» नइ प्रकाशन नेपाल सरकारबाट आयकर छुट पाएको गैरराजनीतिक साहित्यिक, सांस्कृतिक र सामाजिक संस्था हो ।

Home » बाँचेका मान्छे (जीवनीसङ्ग्रह) » कृष्णमान डङ्गोल Krishna Man Dhangol

नइको चिनारी


कृष्णमान डङ्गोल Krishna Man Dhangol

गाउँदै आएँ गाउँदै आएँ हजुर
नेपालको गीत मैले गाउँदै आएँ ।

सङ्गीतको एउटा सागर सरलतापूर्वक बगिरहन्छ । सङ्गीत स्वयम्मा नरम, मीठो र मनमोहक हुन्छ अनि यसका साधक पनि त्यस्तै हुन्छन् भन्ने प्रमाण खोज्न नेपाली सङ्गीतसाधकसँग सङ्गत गर्नै पर्छ । नेपाली गायन तथा सङ्गीतको राजमार्ग को एउटा अर्को बलियो हस्तीको नाउँ कृष्णमान पनि मानिए । उनी जति मिलनसार थिए, त्यति सादा थिए र जति राम्रा सङ्गीत उत्पादन गर्थे त्यसरी नै स्वर फुकाएर गाउन पनि सक्षम थिए । उनका गीत मेलोडीले ओतप्रोत थिए । अथवा सङ्गीत र स्वरमा चाहिने सारतत्त्व उनको कलामा आबद्ध भए । त्यसैले उनी सङ्गीतजगत् का एउटा नबिर्सने नाउँ बने ।

कृष्णमानको एउटा राम्रो बानी थियो- उनी कहिले प्रचारमा आउन चाहेनन् । साथै उनको एउटा नराम्रो बानी पनि थियो- उनले आफूलाई म योग्य छु भनेर कहिल्यै अघि सारेनन् । उनी गीतलाई जति सङ्गीत दिन्थे त्यहीँ रित्तिन्थे र फेरि सङ्गीतमा आउँथे र फेरि पनि त्यसै गर्थे । गायनमा पनि उनको रीत त्यस्तै थियो । यति हुँदाहुँदै पनि उनी नेपाली आधुनिक सङ्गीतका एउटा प्रमुख व्यक्तित्व बने ।

धार्मिक गीत सुन्नेहरूका लागि त कृष्णमान एउटा सुपरिचित नाउँ थियो । उनले आधुनिक गीतमा प्रेम, विरह, प्रकृति र जगत्का शब्दहरूमा जति धून दिए तीभन्दा धेरै धून यिनले भजनमा खर्च गरे । त्यसैले यी आधुनिक सङ्गीतकारभन्दा भजनका सङ्गीतकारमा चर्चित भए । भजनमा नै यिनले डुबुल्की मारे तापनि यिनको आधुनिक गीतियात्रा अत्यन्तै फराकिलो भयो । यिनले जम्मा १०५७ गीतहरूमा सङ्गीत प्रदान गरे । साथै यिनले साठीवटा आधुनिक गीत गाए भने चार सय भजन पनि गाए । खास गरेर रेडियो नेपालमा यिनको योगदानले सयपत्री फुलाएको थियो । त्यस ठाउँमा यिनको निरन्तरता, र्समर्पण र जागरणले नेपाली आधुनिक सङ्गीतको श्रीवृद्धिका लागि महत्त्वपूर्णभूमिका खेलेको थियो ।

कृष्णमानमा सानामा आफैँ गीत गाउँदै नाच्ने कला पनि थियो । त्यतिबेला पाटनमा सम्पन्न हुने रङ्गमञ्चहरूमा उनको उपस्थिति अनिवार्य हुने गथ्र्यो । खास गरेर २००७ सालअघिसम्म उनी नाटयशालाहरूमा नै भेटिने गर्थे । त्यस बेला उनी अभिनयमा प्रसिद्ध पनि थिए । त्यस बेलाको कुरा गर्ने हो भने कृष्णमान कहिले अभिनेता हुन्थे र कहिले अभिनेत्री हुन्थे । किनभने त्यस बेला रङ्गमञ्चमा उभिएर नाटक खेल्ने केटीहरू भेटिँदैनथे । त्यसैले यिनको सक्रियताले नेपाली नाटकजगत् फस्टाउनमा पनि अमूल्य भूमिका खेलेको थियो । नाच्तै, खेल्दै गाउँदै जाँदा उनी युवा अवस्थामा राम्रा गायक र सङ्गीतकारमा स्थापित भएका थिए :

ए साइँली ! हेरन कोइली डाक्दछेवनभित्र लुक्तै
ए साँहिला ! हेरन कोइली डाक्दछेमनभित्र लुक्तै !

कृष्णमानको जन्म ललितपुरको बोडेगाउँ भन्ने ठाउँमा भएको थियो । गोपाल डङ्गोल र लक्ष्मीदेवीका यिनी एक्ला सन्तान थिए । चारैतिर नदीनाला र र्झना का आवाजसँगै यिनी १९८२ सालको असारकृष्ण षष्ठीमा पृथ्वीमा सर्व प्रथम रोएका थिए ।
कृष्णमान डङ्गोल सानो हुँदादेखि नै भजनप्रति स्नेही थिए । उनी भजन हुने ठाउँ खोज्दै पुग्ने गर्थे । त्यस्ता ठाउँमा गएर भजन गाउँदा उनी रमाउने गर्थे । यदि भजनमण्डली भएका ठाउँमा गीत गाउन पाएनन् भने उनी आफ्नै घरमा आएर भजन गाउने गर्थे । त्यस बेलादेखि सधैँ हरेक बिहानबेलुका उनले भजन गाउँदै आए । उनले भजन गाउनका लागि हार्मो नियम छोएपछि टोलछिमेक पनि उनका अघिल्तिर झुरुम्म झुम्मिने परिपाटी नौलो थिएन र यो पनि उनको कलाको विशेषता नै थियो ।

कृष्णमानलाई शास्त्रीय गीत सिकाउने गुरु लक्ष्मीनारायण थिए । तिनै गुरुका अथक मेहनतबाट कृष्णमानले आफ्नो यात्रामा पारङ्गत हुने मौका पाए । उनी शास्त्रीय सङ्गीत रचनाका अतिरिक्त सितारवादनमा पनि कुशल भए । तबलावादन पनि कृष्णमानको सोखको विषयवस्तु भयो । हार्मोनियम कृष्णमानको साथी थियो । उनी फुर्सद भयो भने तुरुन्तै आफ्ना साथीसँग खेलकुद गर्न पुगिहाल्थे । त्यसैले उनीबाट थुप्रै स्तरीय सङ्गीत पनि जन्मिए । उनका सङ्गीतका कारण धेरै गायक, गायिकाहरू पनि स्थापित भए । सुरुमा कति गायकगायिकाहरूलाई त उनले बोकेर नै हिँडे । नेपालमा नाउँ चलेका धेरै गायकगायिकाहरू कृष्णमानकै स्नेहका प्रतीक मानिए ।

कृष्णमान गायन र सङ्गीतमा जति रुचि राख्थे त्यति नै उनी नोकरीमा पनि व्यस्त थिए । २००४ सालमा उनी र्सव प्रथम शिक्षा मन्त्रालयको नौसिन्दा पदमा छिरेका थिए । त्यसपछि उनी निरन्तर नेपाल सरकारको सेवामा आबद्ध भइरहे । २०१९ सालमा उनी शाही जङ्गी अड्डाको सङ्गीत निर्देशकमा पनि भर्ना भए । त्यहाँ कार्य रत रहँदा उनले लोकनाटक, गीतिनाटक र अन्य कार्य क्रमहरूको पनि निर्देशन गरिरहे । त्यस बेला उनी स्याबासी र सम्मानका नजिक पनि भए । खास गरेर गीतमा चाहिँ उनले जनसम्मान पाइरहे :

मेरो माया छ भने त्यता
पानी खाने निहुँ गरी आऊ यता ।

कृष्णमान लोकगीतगायनमा पनि चिनिएको नाउँ थिए । २०२० सालमा नै उनी लोकगीतगायनमा प्रख्यात भइसकेका थिए । २०२१ सालमा रेडियो नेपालमा सम्पन्न लोकगीत सम्मेलनमा उनी प्रथम भएका थिए । २०२३ सालमा सम्पन्न आधुनिक गीत सम्मेलनमा पनि उनी प्रथम नै भएका थिए । त्यस बेला उनको गायनको कदरस्वरूप उनलाई स्वर्णपदक प्रदान गरिएको थियो र ‘कालोकालो कपालको कति राम्रो छाया’बाट उनले सो गीत आफ्ना गलामा टाँस्न पाएका थिए । साथै उनले आफ्नो छातीमा पाँचौं नम्बरको गोरखा दक्षिणबाहु पनि टाँस्न पाएका थिए ।

कृष्णमानले १९८७ सालमा हीरादेवीसँग वैवाहिक जीवन बाँधेका थिए । वैवाहिक जीवनमा प्रवेश भएपछि उनी सङ्गीतकलामा झनै राम्ररी जुट्न थाले । यिनकी पत्नी पनि सङ्गीत भनेपछि मोहित हुन्थिन् । सङ्गीतमा खेल्दाखेल्दै यी दम्पतिबाट एउटी छोरी ईश्वरी र दुईछोरा प्रेममान र राजेन्द्रमान जन्मेका थिए ।

कृष्णमानले जीवनमा विभिन्न प्रकारका काम गर्दै हिँडे तापनि उनले सङ्गीतको बिँडोलाई कहिल्यै छाडेनन् । बाँचुन्जेल उनी सङ्गीतभित्रभित्रै डुबे । उनी २०६२ साल साउन २२ गतेका दिन स्वर्गीय भए । वास्तवमा आफ्नो जीवनकालभरि उनी जहाँजहाँ गए उनले आफ्नो सङ् गीत र स्वरलाई त्यहीँत्यहीँ पुर्‍याए । त्यसैले उनी साङ् गीतिक फाँटमा सधैँ हराभरा भइरहे । उनी यस जगत्लाई सधैँ झििलमिली पार्ने तारा भइरहे । उनका स्वरसङ्गीतले नेपाली डाँडापाखा छाइरहे :

कालोकालो कपालको कति राम्रो छायाँ
त्यही छायाँमा एकै छिन निदाएको माया ।

नेपाली साहित्यका विभूति

नइ अभिलेख


नइ टेलिफोन कोश