» नइ प्रकाशन नेपाल सरकारबाट आयकर छुट पाएको गैरराजनीतिक साहित्यिक, सांस्कृतिक र सामाजिक संस्था हो ।

Home » नइका कृति लोकार्पण

नइको चिनारी


नइका कृति लोकार्पण

काठमाडौं, २०८१ साउन ५ गते
‘देशभक्त राजनेता कीर्तिनिधि विष्ट’नामक ग्रन्थको पूर्वप्रधानन्यायाधीश श्री अनुपराज शर्मा, शिक्षाविद् प्रा.डा.सुरेशराज शर्मा र महासमालोचक प्रा.डा.वासुदेव त्रिपाठीले आज राजधानी काठमाडौँमा सामूहिक लोकार्पण गर्नुभयो ।

समारोहमा समालोचक प्रा.केशव सुवेदीले सो ग्रन्थबारे समीक्षात्मक मन्तव्य प्रस्तुत गर्नुभएको थियो ।

नइ प्रकाशनका कुलपति श्रीमती इन्दिरा प्रसाईको सभापतित्वमा सञ्चालित उक्त समारोहमा सदस्यसचिव नरेन्द्रराज प्रसाईले ग्रन्थका बारेमा मन्तव्य प्रकट गर्नुभएको थियो ।

नरेन्द्रराज प्रसाई तथा इन्दिरा प्रसाईबाट सम्पादित ‘देशभक्त राजनेता कीर्तिनिधि विष्ट’नामक ग्रन्थमा पूर्वप्रधानमन्त्री विष्टको राष्ट्रिय राजनीतिक योगदानको चित्र प्रस्तुत गरिएको छ । सो ग्रन्थ नइ प्रकाशनको १८३ औँ कृतिका रुपमा प्रकाशित भएको हो ।

‘देशभक्त राजनेता कीर्तिनिधि विष्ट’नामक ५८८ पृष्ठको ग्रन्थमा प्रधानमन्त्री केपी शर्मा वली, पूर्वप्रधानमन्त्रीद्वय लोकेन्द्रबहादुर चन्द र माधवकुमार नेपाल, राष्ट्रकवि माधव घिमिरे, शताब्दी पुरुष सत्यमोहन जोशी, सीपी मैनाली, पशुपतिशमशेर राणा, नवराज सुवेदी, अर्जुननरसिंह केसी, कमल थापा, डा.भेषबहादुर थापा, भद्रकुमारी घले, कृष्णप्रसाद भण्डारी, लोकमानसिंह कार्कीसमेत ६९ जना स्वनामधन्य व्यक्तिहरूका लेखहरु समेटिएका छन् ।

काठमाडौँ २०८१ वैशाख ३० गते-
वानीरा फाउन्डेसनले आज एक समारोह बीच राजधानी काठमाडौँमा शताब्दी पुरुष डा.सत्यमोहन जोशीको १०५ औँ जयन्ती मनायो ।

सोही अवसरमा वानीरा फाउन्डेसनका संस्थापक इन्जिनियर शङ्कर गिरी, भूपालमानसिंह कार्की प्रज्ञापरिषदका अध्यक्ष लोकमानसिंह कार्की तथा नइ प्रकाशनका कुलपति इन्दिरा प्रसाईले नइ प्रकाशनबाट प्रकाशित चार वटा कृतिको लोकार्पण गर्नुभयो ।

प्रा.डा.उषा ठाकुरबाट सम्पादित ‘सुनीता कार्कीको काव्यकारिता’, प्रा.डा.सावित्री कक्षपतीद्वारा लिखित ‘नरेन्द्रराज प्रसाईको अर्जुनदृष्टि : ललितत्रिपुरसुन्दरी’, डा.अम्बिका अर्यालद्वारा लिखित ‘नारीअस्तित्व र इन्दिरा प्रसाईका उपन्यास’ र अणुराज जोशीद्वारा सामू उप्रेतीको उपन्यास ‘तिम्रो म’को नेपाली भाषाबाट अङ्ग्रेजी भाषामा अनुदित ‘आइएम् योर्स’ नामक कृतिहरु आज लोकार्पण भएका हुन् ।

वानीरा फाउन्डेसनका अध्यक्ष इन्दिरा प्रसाईको सभापतित्वमा सञ्चालित सो समारोहमा सुनीता कार्की, प्रा.डा.सावित्री कक्षपती, डा.अम्बिका अर्याल, अणुराज जोशी तथा सदस्यसचिव नरेन्द्रराज प्रसाई र कार्यक्रम संयोजक भगवती बस्नेतले शताब्दी पुरुष डा.सत्यमोहन जोशीको महिमा र नव कृतिहरुबारे मन्तव्य प्रकट गर्नुभयो ।

काठमाडौं, २०८० पुस २६ गते-
वानीरा फाउन्डेसनका संस्थापक तथा संरक्षक ई.शङ्कर गिरीले नइ प्रकाशनबाट प्रकाशित चारवटा कृतिको एक समारोह बीच लोकार्पण गर्नुभयो ।

नरेन्द्रराज प्रसाईद्वारा लिखित तथा अणुराज जोशीबाट अङ्ग्रेजी भाषामा अनुदित ‘प्रेमा शाह’ नामक जीवनीकृति लगायत डा. ध्रुव शर्मा मुडभरीको आत्मकथा ‘लुकेको वृतान्त’, नारायणप्रसाद मिश्रबाट रचित कवितासङ्ग्रह ‘विरह’ र नरेन्द्रराज प्रसाईद्वारा लिखित ‘भारतीय नेपाली प्राज्ञ राजनारायण प्रधान’ नामक जीवनीकृतिको लोकार्पण भएका हुन् ।

वानीरा फाउन्डेसनद्वारा आयोजित उक्त समारोहमा अनुवादक अणुराज जोशी तथा डा.अनिष मुडभरीबाट लोकार्पित कृतिहरुबारे मन्तव्य प्रस्तुत भएको थियो ।

वानीरा फाउन्डेसनका अध्यक्ष इन्दिरा प्रसाईको सभापतित्वमा सञ्चालित सो समारोहमा सदस्यसचिव नरेन्द्रराज प्रसाई तथा कार्यक्रम संयोजक भगवती बस्नेतले नवकृतिहरु र संस्थाको प्रगतिबारे मन्तव्य प्रकट गर्नुभयो ।

वानीरा फाउन्डेसनका अध्यक्ष इन्दिरा प्रसाईबाट फाउन्डेसन भवनको प्राङ्गणमा रहेको नेपाली साहित्यका विश्व नारी रत्न डा.वानीरा गिरीको पूर्ण कदको सालिकमा माल्यार्पण गरिएपछि कार्यक्रम आरम्भ भएको थियो ।

२०८० भदाै २४—
वानीरा फाउन्डेसनका संस्थापक तथा संरक्षक ई.शङ्कर गिरीले नइ प्रकनशनबाट प्रकाशित पाँच वटा कृतिको काठमाडौँमा आज लोकार्पण गर्नुभयो ।

इन्दिरा प्रसाईद्वारा लिखित ‘बघेनी’ नामक प्रयोगवादी कथासङ्ग्रह लगायत सुनीता कार्कीको ‘साथ रहोस् नरहोस्’, भगवती बस्नेतको ‘विश्वम्भरा’, ओमकुमारी बञ्जारा रानाभाटको ‘ऋतु’ र रश्मि रिमालबाट रचित ‘पर्दाभित्र’ कवितासङ्ग्रहहरु आज लोकार्पण भएका कृतिहरू हुन् ।

वानीरा फाउन्डेसनद्वारा आयोजित उक्त समारोहमा समालोचक प्रा.केशव सुवेदीबाट लोकार्पित कृतिहरुको समीक्षात्मक मन्तव्य प्रस्तुत भएको थियो ।

समारोहमा कविताकृतिका नारीस्रष्टाहरुबाट कविता वाचन भएको थियो ।

वानीरा फाउन्डेसनका अध्यक्ष इन्दिरा प्रसाईको सभापतित्वमा सञ्चालित सो समारोहमा सदस्यसचिव नरेन्द्रराज प्रसाई तथा कार्यक्रम संयोजक भगवती बस्नेतले नवकृतिहरु र संस्थाको प्रगतिबारे मन्तव्य प्रकट गर्नुभयो ।

वानीरा फाउन्डेसनका अध्यक्ष इन्दिरा प्रसाईबाट फाउन्डेसन भवनको प्राङ्गणमा रहेको नेपाली साहित्यका विश्व नारी रत्न डा.वानीरा गिरीको पूर्ण कदको सालिकमा माल्यार्पण गरिएपछि कार्यक्रम आरम्भ भएको थियो ।

नेपाली साहित्यका विभूति

नइ अभिलेख


नइ टेलिफोन कोश