![]() |
![]() |
हाम्रोबारे - About usLiteratureनेपाली साहित्यका विभूतिकेही कृतिका पूर्णपाठसूचना र समाचारनिबन्ध, कथा र कविता |
लेखनाथ पौड्याललेखनाथ पौड्यालको जन्म १९४१ साल पुस१५ गते कास्कीको अर्र्घौअर्चलेमा भएको थियो । यिनलाई जन्माउने आमाबाबु वसुन्धरादेवीर पं. दुर्गादत्त थिए। लेखनाथ पौड्यालले 'कविशिरोमणि'को पद पाएपछि उनले र्सवप्रथमआफ्ना गुरू दधिराम मरासिनीलाई एउटा चिठी लेखे ''मेरा पूज्य गुरू ! तपाईंले मेरा हातसमाएर मलाई कवितायात्रामा प्रवेश गराउनाले नै आज म कविशिरोमणि भएको छु।''
कविशिरोमणिको सम्मान पाएपछि पौड्यालले आफ्नोशिर उठेको ठाने । त्यसपछि उनी कविता लेखनमा मात्रै आबद्ध हुन थाले । साहित्यिकसङ्घसंस्थाहरूले पनि उनैलाई प्रमुख अतिथि बनाएर कार्यक्रमहरू गर्न थाले।
लेखनाथ पौड्याल, बालकृष्ण सम र लक्ष्मीप्रसाद देवकोटा खुवैमिल्थे । यिनीहरू प्रायः छुट्टिँदैन थिए । त्यसैले २००९ सालमा उनीहरू इलामको कर्फोकपुग्दा त्यहाँ उनीहरूको भव्य स्वागत भएको थियो । त्यसैताका उनीहरू दार्जीलिङ जाँदात्यहाँका त्रिमूर्ति सूधपा अर्थात् सूर्यविक्रम ज्ञावाली, धरणीधर शर्मा र पारसमणिप्रधानले यिनीहरूलाई पनि त्रिमूर्तिको सम्बोधन गरेका थिए । त्यसपछि नेपालीभाषासाहित्यमा त्रिमूर्ति भन्ने वित्तिक्कै पौड्याल, सम र देवकोटा कहलिन थाले।
२०११ सालको कुरा हो; पौड्यालकै शुभजन्मोत्सवको उपलक्ष्यमाकाठमाडौँमा उनको रथयात्रा गरियो । यो काम गर्ने प्रमुख हस्ती थिए गोपाल पाण्डे असीम। साथै यस कार्यमा छाता ओडाउने काम चाहिं महाकवि लक्ष्मीप्रसाद देवकोटाले गरेका थिए। त्यसै बेला देवकोटा र समले पौडयाललाई रथारोहण गराएका थिए । त्यस दिन पौडयालकाहातमा जनअभिनन्दनपत्रका साथमा पाँच हजार रुपियाँको थैली पनि राखिएको थियो । त्यसघटनाको खुशियालीमा पौड्याल रोएका थिए ।
पौड्याललाई रथारोहण गराइएको विषयमा उत्तमकुँवरले लेखेका छन् "२०११ पुस२० गतेको मध्य दिनमा जिउँदा कविलाई रथमा राखेर हजारौँ जनताले तँ छाड र म छाड गर्दैठमेल सल्लाघारीदेखि टुँडिखेलको ऐतिहासिक खरीको बोटसम्म ल्याए । शिरोमणिका आँखामाआँसु थियो, जनता हर्षोल्लासमा चुर्लुम्म डुबेका थिए । नेपालको निम्ति मात्र होइनसारा विश्वकै निम्ति यो साँच्चै नै ठूलो ऐतिहासिक घटना थियो ।"
पौडयालका डेढ दर्जन जति कृति प्रकाशनमा आए ।उनका कृतिहरू नेपाली आधुनिक भाषासाहित्यका अनुपम नमुना मानिन्छन् । उनका कृतिगतयोगदानले उनी नेपाली परिवेशमा र्सवत्र फैलिए । त्यसैले साहित्यप्रतिको कदरस्वरूपउनलाई मरणोपरान्त २०२६ सालमा त्रिभुवन प्रज्ञापुरस्कार पनि प्रदान गरियो।
महाकवि देवकोटाका जोडले पौडयाल नेपालएकेडेमीको पनि सदस्य भए । एकेडेमीका भ्वाइसचान्सलर बालचन्द्र शर्माले पौडयाललाईनपढेको भनेर राजा महेन्द्रलाई एकोहोर्याएका थिए; तर देवकोटाले राजालाई सन्देश पठाए "तीऋषिकल्प प्राज्ञ नभएको ठाउँमा मैले खुट्टा टेक्न मिल्दैन । त्यसपछि पौडयाल पनिसदस्यमा मनोनीत भए ।
पौडयालका मनपर्ने लेखक कालिदास थिए । उनकामनपर्ने अर्का स्रष्टा मैथीलिशरण गुप्ता थिए । साथै नेपाली भाषासाहित्यमा पौड्यालकामन पर्ने स्रष्टा लक्ष्मीप्रसाद देवकोटा र माधव घिमिरे थिए । लेखनाथलाई सबैभन्दापहिला कविसम्राट्को उपाधी लेख्ने पनि देवकोटा नै थिए । वास्तवमा पौड्याल आधुनिकनेपाली भाषासाहित्यका कविहरूका पनि कवि थिए ।
पौड्याललाई आर्थिक अभाव भइरहन्थ्यो । उनलाईगर्ज टार्ने काम राजा महेन्द्रले पनि गरिरहन्थे । त्यति मात्र होइन उनकोबिहानबेलुकाको चुल्हो बाल्ने काम पनि राजा महेन्द्रले नै गरिदिए । यसबारे पौड्याललेभने "मेरा साथ पैसा रहँदैन, दुःखको दुखै हुन्छ । साँझ सबेरचाहिँ राजाको कृपाबाट चलिरहेको छ ।"
राणाकालीन युगमा खुलेर साहित्य लेख्नपाइँदैनथ्यो । राम्रा सृजना पनि आगोमा झोस्नुपथ्र्यो या त स्रष्टाले चिसो खोरमासुत्न जानुपथ्र्यो । त्यसैले पौड्यालले जति लेखे धेरै लेखे । यसै प्रसङ्गमा उनी आफैभन्थे "मेरो समयमा त म एक्लो जस्तै थिएँ । त्यति बेला लेख्नु त पापै सम्झिन्थ्यो ।तर मैले त्यस्तो समयमा पनि लेखेँ नि !" पौडयालले दुई जनासँग बिहे गरे ।उनका छोरा अनन्त पौडयाल नेपालसरकारका सचिव भए । साथै उनका दुई छोरी पुण्यप्रभादेवी ढुङ्गाना र कुन्तिदेवीभट्टराईले पनि साहित्यमा आफूहरूलाई उभ्याए ।
पौडयालको स्वास्थ्य क्रमशः खच्किन थाल्यो ।खास गरेर २०२० सालपछि उनको देब्रे आँखालाई मोती विन्दूले ढपक्कै छोपेकोथियो; त्यसैले उनी एउटाआँखामात्र देख्थे ।
२०२२ सालमा पौडयाल तीर्थ गर्न बनारस लागे । तरभारतको रक्सौलमा पुगेपछि उनी थला परे । अनि उनले भने "अब म मर्छु । म मर्न मेरै देशमा र्फकन्छु।'' त्यसपछि उनलाई रातोरात नारायणगढको नारायणीनदीमा ल्याइपुर्याइयो । उनको त्यो समाचार राजा महेन्द्रलेसुनेर उपचारार्थ तुरुन्तै दस हजार रुपियाँ पठाइदिए ।
अन्ततः २०२२ सालको शिवरात्री अर्थात् फागुन ७ गते कविशिरोमणि लेखनाथ पौड्याल दिवंगत भए । यो समाचार सुन्नेवित्तिकै नाट्यसम्राट्बालकृष्ण सम रोए । त्यसपछि त्यस लहरले नेपाल राष्ट्र ढाक्यो र क्रमशः नेपालीसाहित्य बोलिने सारासंसासरमा यो बेहोराको सम्प्रेषण भयो ।
प्रस्तुति
नरेन्द्रराज प्रसाई |
नेपाली साहित्यका विभूति |
© २०६३ (2007), सर्वाधिकार सुरक्षित नइ प्रकाशन, काठमाडौं, नेपाल nai.com.np@gmail.com designed by: Lakeside Techies
|