नइ पुरस्कार - Nai Award
SCROLL DOWN FOR ENGLISH VERSION
*****
१) नइ देरूनीख अन्तर्राष्ट्रिय पुरस्कार (तीन लाख रूपियाँ राशि)
नइ प्रकाशन र दाता खनुपरुदे 'रामबाबू'का बुबा देवीप्रसाद प्रसाई, आमा रुद्रकुमारी प्रसाई र दाता खनुपरुदे 'रामबाबूको नाउँको अघिल्लो अक्षर जोडेर स्थापना गरेको तीन लाख रूपियाँ राशिको यो पुरस्कार अन्तराष्ट्रिय क्षेत्रमा ख्याति कमाएकामध्ये एक जना विशिष्ठ विदेशी व्यक्तित्वलाई हरेक वर्ष प्रदान गरिनेछ ।
२) नइ देरूनीख अन्तर्राष्ट्रिय पुरस्कार (दुई लाख रूपियाँ राशि)
नइ प्रकाशन र दाता खनुपरुदे 'रामबाबू'का बुबा देवीप्रसाद प्रसाई, आमा रुद्रकुमारी प्रसाई,पत्नी नीलिम प्रसाई र दाता खनुपरुदे 'रामबाबूको नाउँको अघिल्लो अक्षर जोडेर स्थापना गरेको दुई लाख रूपियाँ राशिको यो पुरस्कार अन्तरार्ष्ट्रिय क्षेत्रमा ख्याति कमाएकामध्ये एक जना विशिष्ठ नेपालीगोर्खाली मूलका विदेशी व्यक्तित्वलाई हरेक वर्ष प्रदान गरिनेछ ।
३) नइ चन्द्रधन पुरस्कार (एक लाख रूपियाँ राशि)
नइ प्रकाशनको सुरुको शब्द र पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्टका बुबा चन्द्रनिधि विष्ट र आमा धनकुमारी विष्टको नाउँ जोडेर स्थापना गरिएको एक लाख रूपियाँ राशिको यो पुरस्कार सनातन हिन्दू धर्म र संस्कृति क्षेत्रका एक जना स्रष्टा वा धर्मसंस्कृति प्रवर्द्धनहेतू लेखिएको एक कृतिलाई हरेक वर्ष प्रदान गरिनेछ । यो पुरस्कार कीर्तिनिधि विष्टको हार्दिक सङ्कल्पबमोजिम स्थापना भएको हो ।
४) नइ कीर्तिनिधि पुरस्कार (एक लाख रूपियाँ राशि)
नइ प्रकाशनको सुरुको शब्द र पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्टको नाउँ जोडेर स्थापना गरिएको एक लाख रूपियाँ राशिको यो पुरस्कार समाजका कुनै पनि क्षेत्रमा समर्पित भई रचनात्मक कार्य गर्ने एक जना देशभक्त चिन्तकलाई हरेक वर्ष प्रदान गरिनेछ ।
५) नइ देरूनीख सुकीर्ति पुरस्कार (एक लाख रूपियाँ राशि)
नइ प्रकाशन र दाता खनुपरुदे 'रामबाबू'का बुबा देवीप्रसाद प्रसाई, आमा रुद्रकुमारी प्रसाई,पत्नी नीलिम प्रसाई र दाता खनुपरुदे 'रामबाबूको नाउँको अघिल्लो अक्षर जोडेर स्थापना गरेको एक लाख रूपियाँ राशिको यो पुरस्कार राष्ट्रका विविध क्षेत्रमा ख्याति कमाएकामध्ये एक जना विशिष्ठ व्यक्तित्वलाई हरेक वर्ष प्रदान गरिनेछ ।
६) नइ गणेशदुर्गा अन्तर्राष्ट्रिय पुरस्कार (एक लाख रूपियाँ राशि)
नइ प्रकाशनको अघिल्लो शब्द र स्रष्टा इन्दिरा प्रसाईका बुबा स्वर्गीय गणेशप्रसाद शर्मा र आमा दुर्गादेवी नेपालका नाउँका अगाडिका शब्द जोडेर स्थापना गरेको एक रूपियाँ राशिको यो पुरस्कार नेपाली भाषासाहित्यमा नेपाली या नेपाली मूलका विदेशी स्रष्टा या विदेशमै बसेका बेला लेखिएर छापिएको एउटा उत्कृष्ट कृतिलाई हरेक वर्ष प्रदान गरिनेछ ।
७) नइ भाजप पुरस्कार (एक लाख रूपियाँ राशि)
नइ प्रकाशन र स्रष्टा नरेन्द्रराज प्रसाईका आमा भागीरथा प्रसाई, बुबा स्वर्गीय जयप्रसाद प्रसाई र दाजु स्वर्गीय पद्मराज प्रसाईका नाउँका अघिल्ला अक्षरहरू जोडेर स्थापना गरेको एक लाख रूपियाँ राशिको यो पुरस्कार एक जना प्रसिद्ध व्यक्तित्वलाई हरेक वर्ष प्रदान गरिनेछ ।
८) नइ भूपालदुर्गा पुरस्कार (एक लाख रूपियाँ राशि)
नइ प्रकाशनको सुरुको शब्द र राजनीतिज्ञ, समाजसेवी तथा प्रशासक जनरल भूपालमानसिंह कार्की र निजकी पत्नी दुर्गाकुमारी कार्कीका नाउँका अगाडिका शब्द जोडेर स्थापना गरिएको एक लाख रुपियाँ राशिको 'नइ भूपालदुर्गा पुरस्कार' आध्यात्मिक चिन्तन, संस्कृति र समाजसेवाका क्षेत्रका एक एक जना महानुभावलाई हरेक वर्ष समर्पण गरिनेछ ।
९) नइ भावि पुरस्कार (एक लाख रूपियाँ राशि)
नइ प्रकाशन र स्रष्टा नरेन्द्रराज प्रसाईका जेठी भाउजू भागीरथा प्रसाई र जेठा दाजु विष्णुभक्त प्रसाईका नाउँका अगाडिका शब्द जोडेर स्थापना गरिएको एक लाख रुपियाँ राशिको ‘नइ भावि पुरस्कार’ विज्ञान तथा प्रविधिका क्षेत्रमा योगदान पुर्याएका मध्ये एक जना विशिष्ठ व्यक्तित्वलाई हरेक वर्ष समर्पण गरिनेछ ।
१०) नइ शाेध पुरस्कार (एक लाख रूपियाँ राशि)
नइ प्रकाशनको रजत महोत्सवका अवसरमा स्थापना गरिएको एक लाख रुपियाँ राशिको ‘नइ शोध पुरस्कार’ राष्ट्रकवि डा.माधवप्रसाद घिमिरे, वाङ्मय शताब्दी पुरुष डा.सत्यमोहन जोशी, जनराष्ट्रकवि ईश्वरवल्लभ, महासमालोचक प्रा.डा.वासुदेव त्रिपाठी तथा नेपाली साहित्यका विश्वनारी रत्न डा.वानीरा गिरीमध्ये एक जनाको व्यक्तित्व, कृतित्व र साहित्यिक योगदानबारे विद्यावारिधि गर्ने एक जना विशिष्ट शोधार्थीलाई शोधसँग सम्बन्धित व्यक्तित्वको नाउँ जोडेर समर्पण गरिनेछ ।
११) नइ यउजा पुरस्कार (एक लाख रूपियाँ राशि)
नइ प्रकाशनको सुरुको शब्द र राजनीतिज्ञ, समाजसेवी र स्रष्टा यज्ञप्रसाद आचार्य, निजकी पत्नी उमादेवी आचार्य र निजहरुका पनाति जाग्रव निरौलाको नाउँको अघिल्लो अक्षर जोडेर स्थापना गरिएको एक लाख रुपियाँ राशिको यो पुरस्कार चित्रकलाका क्षेत्रमा हरेक वर्ष बिराएर प्रदान गरिनेछ ।
१२) नइ ईश्वर बराल पुरस्कार (एक लाख रूपियाँ राशि)
नइ प्रकाशनको सुरुको शब्द र नेपाली भाषासाहित्यका महारथी प्रा.डा.ईश्वर बरालको नाउँ जोडेर स्थापना गरिएको एक लाख रूपियाँ राशिको यो पुरस्कार सम्पादन र अन्वेषण क्षेत्रका एक जना स्रष्टालाई हरेक वर्ष बिराएर प्रदान गरिनेछ । यो पुरस्कार श्रीमती रानू बरालको हार्दिक सङ्कल्पबमोजिम स्थापना भएको हो ।
१३) नइ धनरूप पुरस्कार (एक लाख रूपियाँ राशि)
नइ प्रकाशन र इन्जिनियर दीपकराज प्रसाईका आमा धनमाया प्रसाई र बुबा रूपनारायण प्रसाईका नाउँका अगाडिका शब्द जोडेर स्थापना गरिएको एक लाख रुपियाँ राशिको 'नइ धनरूप पुरस्कार' काठमाडौं उपत्यका बाहिरका नेपाली भाषा साहित्यमा सेवारत एक जना स्रष्टालाई हरेक वर्ष बिराएर प्रदान गरिनेछ ।
१४) नइ कोइलीदेवी पुरस्कार (एक लाख रूपियाँ राशि)
नइ प्रकाशनको अघिल्लो शब्द र नेपाली सङ्गीतकी सुविख्यात गायिका,सङ्गीतकार र रचनाकार कोइलीदेवीका सम्मानमा स्थापना गरेको एक लाख रूपियाँ राशिको यो पुरस्कार गायक ,सङ्गीतकार र रचनाकारमध्ये एक जनालाई हरेक वर्ष बिराएर प्रदान गरिनेछ ।
१५) नइ ईश्वरवल्लभ पुरस्कार (एक लाख रूपियाँ राशि)
नइ प्रकाशनको अघिल्लो शब्द र नेपाली साहित्यका सुप्रसिद्ध स्रष्टा ईश्वरवल्लभका सम्मानमा स्थापना गरेको एक लाख रूपियाँ राशिको यो पुरस्कार एक जना स्रष्टामा हरेक वर्ष बिराएर प्रदान गरिनेछ । नइ ईश्वरवल्लभ पुरस्कार स्रष्टा उन्नती बोहरा 'शीला', स्रष्टा प्राध्यापक डा.उषा ठाकुर, स्रष्टा प्राध्यापक डा.रामप्रसाद उप्रेती र स्रष्टा उषा शेरचनसमेतको आर्थिक सहयोगबाट स्थापना भएको हो ।
१६) नइ देरूनीख प्रदीप्ति पुरस्कार (साठी हजार रूपियाँ राशि)
नइ प्रकाशन र दाता खनुपरुदे 'रामबाबू'का बुबा देवीप्रसाद प्रसाई, आमा रुद्रकुमारी प्रसाई,पत्नी नीलिम प्रसाई र दाता खनुपरुदे 'रामबाबूको नाउँको अघिल्लो अक्षर जोडेर स्थापना गरेको साठी हजार रूपियाँ राशिको यो पुरस्कार राष्ट्रका विविध क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याएकामध्ये एक जना सुप्रसिद्ध व्यक्तित्वलाई हरेक वर्ष प्रदान गरिनेछ ।
१७) नइ रेखा पुरस्कार (साठी हजार रूपियाँ राशि)
नइ प्रकाशनको अघिल्लो शब्द र दाता भरतराज प्रसाई र रूपा प्रसाईकी छोरी रेखा प्रसाईको स्मृतिमा स्थापना गरेको साठी हजार रूपियाँ राशिको यो पुरस्कार एक जना नारीस्रष्टालाई हरेक वर्ष बिराएर प्रदान गरिनेछ ।
१८) नइ बुलु शर्मा पुरस्कार (पचास हजार रूपियाँ राशि)
नइ प्रकाशनको सुरुको शब्द र स्रष्टा बुलु शर्माको नाउँ जोडेर स्थापना गरिएको पचास हजार रूपियाँ राशिको यो पुरस्कार काठमाडौं उपत्यका बाहिरका एक जना नारी स्रष्टालाई हरेक वर्ष प्रदान गरिनेछ ।
१९) नइ रामलक्ष्मी पुरस्कार (पचास हजार रूपियाँ राशि)
नइ प्रकाशन र दाता प्रा.डा. रामप्रसाद उप्रेती र निजकी पत्नी लक्ष्मी उप्रेतीका नाउँका अघिल्ला शब्द जोडेर स्थापना गरेको पचास हजार रूपियाँ राशिको यो पुरस्कार यौनिक तथा लैङ्गिक अल्पसंख्यक व्यक्तिहरुमध्ये राष्ट्रका विविध क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका एक जना व्यक्तित्वलाई हरेक वर्ष बिराएर प्रदान गरिनेछ ।
२०) नइ देरूनीख गौरव पुरस्कार (पचास हजार रुपियाँ राशि)
नइ प्रकाशन र दाता खनुपरुदे 'रामबाबू'का बुबा देवीप्रसाद प्रसाई, आमा रुद्रकुमारी प्रसाई,पत्नी नीलिम प्रसाई र दाता खनुपरुदे 'रामबाबूको नाउँको अघिल्लो अक्षर जोडेर स्थापना गरेको पचास हजार रुपियाँ राशिको यो पुरस्कार पच्चीसदेखि पचास वर्षसम्मका एक जना प्रसिद्ध व्यक्तित्वलाई हरेक वर्ष बिराएर प्रदान गरिनेछ ।
२१) नइ देरूनीख पौरख पुरस्कार (पच्चीस हजार रुपियाँ राशि)
नइ प्रकाशन र दाता खनुपरुदे 'रामबाबू'का बुबा देवीप्रसाद प्रसाई, आमा रुद्रकुमारी प्रसाई,पत्नी नीलिम प्रसाई र दाता खनुपरुदे 'रामबाबूको नाउँको अघिल्लो अक्षर जोडेर स्थापना गरेको पच्चीस हजार रूपियाँ राशिको यो पुरस्कार राष्ट्रका विविध क्षेत्रमा योगदान पुर्याएकामध्ये पन्ध्रदेखि पच्चीस वर्षसम्मका एक जना होनहार प्रतिभालाई हरेक वर्ष बिराएर प्रदान गरिनेछ ।
२२) नइ बाल पुरस्कार (दस हजार रुपियाँ राशि)
दस हजार रूपियाँ राशिको यो पुरस्कार दसदेखि पन्ध्र वर्षसम्मका प्रतिभाशाली बालबालिकामध्ये एक जना बहुआयमिक प्रतिभालाई हरेक वर्ष प्रदान गरिनेछ ।
२३) नइ बाल साहित्य पुरस्कार (दस हजार रुपियाँ राशि)
दस हजार रूपियाँ राशिको यो पुरस्कार दसदेखि पन्ध्र वर्षसम्मका बालबालिकामध्ये साहित्यका क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याएकामध्ये एक जनाप्रतिभालाई हरेक वर्ष प्रदान गरिनेछ ।
२४) नइ बाल चित्रकला पुरस्कार (दस हजार रुपियाँ राशि)
दस हजार रूपियाँ राशिको यो पुरस्कार दसदेखि पन्ध्र वर्षसम्मका बालबालिकामध्ये चित्रकलाका क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याएकामध्ये एक जनाप्रतिभालाई हरेक वर्ष प्रदान गरिनेछ ।
२५) नइ बाल गायन पुरस्कार (दस हजार रुपियाँ राशि)
दस हजार रूपियाँ राशिको यो पुरस्कार दसदेखि पन्ध्र वर्षसम्मका बालबालिकामध्ये गायनका क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याएकामध्ये एक जनाप्रतिभालाई हरेक वर्ष प्रदान गरिनेछ ।
२६) नइ बाल नृत्य पुरस्कार (दस हजार रुपियाँ राशि)
दस हजार रूपियाँ राशिको यो पुरस्कार दसदेखि पन्ध्र वर्षसम्मका बालबालिकामध्ये नृत्यका क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याएकामध्ये एक जनाप्रतिभालाई हरेक वर्ष प्रदान गरिनेछ ।
२७) नइ बाल खेलकूद पुरस्कार (दस हजार रुपियाँ राशि)
दस हजार रूपियाँ राशिको यो पुरस्कार दसदेखि पन्ध्र वर्षसम्मका बालबालिकामध्ये खेलकूदका क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याएकामध्ये एक जनाप्रतिभालाई हरेक वर्ष प्रदान गरिनेछ ।
२८) नइ कोपिला गायन पुरस्कार (सात हजार रुपियाँ राशि)
सात हजार रूपियाँ राशिको यो पुरस्कार पाँचदेखि दसवर्षसम्मका प्रतिभाशाली एक जना बालबालिकालाई गायनको क्षेत्रमा हरेक वर्ष प्रदान गरिनेछ ।
२९) नइ कोपिला नृत्य पुरस्कार (सात हजार रुपियाँ राशि)
सात हजार रूपियाँ राशिको यो पुरस्कार पाँचदेखि दसवर्षसम्मका प्रतिभाशाली एक जना बालबालिकालाई नृत्यको क्षेत्रमा हरेक वर्ष प्रदान गरिनेछ ।
३०) नइ चिचिला पुरस्कार (पाँच हजार रुपियाँ राशि)
पाँच हजार रूपियाँ राशिको यो पुरस्कार पाँच वर्षसम्मका प्रतिभाशाली बालबालिकामध्ये एक जनालाई हरेक वर्ष प्रदान गरिनेछ ।
०
नइ पुरस्कारहरू हरेक सालको वैशाख वा जेठ महिनामा समर्पण गरिने छन् ।
Awardees
coming soon...
|