नइ प्रकाशन Nai Prakashan
»  नइ प्रकाशन गैरराजनीतिक साहित्यिक, सांस्कृतिक र सामाजिक संस्था हो ।   

रामकृष्ण शर्मा (Ram Krishna Sharma)

नेपाली समालोचनाका फाँटमा बहुचर्चित व्यक्तित्वको नाउँ होरामकृष्ण शर्मा । रामकृष्ण शर्मा समालोचनाक्षेत्रमा उच्चकोटिका समालोचक थिए । उनी समालोचनामा आफूलाई समाहित गर्दा पूर्ण रूपमा दूधको दूध पानीको पानी छुट्टयाउन अघि र्थे । त्यसैले उनको समालोचकीय प्रवृत्ति सकारात्मक मानिन्छ । शायद विवादबाट टाढा रहने नेपाली समालोचकमध्ये उनी अग्रपङ्क्तिमा आउँछन् । उनी समालोचकीय भारलाई तराजुमा जोख्ने गर्थे । त्यसैले उनी उत्कृष्ट समालोचकका रूपमा स्थापित भए । त्यति मात्र होइन नेपाली समालोचकीय परम्परामा रामकृष्ण शर्माको नाउँ श्रद्धा, आदर र प्रेरणाका रूपमा पनि अघि र्सछ । छोटकरीमा भन्ने हो भने उनी नेपाली समालोचनाका शङ्कराचार्य मानिन्छन् ।
रामकृष्ण शर्माको जन्म १९७८ सालमा भएको थियो र उनी बर्माको मचीना भन्ने शहरमा जन्मेका थिए । तर यी बर्मामा धेरै बसेनन् । बाल्यअवस्थामा यी बर्माबाट भारततिर लागे । यी भारतको दार्जिलिङस्थित कालिम्पोङ आए । कालिम्पोङलाई नै यिनले आफ्नो कर्मथलो बनाए । त्यहीँ बसेर यिनले लेखे । त्यहीँ बसेर यिनले आफूलाई नेपाली साहित्यका एक प्रतापी व्यक्तित्वमा परिणत गराए । समालोचनाको ऐतिहासिक मोड मोतीराम भट्टबाट कायम भए तापनि समीक्षाकलाको वैशिष्टयचाहिँ रामकृष्ण शर्माबाट नै. कायम भएको थियो । रामकृष्ण शर्मा कहिले प्रत्यक्ष प्रमाणका आडमा कृतिहरूको समीक्षामा रमाएका देखिन्थे भने कहिले व्यङ्ग्यात्मक कलमको चमत्कारमा आफूलाई विश्रान्ति गराउन पुग्थे ।
१९९९ साल वैशाखको 'शारदा'मा रामकृष्ण शर्माको पहिलो लेख छापिएको थियो । त्यस लेखको शिर्षक थियो- 'अङ्ग्रेजी साहित्यको प्रभाव ।' त्यस लेखको माध्यमबाट शर्माले डरलाग्दो अगुल्टो बजारेका थिए । शर्माले. लक्ष्मीप्रसाद देवकोटा र बालकृष्ण समका कृतिहरूका बारेमा लेखेको त्यस लेखले देवकोटा र समको लेखनकलामा अङ्ग्रेजी साहित्यको प्रभाव भएको कुरा प्रमाणित गरेको थियो । त्यही लेखका माध्यमबाट शर्माले एकै चोटि नेपाली साहित्यको धुरी चढेका थिए ।
रामकृष्ण शर्मा अङ्ग्रेजी साहित्यको स्वच्छन्दतावादी सिद्धान्ततर्फबढी झुकाव राख्थे । अङ्ग्रेजी साहित्यको काव्यविधामा यिनको विशेष रुचि रहेको. थियो । वास्तवमा यी सानैदेखि अङ्ग्रेजी साहित्यको अध्ययनमा तल्लीन भएका कारणले पनि यिनको रहर त्यस विधामा आबद्ध हुन सक्यो । क्रमशः यिनको. समीक्षात्मक बाटो नेपाली परम्परामा नै कायम हुन थाल्यो । सरल भाषा, उत्कृष्ट प्रस्तुति र गहन चिन्तनका कारणले यी चाँडै लोकप्रियताको कसीमा बाँधिए । यिनले समालोचनाका जम्मा तीनवटा मात्र ग्रन्थहरूको सृजना गरे तापनि ती ग्रन्थहरू उच्चकोटिमा गनिन पुगे । उनका ती ग्रन्थहरू हुन् ('सप्त शारदीय', 'दस गोर्खा' र 'टेबल गफ: नौ बैठक' ।
रामकृष्ण शर्माको लेखकीय व्यक्तित्वलाई मुख्यतया तीनधारामा विभाजित गर्न सकिन्छ- समालोचकीय व्यक्तित्व, काव्यात्मक व्यक्तित्व र निबन्धात्मक व्यक्तित्व । यिनका प्रायः फुटकर लेखरचनाहरू पनि यी तीनै धारामा बाँडिएका थिए । यी तीनै धारामा विभाजित यिनका नौवटा ग्रन्थहरू पनि प्रकाशित छन्; जसमध्ये समालोचनामा 'सप्त शारदीय' (२०२४), 'दस गोर्खा' (२०२६) र 'टेबल गफ : नौ बैठक' (२०२८) पर्दछन् । शर्माका काव्यकृतिहरू 'बलिदान' (२०१०) र 'भावालु मेरो मन' (२०३१) हुन् । त्यसै गरी उनीद्वारा लेखिएका निबन्धप्रबन्धहरू हुन्-'प्यारो सपना र अन्य लेखहरू' (२०१७), 'अष्टावक्र' (२०३५), 'एक बिसाउनी' (२०३९) र 'दार्जिलिङक्षेत्रमा नेपाली भाषाको पृष्ठभूमि र जन्म' ।
रामकृष्ण शर्मा लेखकका साथै एउटा कुशल सम्पादकका रूपमा पनि चिनिन्छन् । उनले दार्जिजिङका लघुकथालगायत विभिन्न रचनाकारहरूका कविताहरूको पनि सम्पादन गरेका थिए । नेपाली साहित्यमा उनको स्तरीय सम्पादनको कलाकौशल नै अविस्मरणीय रूपमा रहेको छ ।
रामकृष्ण शर्माको काव्यधारा पनि अति नै फस्टाएको पाइन्छ । वाणिर्क छन्द, झयाउरे गीतिलय र गद्यशैलीमा उनका कविताहरूले उत्कृष्टताको नमुना प्रस्तुत गरेको पाइन्छ । उनको पहिलो प्रकाशित कृति पनि काव्य नै रहेको छ । सो काव्य 'बलिदान' २००७ सालअघि नै उनले लेखेका थिए । त्यस कृतिलाई उनले नेपाली भाषा प्रकाशिनी समितिमा जिम्मा लगाएका थिए तर त्यो ग्रन्थ समितिले छाप्न अस्वीकार गर्यो । त्यसपछि त्यस ग्रन्थले २०१० सालमा प्रकाशित हुने मौका पायो । 'बलिदान' नामक यो खण्डकाव्य अत्यन्तै ढिलो गरी प्रकाशित भएकोमा रामकृष्ण शर्माले सो काव्यकै प्रारम्भमा लेखेका छन्- ''यो पुस्तिकालाई छापाखानादेखि बाहिर निक्लन गङ्गालाई शिवजीको जटा छिचोलेर निक्लनभन्दा बेसी गाह्रो पर्यो ।''
निबन्धमा पनि रामकृष्ण शर्माको कलम त्यत्तिकै चलेको देखिन्छ । उनी आफ्नो प्रस्तुतिद्वारा एकातिर पाठकको मनलाई च्याप्पै समाउँछन् भने अर्कातिर चित्रकारिताको कुचीलेझैँ र्सलक्कै विवरणहरूलाई प्रस्ट्याउन पनि सफल छन् । उनका निबन्धमा थुप्रै व्यङ्ग्यात्मकता पाइन्छ । उनी लेख्ता खुलस्त पनि लेख्छन् र विम्बात्मक पनि लेख्छन् । त्यसैले शर्माको निबन्धात्मक व्यक्तित्व पनि स्तरीय रूपमा प्रस्तुत भएको पाइन्छ ।
समालोचक रामकृष्ण शर्माको समालोचनात्मक व्यक्तित्वको चाहिँ जति नै प्रशंसा गरे पनि थोरै हुन्छ । उनैले नेपाली साहित्यमा समालोचनाको. राजमार्ग खनिदिए । समीक्षकीय क्षेत्रलाई स्वच्छ, स्वस्थ र हराभरा पार्ने काम रामकृष्ण शर्माबाट नै भएको थियो । नेपाली समालोचनात्मक फाँटमा थोरै. लेखेर धेरै नाउँ कमाउने पनि शर्मा नै हुन् । नेपाली साहित्यमा व्यावहारिक समालोचकका रूपमा उनी धेरै टिकेनन् तर जति टिके सही समालोचनाको. दमाहा ठोकेर नै टिके । उनी समालोचनाको सिद्धान्तको एउटा आदर्शमा नै टिके ।
रामकृष्ण शर्मा एउटा हिम्मती व्यक्तित्व थिए । न्यायलाई अघि र्सार्न खोज्दा उनले देवकोटा र समलाई हिँड्न पनि थुप्रै मार्गहरू खनिदिए । उनले कवितामा मात्र आफ्नो समालोचनात्मक दृष्टिकोण प्रस्तुत गरेनन्; उनले कविता, कथा, उपन्यास, निबन्ध, नाटक आदिको समालोचना गरेर नेपाली साहित्यको मन्दिरमा रौनक थुपारिदिए । त्यति हुँदाहुँदै पनि शर्माको समालोचकीय धाराचाहिँ पश्चिमी सभ्यताबाट मौलाएको देखिन्छ ।
कविताका क्षेत्रमा कुरा गर्दा कविता कल्पनामा फस्टाउँछ भन्ने कुरामा विश्वास गर्ने शर्मा भन्छन्- ''ब्रहृमाजीको सुन्दर सृष्टिमा त्रुटि देखेर कवि मुस्कुराउँछन् र आफ्नो काल्पनिक जगत्को सृष्टि गरेर त्यसमा सौर्न्दर्यको बुट्टा भर्छन् ।'' वास्तवमा रामकृष्ण शर्मा आफ्नो यथार्थ दृष्टिकोण व्यक्त्याउँदा पनि दर्शनलाई पाठकसामु उभ्याउँछन् र यस दृष्टिकोणमा उनी सफल पनि छन् ।
कथा र उपन्यासका विषयमा पनि शर्माको आफ्नो बेग्लै धारणा छ । र्सवप्रथम उनी उपन्यास र कथालाई मनोवैज्ञानिक ढङ्गबाट प्रस्तुत गर्न सक्नपर्छ भन्ने कुरामा जोड दिन्छन् । नाटक, निबन्धहरूमा पनि समाजका यथार्थ विवरण, टिपोटहरूलाई र्सलक्कै जनसमूहमा प्रस्तुत गर्नुपर्ने राय पनि शर्माको. देखिन्छ ।
रामकृष्ण शर्मा खुलस्त छाती भएका एउटा बिर्सिनसक्नुका समालोचक हुन् । यदि नेपाली साहित्यमा उनको जन्म नभएको हुँदो हो त त्यस्ता व्यक्तित्वको चिर प्रतीक्षा गर्नै पथ्र्यो । उनी समालोचनालाई प्रशंसा र विरोधको. बिटोका रूपमा स्वीकार्दैनन् । उनी समालोचनालाई साहित्यको वैज्ञानिक गणितको संज्ञा दिन्छन् ।
नेपाली समालोचना जगतका एउटा अत्यधिक कुशल शिल्पी रामकृष्ण शर्माले औपचारिक रूपमा निरन्तर पैँतालीस वर्षनेपाली साहित्यको सेवा गरे । साहित्यको सेवाका साथसाथै उनी न्यायालयका न्यायाधीश पनि भए । उनले कानूनमा नै उच्च शिक्षा लिए र पश्चिम बङ्गालको उच्च न्यायालयमा न्यायाधीश पनि बने । उनले आफ्नो जीवनकालमा जसरी मान्छेहरूलाई सामाजिक न्याय दिए त्यसरी नै साहित्यिक न्याय पनि दिए । उनी निष्पक्ष मात्र होइनन्, निडर, स्पष्ट र खुल्ला दिलका पनि थिए । उनी नेपाली साहित्यको समालोचनाविधालाई सगरमाथामा टेकाउँदाटेकाउँदै, चढाउँदाचढाउँदै र बढाउँदाबढाउँदै २०४३ सालमा स्वर्गीय भए ।