नइ प्रकाशन
Nai Prakashan
»  नइ प्रकाशन गैरराजनीतिक साहित्यिक, सांस्कृतिक र सामाजिक संस्था हो ।   

प्रेमा शाहको कविता

भ्यालेन्टाइन
प्रेमा शाह

माया पोख्नलाई बहानानै चाहिन्छ र ?
माया सिंगार्न  पर्व नै चाहिन्छ र ?
मुस्कान स्विकार्न
ढुकढुकीसित लयबद्ध हुन
किन चाहिन्छ अनुमती ?
मन
,
न ब्यारेक - न युद्धरत सिपाही
न सिमाङ्कन छ यसको

न सङ्घीयता स्विकार्छ मन
प्रेमनै धर्म र नीति मनको
भूगोल नभएको प्रेम !

इतिहास भन्दा परको प्रेम
पहाडसँग चुलिरहेको प्रेम
सागर जस्तो युगिन प्रेम !

घामले माया गरेर
जुनले सुम्सुम्याएर
अनुभुत भएको प्रेम
हामीले पत्याएको प्रेम
प्रेमले पत्त्याएको हामी 


हामी भित्र सधैं गुलाब फुलिरहेकोछ
मनको बगैचामा कहाँ प्रवेश निषेध
अर्को मनको सुगन्धलाई
कहिलेदेखि उडिरहेछन् आकाशमा चराहरु
कहिलेदेखि बुझिरहेछ आकाशले चराहरु !

पहाड भैसकेको मन सागर भैसकेको मन
घामआकाश र चरा भैसकेको मन
बुझ्दैन अहिले कार्डसित बिकिरहेको बोली
"
विल यू बि माइ भ्यालेन्टाइन ?"
उ बुझ्छ यति
प्रेम न अनुनयन विनय
न आग्रह , न साईनो !
•••
प्रेमा शाहको परिचय
जन्म:
२००२ साल असार १६ गते शुक्रबार (वीरगन्ज)
चिनाको नाउँ:
गिरिराजलक्ष्मी शाह
बुबाआमा:
• 
पूर्णेन्द्रविक्रम शाह • अरुणा शाह
शिक्षा: 
एमएनेपाली (त्रिवि : २०२६)
प्राध्यापन:
• 
ठाकुरराम क्याम्पस (वीरगन्ज) • महेन्द्र बहुमुखी क्याम्पस (नेपालगन्ज)
अध्यापक:
नवजीवन विद्याश्रम (सर्लाही)
संस्थापक अध्यक्ष:
नारायणी वाङमय प्रतिष्ठान
कृति: 
• ‘
पहेँलो गुलाफ’ (कथासङ्ग्रह : २०२३) 
• ‘
विषयान्तर’ (कथासङ्ग्रह : २०२८) 
• ‘
ममी’ (लघु उपन्यास २०४०)
• ‘
आकाश विभाजित छ’ (उपन्यास : चार जना स्रष्टाद्वारा लिखित)
• ‘
जिन्की र जोकर’ (२०४० : बालकथासङ्ग्रह)
• ‘
मन्टुकी बज्यैको कथाको पेटारो’ (२०४० : बाल कथासङ्ग्रह)
• ‘
रामेको कथा’ (२०४२ : बाल उपन्यास)
• ‘
इन्द्रधनुष’ (२०४२ : बाल कथासङ्ग्रह)
• ‘
आनन्दको आविष्कार’ (२०४३ : बाल उपन्यास)
• ‘
मनु र भँगेरा’ (२०४३ : बाल उपन्यास)
• ‘
रङ्गीचङ्गी कथाहरू’ (२०४५ : बाल कथासङ्ग्रह)
• ‘
राम्रो काम’ (२०५१ : बाल कथासङ्ग्रह)
• ‘
रेका केही कथा’ (२०५१ :  बाल कथासङ्ग्रह)
सम्पादन:
• '
देउराली •‘बिहान’ •‘हिमानी’•‘उज्यालो
पुरस्कार:
• 
मैनाली कथा पुरस्कार
• 
मैना पुरस्कार
• 
विश्वनारी नेपाली साहित्य सम्मान
• 
विश्वनारी नेपाली साहित्य पदक
छोरी:
जल शाह : जन्म २०३९ (नेपाली चलचित्रकी प्रसिद्ध नायिका)

भ्रमण:
• 
नेपाल राज्यका विभिन्न ठाउँ
• भारत • हङकङ • थाइल्यान्ड • जापान • कतार • अमेरिका
निधन:
२०७४ साल पुस ५ गते (अमेरिका)