» नइ एकेडेमी नेपाल सरकारबाट आयकर छुट पाएको गैरराजनीतिक साहित्यिक, सांस्कृतिक र सामाजिक संस्था हो ।

Home » नइ विद्या पदक

नइको चिनारी


नइ विद्या पदक

नइ एकेडेमीले नेपालको पिछडिएका जिल्लाका विद्यार्थीको कदर हेतु ‘नइ विद्या पदक’को स्थापना गरेको छ । बाह्र कक्षामा सर्वाेत्कृष्ट हुने एक जिल्लाका एक जना छात्रालाई हरेक वर्ष पदक, प्रमाणपत्र र तीस हजार रुपियाँ राशिसहित ‘नइ विद्या पदक’ प्रदान गरिनेछ । ‘नइ विद्या पदक’लाई यसरी परिचालन गरिएको छ—

क. नइ कपिल विद्या पदक—
नइ एकेडेमी र यसका दाता ख्यातिप्राप्त मनोचिकित्सक डा.कपिलदेव उपाध्यायको नाउँको सुरुका अक्षर जोडेर ‘नइ कपिल विद्या पदक’को स्थापना गरिएको छ । जनही तीस, तीस हजार रुपियाँ राशिको ‘नइ कपिल विद्या पदक’ डोल्पा, हुम्ला, बाजुरा र दार्चुला जिल्लाका सरकारी विद्यालयबाट बाह्र कक्षामा सर्वाेत्कृष्ट हुने एकएक जना छात्रालाई प्रदान गरिनेछ ।

‘नइ कपिल विद्या पदक’बाट पुरस्कृत हुने छात्रा—
१. श्रीमती सबिता महतारा (हुम्ला— २०७९)
२. सुश्री विपनाकुमारी बूढा (बाजुरा— २०८०)
३. सुश्री नन्दादेवी रोकाय (हुम्ला— २०८०)
४. सुश्री सुमित्रा बूढा (डोल्पा— २०८१)
५. सुश्री सौमती शाही (हुम्ला— २०८१)
६. सुश्री प्रतीक्षा विष्ट (बाजुरा— २०८१)
७. सुश्री इशारा कोट्टारी (दार्चुला— २०८१)

नेपाली साहित्यका विभूति

नइ अभिलेख


नइ टेलिफोन कोश