिरडुलेर योगमायालाई औतारी शक्तिमाताको नाउँले प्रचार गरे । स्वामी प्रेमनारायणलेयोगमायाका नालीबेली पूर्वी पहाडका रनबन पुर्‍याए भने काठमाडौंउपत्यकामा पनि उनले योगमायाको यथेष्ट प्रचार गरे । त्यतिमात्र होइन; योगमायाका भक्त चेलाहरू पं.कविप्रसाद गौतम रलोचननिधि तिवारीले पनि योगमायालाई शक्तिमाताका रूपमा स्थापित गराए।
योगमायाले जीवनमा आफूप्रतिखप्टिएका प्रत्येक वचनको स्मरण गरिरहिन् । उनले नारीप्रतिको भेदभावका विषयमा विरचितपुराणका कथाहरूको पनि खुलेर नै आलोचना गरिरहिन् । नारीलाई पशुवत् व्यवहार गरेररचिएका धार्मिक कथाहरू योगमायाका भावनाका शत्रु थिए । लोग्नेमान्छेले जतिस्वास्नी राखे पनि हुने आइमाईले चाहिँ अर्को पुरुषसँग बिहे गर्दैमा ऊ समाजबाटबहिष्कृत हुनुपर्ने जस्ता असमान र भेदभावपूर्णबेहोराले उनको मनरन्थनिएको थियो । त्यतिमात्र होइन; बाहुनपुरुषले पानी नचल्ने जात ल्याए पनि जात नजाने र बाहुन स्त्रीले चाहिँ आफूखुसीबाहुनैसँगै बिहे गर्दा पनि जुनीभरि बिटुली हुनुपर्ने अवस्थाको उनले घोर भर्त्सनागरिन् । साथै बाहुन नारी तल्लो जातमा पुग्नेबित्तिकै उसले आफ्नो संस्कारबाट हातधुनुपर्ने स्थितिको पनि उनले विरोधै गरिन् ।
योगमायाको जन्म संवत् १९१७ सालमा भोजपुरको दिङ्लामा भएकोथियो । बाँचुन्जेल उनले समाजका विकृतिहरू चिर्नमै समय लगाइन् । त्यति बेलाको त्यो सत्य घटना पनिआज एकादेशको दन्त्यकथाझैँ मानिन्छ । समाजको त्यही कठोर शासनप्रतिविद्रोहको चरम स्वरउराल्ने क्रममा उनले संवत् १९९८ असार २२ गते शनिबार आफ्ना अनन्य भक्तहरूसमेतलाई समेटेर जलसमाधि लिएकी थिइन् ।

नेपाली साहित्यका विभूति

नइ टेलिफोन कोश


नइको चिनारी