» नइ प्रकाशन गैरराजनीतिक साहित्यिक, सांस्कृतिक र सामाजिक संस्था हो ।

Home » बाँचेका मान्छे (जीवनीसङ्ग्रह) » पासाङल्यामू शेर्पा Pasang Lhamu Sherpa

पासाङल्यामू शेर्पा Pasang Lhamu Sherpa

नेपाली समाजमा पासाङल्हामू शेर्पाले अन्तिम पटक सार्वजनिक भाषण गरेकी थिइन्, ‘मैले तीन पल्ट सगरमाथाको चुचुरोमा पुग्ने दृढ अठोट गरेँ, तर सफल हुन सकिन । यस पल्ट फेरि अन्तिम अठोटका साथ असफलतालाई सफलताको चुनौती ठान्दै दृढ सङ्कल्प लिएकी छु ।’ अनि त्यसपछि उनी सरासर सगरमाथा चढ्न हिँडिन् । उनले सगरमाथा पनि चढिन् । इतिहासमा त्यो दिन अर्थात् २०५० साल वैशाख १० गते उनले सगरमाथाको टुप्पोमा नेपालको राष्ट्रिय झण्डा फहराइन् । त्यसको पन्ध्र मिनेटपछि उनको भौतिक चोला पनि सगरमाथामा नै विलय भयो । उनको देह आधामिटर हिउँले छोपेको अवस्थामा १९ दिनपछि फेला पर्‍यो ।

शेर्पाको जन्म २०१७ साल मङ्सिर १० गते सोलुखुम्बुको सुर्केमा भएको थियो । उनको मात्रृभूमि हिमाली प्रदेशको अनकन्टार ठाउँ मानिन्छ ।

पासाङका बुबा फुर्बा कितार शेर्पा लाहुरे थिए र आमा आदि शेर्पा गृहिणी थिइँन् । शुक्रबार जन्मेकीले उनको नाउँ पासाङ राखिएको थियो । शेर्पाभाषामा शुक्रलाई पासाङ भनिन्छ । अनि घरपरिवारमा बाँधिएपछि उनका बुबाले पल्टन छाडेका थिए ।
सानैदेखि पासाङ घरव्यवहारमा लिप्त थिइँन् । उनी घाँसपात गर्थिन्, मेलापात गर्थिन् र सोत्तर काट्न जान्थिन् । उनी सानैदेखि सफासुघर थिइन् । उनी जाँडरक्सी र चुरोट बिंडी पनि खान्न थिइन् । उनी गाउन र नाच्ने कलामा पनि लहसिएकी थिइन् । मेलापात गएका बेला उनी जुहारी पनि खेल्थिन् तर हार्दिन थिइन् । अल्लारेमै उनले आफ्नो गाउँमा धेरै काम सिकिन् । कुटो, कुदाली, हँसिया, डोको, थुन्चे र डालीहरू बोकेर उनको बाल्यकाल र उकालीओराली र भीरपहरा हिंडेर किशोरावस्था बितेको थियो । उनले त्यतिन्जेलसम्म स्कुल देखेकी पनि थिइनन् ।

पासाङ हिउँद लागेपछि आफ्ना आँगनमा हिउँको थुम्को बनाएर चढ्ने गर्थिन् र गर्मीयाममा हिउँचुलीजस्ता पहाडका थुम्काथुम्की खोजीखोजी उक्लने गर्थिन् । अनि त्यसै बेला उनले आफ्नी सखी कान्छी शेर्पालाई भनेकी थिइन्, ‘हेर् ! कान्छी, एक दिन म हिमालचुली पुग्छु ।’

पासाङका बुबा फुर्वा कितार शेर्पाले बृटिस शैनिकको जागीर छाडेर ट्रेकिङको काम गरे । बुबाको पेशा उनलाई खुवै मन पथ्र्यो । त्यसैले बुबासँगै उनी विभिन्न हिमाललगायत सगरमाथाको पनि ट्रेकिङ गएकी थिइन् । उनी पन्ध्र वर्षो हाराहारीमा पुगेपछि उनले आफ्ना बुबालाई भनेकी थिइन्, ‘बुबा ! एक दिन म सगरमाथाको चुचुरोमा पुग्छु ।’
पासाङले ट्रेकिङलाई सौख बनाइन् । हिमाली पर्यटकलाई डुलाउँदा घुमाउँदै उनी एउटा होटलमा काम गर्न पनि थालिन् । अथवा भनौं लुक्लाको कोअपरेटिभ होटलमा उनी वैटर भइन् । अनि त्यही होटलमा बसेका बेला उनले पर्वतारोहीहरूसँग मज्जाले गफिन पाइन् । उनले त्यहाँ दुई वर्ष जागीर खाइन् र त्यस अवधिमा उनले हिमाल चढ्ने मात्र ज्ञान ग्रहण गरिन् । त्यसै छेक उनी प्रणयसूत्रको पनि खोजिमा थिइन् ।
आफ्नो मामाका साला लाक्पा सोनामसँग पासाङको अठार वर्षो उमेरमा प्रीति बस्यो । किशोरावस्थाको चुलीमा पुगेपछि अर्थात् २०३६ सालमा उनैसँग पासाङको बिहे भयो । अनि उनी आफ्ना पतिसँग काठमाडौं लगिन् । त्यसैवीच पासाङ र लाक्पाका दुई छोरी दावा, दिक्की र एक जना छोरा नामगेल जन्मे ।
लाक्पा सोनाम ट्रेकिङमा नाउँ चलेका पेसेदार थिए । पासाङको इच्छा पनि त्यही व्यवसाय नै थियो । त्यसैले उनी पनि यसै पेसामा आवद्ध भइन् । परिणामस्वरूप उनीहरूको थामसेर्कु ट्रेकिङ चलाए । उनीहरूको त्यो पेसा दिन दुई गुना रात चार गुनाले फस्टायो । त्यही अवधिमा पासाङले पर्यटकहरूसँग अङ्ग्रेजी र प|mेन्च भाषा पनि सिकिन् । त्यसै बीच उनीहरू विदेशी मित्रहरूको निमन्त्रणामा त्यता गइरहे । त्यसै बेला पासाङले युरोपको सबैभन्दा अग्लो हिमाल ४८४८ मिटरको माउन्ट ब्ल्क पनि चढिन् । हुन त त्योभन्दा अघि नै उनले मनाङको ६०९१ मिटरको पिसाङ चुली चढिसकेकी थिइन् ।
सन् १९९० मा पासाङ सगरमाथा आरोहणका लागि उक्लेकी थिइन् । त्यस बेला उनी माथि जान सकिनन् । त्यसपछि अर्को वर्षफेरि उनैको नेतृत्वमा प्रथम नेपाली नारी दल सगरमाथातिर लाग्यो । त्यति खेर मौसम सारै खराब भएकाले उनीहरु बीचैबाट फर्केका थिए । साथै १९९१ सालमा पनि उनी त्यतै हिँडेकी थिइन् तर मौसमकै कारण फेरि उनले त्यो धुरी छुन पाइएन ।
पासाङले सगरमाथा चढ्ने भीष्म प्रतिज्ञा गरेकी थिइन् । २०४७ साउन २१ गते पेरिसमा पुगेताक प्रथम सगरमाथा आरोही हिलारीसँगको भेटमा उनले भनेकी थिइन्, ‘तपाईंका पैताला पछयाएर म एक दिन विश्वको अग्लो त्यही टाकुरामा उभिने छु ।’
पासाङको बोलि साक्षत थियो । उनले आफ्नो जविनको लक्ष्य पूरा गरिन् । तर उनले जितेको खुसीयाली कसैसँग बाँढ्न पाइनन् । यतिहुँदाहुँदै पनि सगरमाथामा उनको दुखद निधनलाई पनि यशस्वी मानियो । किनभने त्यति माथि स्वर्गीय हुनु पनि भाग्य चाहिन्छ र पासाङजस्तीले मात्रै त्यस्तो भाग्य पाउँछन् । तीनै भाग्यमानी पासाङको पार्थिव शरीरलाई राजधानी ल्याएर राष्ट्रिय सम्मानका साथ यात्रा गराइएको थियो ।
पासाङको निधनपछि उनलाई विभिन्न मानसम्मानबाट विभूषित गराइयो । उनी प्रदीप्त नेपाल तारा प्रथमबाट विभूषित भइन् । साथै सरकारले उनलाई राष्ट्रिय विभूतिमा समावेश गर्‍यो । उनका नाउँमा हुलाक टिकट पनि प्रकाशनमा आयो । त्यसपछि पासाङल्हामू शेर्पा पर्वतारोहण प्रतिष्ठानको स्थापना भयो । साथै उनका स्मृतिमा शिक्षण, सामाजिक र पर्वतारोहणबारेका संस्थाहरूको पनि स्थापना भइरहृयो ।
अन्तिम पटकको कुरा हो, जुन बेला पासाङ र उनका पति लाक्पा सगरमाथा माथिमाथि उक्लिरहेका थिए । चौथो सिविरसम्म दुबैजना विजय हुँदै थिए । तर सगरमाथाको चुचुरामा पुग्ने समय त्यस ठाँउमा अत्यासै लाग्ने गरि मौसमले कहाली लाग्दो रुप लिएको थियो । अनि पासाङले आफ्ना पतिलाई विनम्रता दर्शाएर भनिन्, ‘स्थिति ठीक छैन, तपाईं यहीँबाट तुरुन्तै फर्कनुहोस् । हामी दुवै जना बित्यौं भने घरपरिवार कसले हर्ेछ -‘ त्यति बेला पासाङको कुरा लाक्पाले हार्नै सकेनन् । वास्तवमा पासाङको हिम्मत चाहिं फलाम जस्तै बलियो थियो । त्यसैले उनी सगरमाथा आरोहणका लागि विश्वमा सत्रौं स्थानकी नारी पात्रमा अभिलिखित भइन् । अनि उनी सगरमाथा टेक्ने प्रथम नेपाली नारी भइन् ।

नेपाली साहित्यका विभूति

नइ टेलिफोन कोश


नइको चिनारी