» नइ प्रकाशन गैरराजनीतिक साहित्यिक, सांस्कृतिक र सामाजिक संस्था हो ।

Home » बाँचेका मान्छे (जीवनीसङ्ग्रह) » बालकृष्ण श्रेष्ठ Bal Krishna Shrestha

बालकृष्ण श्रेष्ठ Bal Krishna Shrestha

बालकृष्ण श्रेष्ठले बोलेपछि ढुड्गाको अक्षर हुन्थ्यो । उनी जति बोल्थे बोलेका कुरा पु¥याउँथे । त्यसैले उनी धेरैका विश्वासपात्र पनि भए । धेरैले उनलाई भरोशा पनि माने । अनि धेरैका लागि उनले हीरा फोरेका थिए । वास्तवमा उनी धनका जति धनी थिए, त्यसभन्दा बढी मनका धनी थिए ।

२०१५ सालको प्रथम आम निर्वाचनका समयमा नेपाली काड्ग्रेससँग पैसा थिएन । त्यसबेला कसरी चुनाव गराउने भन्ने हिसाबमा विश्वेश्वरप्रसाद कोइराला झोक्राइरहेका थिए । अनि कोइरालाको त्यो भावना श्रेष्ठका कानसम्म पुगेको थियो । त्यसपछि श्रेष्ठले कोइरालालाई भरतीय एक लाख रुपियाँ दिएका । त्यसबेला त्यति पैसालाई सहज कल्पना गर्न सकिंदैनथ्यो । त्यसैबेला भारतका नेताहरुले पनि भनेका थिए, नेपालमा त्यति धनी मानिस पनि रहेछन् ।

श्रेष्ठ व्यवहारिक ज्ञान आर्जनमा मात्रै लागे । आफ्नो पेसा व्यापार भए तापनि राजनीतिमा उनी खुबै चासो राख्थे । राजनिितमा चाहिं उनका सहोदर भाइ हरिकृष्णले नाउँ चलाएका थिए । यिनले हरिकृष्णलाई मात्र होइन आफ्ना छ जना भाइलाई नै आजीवन डो¥याएरै हिंडे । उनी आफ्ना भाइहरूको संरक्षणमा समर्पित थिए । मात्रृपृत्रिका चाहिं उनी भक्त थिए । उनी आमाबुबालाई भगवान नै मान्थे ।

श्रेष्ठ दानवीर थिए । उनका घरमा कोही माग्न गयो भने उसले खाली हात फर्कनु पर्दैनथ्यो । समाजसेवामा उनको भावना चुम्बकीय पारामा गाँसिएको थियो । त्यसैले सत्तल, पाटी, मन्दिर, स्कूल, बाटो, पुल आदिको निर्माणमा पनि यिनले आर्थिक सहयोग गरिरहे । खास गरेर दीनदुखी र असहायका लागि उनी आफ्नो मुठी झनै खुकुलो पारिदिन्थे । उनैले उस्ताद आशागोपाल गुरुवाचार्यसमेतको स्वास्थ्य उपचार गराएका थिए । आशागोपाल भन्नु स्वरसम्राट् नारायणगोपालका बुबा थिए । उनी स्वभावैले परोपकारी थिए । उनको साधुसन्तसँग पनि त्यतिकै सम्पर्क थियो । परोपकार संस्था स्थापना गर्नमा पनि उनको महत्वपूर्ण भूमिका थियो । साथै उनी परोपकार संस्थाका संस्थापकमध्ये एक थिए ।

श्रेष्ठले पहिलोपल्ट मृत्युसंस्कार समिति गठन गरेका थिए । असहाय र गरीबको मृत्यु भएमा यिनैले निःशुल्क दाहसंस्कार गर्ने चाँजो मिलाइदिन्थे । साथै असहाय बालबच्चाको संरक्षणमा पनि श्रेष्ठले आफूलाई सरिक गराएका थिए । २००७ सालमा उनैले टोलरक्ष सड्घको स्थापना गरे । ठोलवासीको सेवा, सुरक्षा र दैनिक उपभोग्य बस्तुहरुलाई सहज र सस्तो गरेर वितरण गर्ने परिपाटि यिनैले चलाएका थिए ।

श्रेष्ठ पैसाका खानी जस्तै थिए । पैसा चाहियो भने राणका सन्तान पनि उनैकामा धाउँथे । आफ्ना गहनाहरु बन्धक राखेर राणाका श्रीमतीले यीसँग ऋण लिन्थे । कुनैकुनै राणाका पत्नीले बिहेभोजमा लाएर जानका लागि आफूलेले बन्दकी राखेका गहना एकै दिनका लागि भनेर मागेर लान्थे । तर त्यसरी फुस्केका गहनाहरु उनका घरमा बिरलै फर्किन्थे । त्यसबेला हल्ला के थियो भने बालकृष्ण साहूको ऋण जहिले तिरे पनि हुन्छ र नतिरे पनि हुन्छ ।

श्रेष्ठ फुर्के स्वभावका थिए । यसै विषयमा उनकी छोरी इन्दिरा श्रेष्ठले भनेकी थिइन् ‘मेरा बुबालाई कसैले अलिकति फुक्र्यायो भने फुरुक्ककै भैहाल्नुहुन्थ्यो । उहाँ फुर्क्याएर कसैले केही माग्यो भने उसले त्योभनदा पनि बढी नै पनि पाउन सक्थ्यो । सर्केका बेला उनले केही आफन्तलाई घर पनि किनिदिएका थिए ।

श्रेष्ठको परम्परागत पेसा व्यापार थियो । यिनका बाजेले कोलकाताबाट व्यापार गर्न थालेका थिए । उनीहरू व्यापारमा अति सफल थिए । कोलकाता, पटना, बनारस, मुम्बई शहरहरुमा यिनीहरुको व्यापार थियो । त्यतिबेला उनीहरु बत्तीस कोठी महाजनका नाउँमा प्रसिद्ध थिए । यिनीहरु हीरा, जवाहरात, नौरत्नहरुका विशेषज्ञ थिए ।

नेपालमा पनि उनीहरुको जवाहरातको व्यापार गरे । यिनीहरुले नै श्री ५ र श्री ३ को श्रीपेचहरू मूल्यवान रत्नहरु जोडेर बनाउथे । त्यसबेलाको नेपालमा काजी, सरदार, भारद्वारहरुले पनि श्रीपेच लगाउने चलन थियो । ती सबै श्रीपेचहरुका निर्माता बालकृष्ण श्रेष्ठकै बाबु बराजु थिए ।

नेपालमा पहलो पल्ट औषधी पसल खोल्ने श्रेष्ठ नै थिए । त्यसैबेला यिनले काठमाडौं मेडिकल हल खोलेर नेपालभरिका अस्पतालहरुमा औषधी पु¥याउने काम गरे ।

श्रेष्ठको नेपालको उद्योग तथा वाणिज्यका क्षेत्रमा महत्वपूर्ण सोच थियो । उनैको पहलमा नेपाल उद्योग वाणिज्य सड्घको स्थापना भएको थियो र त्यस संस्थाका उनै संस्थापक तथा अध्यक्ष थिए । साथै नेपाल बैक लिमिटेडको स्थापना गर्नमा पनि यिनको गुरुत्तर भूमिका थियो । यी त्यस बैंकका पनि संस्थापकमध्येका एक जना थिए । त्यसबेला जुद्ध म्याच फ्याक्ट्री, नेपाल जुट मिल, नेपाल बीमा कम्पनी र नेपाल यातायात संस्थान आदिको सञ्चालकका रुपमा पनि यी आबद्ध थिए । जुद्धोदय पब्लिक हाइस्कूलदेखि कन्यामन्दिर हाईस्कूलसम्म पुगेर उनले आफ्नो थप सेवा अर्पण गरेका थिए । त्यसबेला उनको सहयोगको चारैतिर सुभाष पुगेको थियो । त्यसैले चिन्नेहरूले उनलाई हरिश्चन्द्र भन्थे ।

श्रेष्ठसँग राजा महेन्द्रको अति राम्रो सम्बन्ध थियो । त्यसैले रानी रत्नको काव्यात्मक नाउँ रञ्जना शाहका सम्मानमा उनले नयाँ सडकको आडमा ‘रञ्जना सिनेमा हल’को स्थापना गरेका थिए । त्यस हलको राजा महेन्द्रले २०१३ सालमा उद्घाटन गरेका थिए । त्यस बेला सो हल सिनेमा हल मात्र थिएन । त्यहाँ सामाजिक, राजनैतिक र साँस्कृतिक सानाठूला मान्छेहरु भेला भएर गफ गर्ने अखडा पनि थियो ।

श्रेष्ठको जन्म १९७३ साल मड्सिर १५ गते काठमाडौंमा भएको थियो । यिनको बाल र किशार जीवन आफ्ना बुबा आमाको सेवा र पढाईमा बितेको थियो । यिनका बुबा नन्दकृष्ण र आमा तुलसीकुमारीका सात जना छोरामध्ये यी जेठा थिए । यिनले कोलकाताबाट आइएस्सी पढे ।

बालकृष्णको विहे १९९२ सालमा काठमाडौ. मखनटोलका भगवानदास श्रेष्ठ र मनमाया श्रेष्ठकी छोरी बालकुमारीसँग भएको थियो र उनीहरूका एक छोरी र …छोरा जन्मे । उनका सन्तानमा छोरी इन्दिरा श्रेष्ठ बहुआयामिक व्यक्तित्वकी धनीका रुपमा देखा परिन् । उनी , एम्एस्सी पास गरेर समाजसेवामा लागिन् । उनी स्नातकका तर्फबाट माननीय भइन्, नेपाल महिला सड्गठनकी केन्द्रीय अध्यक्ष भइन र उनैले कलानिधि इन्दिरा सड्गीत महाविद्यालयका लागि करोडौको घर दिइन् । साथै उनी सोयं गायिका र लेखक पनि हुन् ।

बालकृष्ण श्रेष्ठ नेपाली परिवेशमा उच्च विचारका धनी थिए । उनले जीवनकालमा धीत मरुन्जेल आफ्नो सोचाइ अनुसारका काम गरेका थिए । अन्ततः २०३६ सालमा काठमाडौंमा उनको निधन भएको थियो ।

नेपाली साहित्यका विभूति

नइ टेलिफोन कोश


नइको चिनारी