नइ प्रकाशन Nai Prakashan
»  नइ प्रकाशन गैरराजनीतिक साहित्यिक, सांस्कृतिक र सामाजिक संस्था हो ।   

पासाङल्यामू शेर्पा Pasang Lhamu Sherpa

नेपाली समाजमा पासाङल्हामू शेर्पाले अन्तिम पटक सार्वजनिक भाषण गरेकी थिइन्, 'मैले तीन पल्ट सगरमाथाको चुचुरोमा पुग्ने दृढ अठोट गरेँ, तर सफल हुन सकिन । यस पल्ट फेरि अन्तिम अठोटका साथ असफलतालाई सफलताको चुनौती ठान्दै दृढ सङ्कल्प लिएकी छु ।' अनि त्यसपछि उनी सरासर सगरमाथा चढ्न हिँडिन् । उनले सगरमाथा पनि चढिन् । इतिहासमा त्यो दिन अर्थात् २०५० साल वैशाख १० गते उनले सगरमाथाको टुप्पोमा नेपालको राष्ट्रिय झण्डा फहराइन् । त्यसको पन्ध्र मिनेटपछि उनको भौतिक चोला पनि सगरमाथामा नै विलय भयो । उनको देह आधामिटर हिउँले छोपेको अवस्थामा १९ दिनपछि फेला पर्‍यो ।
शेर्पाको जन्म २०१७ साल मङ्सिर १० गते सोलुखुम्बुको सुर्केमा भएको थियो । उनको मात्रृभूमि हिमाली प्रदेशको अनकन्टार ठाउँ मानिन्छ ।
पासाङका बुबा फुर्बा कितार शेर्पा लाहुरे थिए र आमा आदि शेर्पा गृहिणी थिइँन् । शुक्रबार जन्मेकीले उनको नाउँ पासाङ राखिएको थियो । शेर्पाभाषामा शुक्रलाई पासाङ भनिन्छ । अनि घरपरिवारमा बाँधिएपछि उनका बुबाले पल्टन छाडेका थिए ।
सानैदेखि पासाङ घरव्यवहारमा लिप्त थिइँन् । उनी घाँसपात गर्थिन्, मेलापात गर्थिन् र सोत्तर काट्न जान्थिन् । उनी सानैदेखि सफासुघर थिइन् । उनी जाँडरक्सी र चुरोट बिंडी पनि खान्न थिइन् । उनी गाउन र नाच्ने कलामा पनि लहसिएकी थिइन् । मेलापात गएका बेला उनी जुहारी पनि खेल्थिन् तर हार्दिन थिइन् । अल्लारेमै उनले आफ्नो गाउँमा धेरै काम सिकिन् । कुटो, कुदाली, हँसिया, डोको, थुन्चे र डालीहरू बोकेर उनको बाल्यकाल र उकालीओराली र भीरपहरा हिंडेर किशोरावस्था बितेको थियो । उनले त्यतिन्जेलसम्म स्कुल देखेकी पनि थिइनन् ।
पासाङ हिउँद लागेपछि आफ्ना आँगनमा हिउँको थुम्को बनाएर चढ्ने गर्थिन् र गर्मीयाममा हिउँचुलीजस्ता पहाडका थुम्काथुम्की खोजीखोजी उक्लने गर्थिन् । अनि त्यसै बेला उनले आफ्नी सखी कान्छी शेर्पालाई भनेकी थिइन्, 'हेर् ! कान्छी, एक दिन म हिमालचुली पुग्छु ।'
पासाङका बुबा फुर्वा कितार शेर्पाले बृटिस शैनिकको जागीर छाडेर ट्रेकिङको काम गरे । बुबाको पेशा उनलाई खुवै मन पथ्र्यो । त्यसैले बुबासँगै उनी विभिन्न हिमाललगायत सगरमाथाको पनि ट्रेकिङ गएकी थिइन् । उनी पन्ध्र वर्षो हाराहारीमा पुगेपछि उनले आफ्ना बुबालाई भनेकी थिइन्, 'बुबा ! एक दिन म सगरमाथाको चुचुरोमा पुग्छु ।'
पासाङले ट्रेकिङलाई सौख बनाइन् । हिमाली पर्यटकलाई डुलाउँदा घुमाउँदै उनी एउटा होटलमा काम गर्न पनि थालिन् । अथवा भनौं लुक्लाको कोअपरेटिभ होटलमा उनी वैटर भइन् । अनि त्यही होटलमा बसेका बेला उनले पर्वतारोहीहरूसँग मज्जाले गफिन पाइन् । उनले त्यहाँ दुई वर्ष जागीर खाइन् र त्यस अवधिमा उनले हिमाल चढ्ने मात्र ज्ञान ग्रहण गरिन् । त्यसै छेक उनी प्रणयसूत्रको पनि खोजिमा थिइन् । 
आफ्नो मामाका साला लाक्पा सोनामसँग पासाङको अठार वर्षो उमेरमा प्रीति बस्यो । किशोरावस्थाको चुलीमा पुगेपछि अर्थात् २०३६ सालमा उनैसँग पासाङको बिहे भयो । अनि उनी आफ्ना पतिसँग काठमाडौं लगिन् । त्यसैवीच पासाङ र लाक्पाका दुई छोरी दावा, दिक्की र एक जना छोरा नामगेल जन्मे ।
लाक्पा सोनाम ट्रेकिङमा नाउँ चलेका पेसेदार थिए । पासाङको इच्छा पनि त्यही व्यवसाय नै थियो । त्यसैले उनी पनि यसै पेसामा आवद्ध भइन् । परिणामस्वरूप उनीहरूको थामसेर्कु ट्रेकिङ चलाए । उनीहरूको त्यो पेसा दिन दुई गुना रात चार गुनाले फस्टायो । त्यही अवधिमा पासाङले पर्यटकहरूसँग अङ्ग्रेजी र प|mेन्च भाषा पनि सिकिन् । त्यसै बीच उनीहरू विदेशी मित्रहरूको निमन्त्रणामा त्यता गइरहे । त्यसै बेला पासाङले युरोपको सबैभन्दा अग्लो हिमाल ४८४८ मिटरको माउन्ट ब्ल्क पनि चढिन् । हुन त त्योभन्दा अघि नै उनले मनाङको ६०९१ मिटरको पिसाङ चुली चढिसकेकी थिइन् ।
सन् १९९० मा पासाङ सगरमाथा आरोहणका लागि उक्लेकी थिइन् । त्यस बेला उनी माथि जान सकिनन् । त्यसपछि अर्को वर्षफेरि उनैको नेतृत्वमा प्रथम नेपाली नारी दल सगरमाथातिर लाग्यो । त्यति खेर मौसम सारै खराब भएकाले उनीहरु बीचैबाट फर्केका थिए । साथै १९९१ सालमा पनि उनी त्यतै हिँडेकी थिइन् तर मौसमकै कारण फेरि उनले त्यो धुरी छुन पाइएन ।
पासाङले सगरमाथा चढ्ने भीष्म प्रतिज्ञा गरेकी थिइन् । २०४७ साउन २१ गते पेरिसमा पुगेताक प्रथम सगरमाथा आरोही हिलारीसँगको भेटमा उनले भनेकी थिइन्, 'तपाईंका पैताला पछयाएर म एक दिन विश्वको अग्लो त्यही टाकुरामा उभिने छु ।'
पासाङको बोलि साक्षत थियो । उनले आफ्नो जविनको लक्ष्य पूरा गरिन् । तर उनले जितेको खुसीयाली कसैसँग बाँढ्न पाइनन् । यतिहुँदाहुँदै पनि सगरमाथामा उनको दुखद निधनलाई पनि यशस्वी मानियो । किनभने त्यति माथि स्वर्गीय हुनु पनि भाग्य चाहिन्छ र पासाङजस्तीले मात्रै त्यस्तो भाग्य पाउँछन् । तीनै भाग्यमानी पासाङको पार्थिव शरीरलाई राजधानी ल्याएर राष्ट्रिय सम्मानका साथ यात्रा गराइएको थियो ।
पासाङको निधनपछि उनलाई विभिन्न मानसम्मानबाट विभूषित गराइयो । उनी प्रदीप्त नेपाल तारा प्रथमबाट विभूषित भइन् । साथै सरकारले उनलाई राष्ट्रिय विभूतिमा समावेश गर्‍यो । उनका नाउँमा हुलाक टिकट पनि प्रकाशनमा आयो । त्यसपछि पासाङल्हामू शेर्पा पर्वतारोहण प्रतिष्ठानको स्थापना भयो । साथै उनका स्मृतिमा शिक्षण, सामाजिक र पर्वतारोहणबारेका संस्थाहरूको पनि स्थापना भइरहृयो ।
अन्तिम पटकको कुरा हो, जुन बेला पासाङ र उनका पति लाक्पा सगरमाथा माथिमाथि उक्लिरहेका थिए । चौथो सिविरसम्म दुबैजना विजय हुँदै थिए । तर सगरमाथाको चुचुरामा पुग्ने समय त्यस ठाँउमा अत्यासै लाग्ने गरि मौसमले कहाली लाग्दो रुप लिएको थियो । अनि पासाङले आफ्ना पतिलाई विनम्रता दर्शाएर भनिन्, 'स्थिति ठीक छैन, तपाईं यहीँबाट तुरुन्तै फर्कनुहोस् । हामी दुवै जना बित्यौं भने घरपरिवार कसले हर्ेछ -' त्यति बेला पासाङको कुरा लाक्पाले हार्नै सकेनन् । वास्तवमा पासाङको हिम्मत चाहिं फलाम जस्तै बलियो थियो । त्यसैले उनी सगरमाथा आरोहणका लागि विश्वमा सत्रौं स्थानकी नारी पात्रमा अभिलिखित भइन् । अनि उनी सगरमाथा टेक्ने प्रथम नेपाली नारी भइन् ।