» नइ प्रकाशन नेपाल सरकारबाट आयकर छुट पाएको गैरराजनीतिक साहित्यिक, सांस्कृतिक र सामाजिक संस्था हो ।

Home » कीर्तिनिधि विष्ट

नइको चिनारी


कीर्तिनिधि विष्ट

कीर्तिनिधि विष्टको नाउँ सुन्नेबित्तिकै नेपाल राष्ट्रको अर्को एउटा देशभक्तिपूर्ण जागरणको धुन गुञ्जायमान भएको आभास हुन थाल्छ । त्यसै नाउँको साँगी लागेपछि माथि, माथि र अझै माथि जति माथि उक्ले पनि हुन्छ । अर्थात् त्यही नाउँको शिखर आरोहण गर्दै जाँदा पृथ्वीनारायण शाह, बहादुर शाह, भीमसेन थापा, जङ्गबहादुर राणा र राजा महेन्द्रसम्मलाई सश्रद्धा शिरमा बोक्ने परिवेशको समेत दैलो खुल्न थाल्छ । अनि त्यही मूल जागृतिका कारण राष्ट्रवादको शिर उचालिन थाल्छ । त्यसपछि फेरि कीर्तिनिधि विष्टमा नै आइपुगेर राष्ट्रवादको धारा प्रवाहित हुन थाल्छ ।

कीर्तिनिधि विष्ट भन्नु देशभक्तिले भरिपूर्ण भावनाका एउटा साङ्केतिक बिम्ब हुन्, कीर्तिनिधि विष्ट भन्नु नेपाली राष्ट्रवादका एउटा विशेष परिभाषा पनि हुन् र कीर्तिनिधि विष्ट भन्नु नैतिकता, इमानदारी र कर्तव्यनिष्ठको एउटा सग्लो प्रतीक नै हुन् । नेपाली परिवेशमा ‘कीर्तिनिधि विष्ट’को सङ्क्षिप्त परिभाषा यति नै हो । यस परिभाषालाई व्यापक रूपमा जोडघटाउ गरेपछि शेष भागमा प्राप्त हुने निष्कर्ष हो— ‘देशभक्त राजनेता कीर्तिनिधि विष्ट’ ।

सबै पढ्नका लागि पिडिएफ् लिङ्क थिच्नुहोस्–

यहाँ थिच्नुहोस् – Click here to download

नेपाली साहित्यका विभूति

नइ अभिलेख


नइ टेलिफोन कोश