नइ प्रकाशन Nai Prakashan
»  नइ प्रकाशन गैरराजनीतिक साहित्यिक, सांस्कृतिक र सामाजिक संस्था हो ।   

षडानन्द अधिकारी Sada Nanda Adhikari


           षडानन्द अधिकारी निर्भीक थिए । उनी न्याय र निसाफका तराजु थिए । राणा प्रधानमन्त्रीहरू पनि उनको कुटीमा गएर पलेटी कस्थे । उनी हिन्द
धर्मका प्रखर चिन्तक र आस्थावान् थिए । तर उनी धर्मको आडमा हुने विकृतिको खुला विरोध गर्थे । उनी सतीप्रथाले हिन्दुधर्म नराम्ररी खस्किन्छ भन्थे । त्यसैले लोग्ने मर्दा स्वास्नीलाई पनि घाटमा लगेर जिउँदै जलाउने कुप्रथा उनैले रोक्न सुरुवात गरे । त्यसबेला गाउँमा लोग्ने मान्छे मर्ने वित्तिकै उनी घाट जाने गौडामा पुग्थे र मलामीसँग झैंझगडा गरेर सतीलाई डोलीबाट झक्थे । यो काम गर्दा भोजपुर दिङलामा उनको विरोधमा राँको बल्यो । अनि उनले हिन्दुधर्म जोगाउन सतीप्रथाको उन्मूलन गर्नैपर्छ भन्ने बेहोराको ठाडो विन्तीपत्र चन्द्रशमशेरसमक्ष हाले। महाराज चन्द्रशमशेरले त्यस बेहोरालाई मनासिव ठाने र उनैको हुकुमले नेपालमा सतीप्रथाको अन्त्य भयो । अनि यसबारेको औपचारिक ऐन भने १९७७ साल असार २५ गते जारी भएको थियो ।
उहिले सर्पा, तामाङ, मगर, गुरुङ, र, लिम्बुले संस्कृतभाषा पढ्न पाउँदैनथे । षडानन्दले नै जनजातीलाई पनि छेत्रीबाहुनसरह त्यो भाषा पढाउन सुरुवात गरे । सामूहिक व्रतबन्धको चलन पनि यिनले ल्याए त्यस समय श्राद्धमा बोको काटेर पितृलाई मासु चढाउने चलन थियो उनैले बोकाको मासुको सट्टा खीर चढाउने रीत चलाए त्यसबेलासम्म घरमा तुलसी रोप्न हुँदैन भनिन्थ्योउनैले घरघरमा मोठ बनाएर तुलसी रोप्ने संस्कार बसाए
भोजपुर दिङलाका लक्ष्मीनारायण अधिकारी र रुक्मिणीका आठजना सन्तानमध्ये सबैभन्दा अन्तिम पटक षडानन्द अधिकारी जन्मेका थिए । यिनको जन्म १८९२ साल मङ्सिर विवाहपञ्चमीमा भयो । तर यिनले भने जीवनभरि बिहे गरेनन् ।
षडानन्द जन्मनुभन्दाअघि नै उनका बुबाको निधन भइसकेकाले उनकी आमाको आर्थिक अवस्था डामाडोल थियो। त्यतिखेर उनी कति तन्नम थिइँन् भने खान नपाएर उनको दुध पनि आँउदैन्थ्यो । त्यसैले त्यस बेला धनमाया दमिनीले षडानन्दलाई दूध खुवाएर हर्काउन मद्दत गरिन् ।
षडानन्दले बाल्यकालदेखि नै धार्मिक आस्थामा आफूलाई डोर्याउन थाले र यस कार्यको प्राप्तिका लागि उनी जनकपुर पुगे । त्यस बेला उनी आठ वर्षा थिए । त्यसै समयमा उनी त्यहाँको गुरुकुलमा भर्ना भए । आठ वर्षम्म त्यहीं शिक्षा हासिल गरेपछि उनी काशीतिर लागे । त्यहाँ उनले पहिले षडर््दर्शनको अध्ययन गरे । त्यसपछि उनी वेदान्त दर्शनको अध्ययनमा चाहिँ घोटिएरै लागे । त्यहाँ उनका गुरु मग्निराम ब्रहृमचारी थिए । त्यहाँ पनि उनी आठ वर्षबसे । त्यहीं बसेका बेला उनलाई १०८ श्री लगाएर गुरुमहाराजको उपाधि प्रदान गरियो । त्यसैताक उनी बद्रीनाथ, केदारनाथ र रामेश्वरम् पनि पुगे । साथै उनी वृन्दावन, मधुरा, प्रयाग र गया पनि गए । त्यसै बेलाको विभिन्न चरणका शृङ्खलामा उनले अरु धर्म र हिन्दी, उर्दू, अङ्ग्रेजी, फारसी र फ्रेन्चभाषाको अध्ययन गरे ।
भारतबाट फर्केपछि षडानन्दले र्सलाहीस्थित बागमती नदीको किनारमा आश्रम जमाए । त्यहाँ उनले आफ्नो शिर छेक्ने कुटी पनि बनाए । त्यहीं उनले अष्टसिद्धि प्राप्त गरे । त्यसपछि उनी काठमाडौं आएर गोकर्ण उत्तरबाहिनीमा ध्यानमग्न भए । त्यसपछि उनी पशुपतिको मृगस्थली पुगे । त्यहाँ पनि उनले केही वर्षतपस्या गरे । त्यहीँ कमान्डरइनचिफ बमबहादुर राणा उनको दर्शन गर्न गए । राणाले षडानन्दलाई ढोगेको प्रसङ्गले काठमाडौं सहर हल्लियो । अनि रैतीहरूको त्यहाँ झनै भीड लाग्न थाल्यो । त्यसपछि उनी त्यहाँबाट कसैलाई सुइँको नदिई पचलीघाट गए र त्यही बसेर तपस्या गरे ।
षडानन्द पचलीघाटमा भएको बेहोरा महाराज जङ्गबहादुर राणाले चाल पाए । त्यसैले उनको दर्शन गर्न राणा दलबलसहित त्यतै हान्निए । त्यतिबेला उनको तपस्याको अवधि तीन दशकजति पुगेको थियो । अनि राणाले बिन्ती गरे "अब अन्न खाएर हाम्रो इच्छा पूर्ण गराइदिनुपर्यो ।" त्यसपछि राणाले षडानन्दका लागि सुनको थालमा खीर पस्कन लगाए अनि उनले खीर खाए । तर उनले आफूलाई दिइएको सुनको थाल र सुनको करुवा लिएनन् । त्यसपछि उनी कुटीमै बसेर प्रवचन दिन थाले । ज्ञानमणि नेपालका अनुसार त्यसपछि उनी पोखरा गए । त्यहाँ उनी सेतीकिनारमा तपस्या गरेर बसे ।
देशदेशान्तरको भ्रमण गरिसकेपछि षडानन्द ३१ वर्षछि आफ्नो मातृभूमि दिङला पुगे । त्यति बेला उनकी आमा उनकै पीरमा छटपटाएर सुतिरहेकी थिइन् । त्यसै बेला उनले आमाका पाउमा आफ्नो निधार पुर्याए । दर्गाप्रसाद अधिकारीका अनुसार त्यसको भोलिपल्टै उनकी आमाले पृथ्वीबाट बिदा लिइन् ।
षडानन्दले त्यस बेलाको विधिविधानअनुसार एक वर्षम्म आमाको जुठो बारे । त्यसपछि त्यहीँ उनले विभिन्न मठमन्दिर, पाटी र चौतारा बनाए । साथै त्यहाँ उनले रुद्राक्षसहित सैंयौं जातका बोटबिरुवा रोपेर बगैंचा बनाए ।
षडानन्दलले दिङलामा गुरुकुलको स्थापना पनि गरे । नेपालमा जनस्तरमा पहिलो स्कुल स्थापना गर्ने उनै पहिलो व्यक्ति थिए । अनि त्यस स्कुलको नाउँ षडानन्द संस्कृत प्रधान पाठशाला थियो । १९३२ सालमा स्थापित त्यस गुरुकुलमा क्रमशः विद्यार्थीको ओइरो लाग्न थाल्यो । त्यहाँ भर्ना हुन इलामदेखि पोखरासम्मका र भारतका सिक्किम, दार्जीलिङ र भुटानका विद्यार्थीहरू पनि आउँथे ।
षडानन्दले राणा प्रधानमन्त्रीबाट जनसेवाका लागि केही हुकुम प्रमाङ्गी गराएको दधिराज सुवेदीले प्रमाण सुरक्षित राखेका छन् । षडानन्दले प्रधानमन्त्री रणोद्दीप सिंह, कमान्डरनचिफ धीरशमशेर र जगत्शमशेरमार्फत राजा सुरेन्द्रबाट मठमन्दिर र गुरुकुलको जग्गाजमिन र सम्पत्तिका लागि लालमोहर र रुक्काआदेश जारी गराए । शिक्षा र धर्मका लागि उनी कमान्डरइनचिफ खड्गशमशेरकहाँ पनि पुगे । अनि राजा पृथ्वीवीरविक्रम शाहका नाउँबाट उनको गुठीका लागि जग्गाजमिनको ताम्रपत्र प्रदान गरिएको थियो र्।र् इश्वर बरालका अनुसार त्यस 'गुरुकुलमा सुरुसुरुमा धनीमानीले पैसा र अन्न दिए । तर राजाहरूले जग्गा दान दिएपछि त्यो गुरुकुल धनी हुँदै गयो । अनि क्रमशः शिक्षकहरूले पनि तलब, भत्ता र पारिश्रमिक पाउने व्यवस्था हुन थाल्यो ।' साथै उनले स्कुललाई वैज्ञानिकीकरण गरे । त्यसैबेला उनले अध्यापक, प्रधानाध्यापक र कर्मचारीको व्यवस्था गरे । उनैले 'विद्यालय र मन्दिरको सञ्चालनका लागि सैयौंमुरी धान फल्ने खेत गुठी राखिदिएको बेहोराको हरि मञ्जुश्रीले गीत गाइरहे । उनैले त्यहाँ पुस्तकालय पनि सञ्चालन गरे । त्यस पुस्तकालयमा जम्मा ७२ वटा पुस्तक भएको बेहोरा १९६६ सालको धर्मपत्रिकामा पनि लेखिएको छ ।
षडानन्द आसामको कामाक्षा पनि गए । हेमाङ्गराज अधिकारीका अनुसार आसामबाट फर्केपछि उनी पाँचथरको जोरपोखरीमा केही महिना तपस्या गरेर बसे । उनी जहाँ जान्थे जनतालाई प्रोत्साहन गर्थे । गोविन्दमानसिंह कार्कीका अनुसार 'षडानन्द अधिकारीले सिङ्गो राष्ट्रको धार्मिक, सामाजिक र शैक्षिक उत्थानका लागि महत्वपूर्णभूमिका निभाएका थिए ।'
बालागुरु षडानन्दले आफूद्वारा निर्मित सबै मठमन्दिर र शिक्षणसंस्थाको श्रेस्ता राम्ररी राखे । जनसेवामा समर्पित सम्पति कसैले खान नपाओस् भनेर बालागुरुले धर्मपत्रिका पनि छापे र शिलालेख पनि लेखाए । त्यसपछि उनी काठमाडौंको पचलीघाटको बममन्दिरमा आए र पुनः तपस्यामा लागे । अनि केही वर्षछि उनलाई हैंजा लाग्यो । झाडावान्ताका कारण उनी १९७३ साल जेठ ३२ गते स्वर्गीय भए ।