नइ प्रकाशन Nai Prakashan
»  नइ प्रकाशन गैरराजनीतिक साहित्यिक, सांस्कृतिक र सामाजिक संस्था हो ।   

यदुनाथ खनाल Yadu Nath Khanal

२०३४ सालमा साझा प्रकाशनबाट प्रकाशित 'साहित्यिक चर्चा' नामक यदुनाथ खनालद्वारा लिखित ग्रन्थको प्रकाशकीयमा लेखिएको छ- "समालोचकको रूपमा श्री यदुनाथ खनाललाई र्सवप्रथम चिहृनाउने उहाँको. कृति हो 'समालोचनाको सिद्धान्त ।' समीक्षासम्बन्धी सैद्धान्तिक विषयको नेपालीमा पहिलो पुस्तक यही हो र अर्को नदेखियुन्जेल अन्तिम पनि यसैलाई मान्नपर्छ ।"
अङ्ग्रेजी साहित्यका प्राध्यापक यदुनाथ खनालले शिक्षा, प्रशासन र कूटनीतिका क्षेत्रमा लागेर पनि साहित्यप्रतिको आफ्नो इच्छालाई सफल बनाए, उच्च बनाए र अमर पनि बनाए । उनका समालोचना सङ्ख्यात्मक दृष्टिले उति धेरै नभए पनि गुणात्मक दृष्टिले निकै स्तरीय भए् । त्यसै कारण साहित्याकाशमा यदुनाथ खनालको व्यक्तित्वको चमक गहन रूपले एकाएक माथि उठयो । थोरै लेखेर प्रसिद्ध हुने कोटिमा यदुनाथ खनाल पनि उभिए ।
नेपाली साहित्यमा मात्र होइन, नेपाली बौद्धिक जगत् र कूटनैतिक क्षेत्रमा सरदार यदुनाथ खनाल स्नेह, श्रद्धा र आदरपर्ूवक पुकारिने नाउँ बन्यो । प्रशासनिक क्षेत्रमा होस् अथवा बौद्धिक समुदायमा होस् अथवा कूटनैतिक जमातमा होस् परिपक्वताको उदाहरण प्रा.यदुनाथ खनाललाई दिने गरियो । नेपालका विविधक्षेत्रमा सरदार खनालको देन जागरुक व्यक्तिहरूका लागि अझै प्रेरणाको स्रोत बन्दै आएको छ ।
नरनाथ खनाल तथा तारादेवी खनालका सुपुत्रका रूपमा गण्डकी अञ्चलको तनहूँस्थित मनुम गाउँमा यदुनाथ खनाल जन्मेका थिए । उनको जन्म १९७० साल साउन २८ गते भएको थियो । संस्कृत मध्यमा र एस्. एल्. सी. समुत्तीण भएपछि खनाललाई डाक्टरी पढ्ने इच्छा थियो र इच्छामुताबिक उनी बी. एस्सी. अध्ययन गर्नेतिर लागे । तर आफ्नो इच्छालाई यिनले पूरा गर्न. सकेनन् । त्यसपछि खनालले संवत् १९९९ मा अङ्ग्रेजी साहित्यमा भारतको कोलकाताबाट एम्. ए. गरे । व्यापक स्वाध्ययनले खनाललाई अङ्ग्रेजी, नेपाली, संस्कृत, दर्शन र समसामयिक राजनीतिको पनि गहिरो चिन्तकका रूपमा उभ्याएयो । वास्तवमा पढेर र परेर उनले व्यापक अनुभवहरूको सङ्ग्रह गरेका थिए । नेपालका सम्पूर्ण अञ्चलहरू र विश्वका पैँतालीसभन्दा बढी राष्ट्रहरूको भ्रमण गर्ने खनाल नेपाली परिवेशका एउटा ज्वलन्त उदाहरणीय र चिरस्मरणीय व्यक्तित्वका रूपमा स्थापित भएका थिए ।
            प्रा. खनालका नेपाली भाषामा जम्मा दर्ुइवटा मात्र ग्रन्थहरू प्रकाशित छन् र ती दुवै समालोचनात्मक ग्रन्थका रूपमा प्रस्तुत भएका छन्- 'समालोचनाको सिद्धान्त' -२००३) र 'साहित्यिक चर्चा' -२०३४) । यी दुवै. ग्रन्थहरूको निर्माणमा जुट्ता खनालले नेपाली साहित्यको धुरी चढेका छन् । यी दर्ुइ कृतिहरूमध्ये 'समालोचनाको सिद्धान्त' सैद्धान्तिक रूपमा प्रस्तुत गरिएको छ भने 'साहित्यिक चर्चा'मा प्रयोगात्मक सिद्धान्त अपनाइएको छ । साथै संस्कृतमा 'सूक्तिसञ्चय' र अङ्ग्रेजीमा 'रिफ्लेशन् अन नेपाल-इण्डिया रिलेशन्स्', ''ष्ट्रे थअट्स्', 'नेपाल ट्रान्जिशन् आइसोलेशनिजम्', 'पञ्चायत सिष्टम इन् नेपाल' आदि यिनका प्रकाशित ग्रन्थ हुन् । फुटकर होस् या कृतिगत रुपमा होस् राजा महेन्द्रका विषयमा भने यिनले धेरै लेखे ।
सरदार यदुनाथ खनालले राजा महेन्द्रसँग विश्वका अधिकांश मुलुकहरूको भ्रमण गर्ने अवसर प्राप्त गरे । उनी त्रिचन्द्र कलेजका सम्मानित प्राध्यापक भएका थिए । उनी गृह सचिव, दर्ुइ पटकसम्म परराष्ट्र. सचिव, संयुक्त राज्य अमेरिका, चीन र भारतमा राजदूत भएका थिए । त्यति मात्र होइन सरदार खनाल विभिन्न सरकारी निकायहरूको कार्यकारी सदस्यलगायत लोकसेवा आयोगको पनि अध्यक्ष भएका थिए ।
सरदार खनाल त्रिशक्तिपट्ट प्रथम, गोरखादक्षिणबाहु प्रथम र नेपाल श्रीपद दोस्रोबाट विभूषित भए । उनी वेदनिधि पुरस्कारबाट पनि पुरस्कृत भए । उनी त्रिभुवन विश्वविद्यालयबाट संवत् २०५४ मङ्सिर ८ गते सम्मानार्थ. स्नातकोपाधि महाविद्यावारिधिबाट पनि सम्मानित भए । उनका सम्मानमा अर्का विद्वान प्राध्यापक डा.जयराज आचार्यले उनको जीवनी लेखे । अन्ततः खनाललाई छ्याङ्ङै चिनाउने कृति पनि त्यही बन्यो ।
यदुनाथ खनाल नेपालका चिन्तकहरूमध्ये एक मानिन्थे । उनले क्यालिफोर्निया विश्वविद्यालयको क्यारेमोन्ट ग्रयाजुयट स्कूलबाट कानूनमा विद्यावारिधि पनि प्राप्त गरेका थिए । बुढेसकालले छोएका बेला उनले केही रुखो, खस्रो र अल्छी लाग्दो. कुरामा आफूलाई बाँधेका थिए । तापनि उनले आफ्नो निर्भीक व्यक्तित्वको शैलीलाई. प्रस्तुत गर्न भने छाडेका चाहिं थिएनन् ।
यदुनाथ खनालका दाजु प्रा. हरिनाथ खनाल पनि त्रिचन्द्र कलेजका प्राध्यापक थिए । हरिनाथ खनाल पनि लेख्ने गर्थे । आफ्ना भाइ यदुनाथ खनाललाई प्रा. हरिनाथ खनालले नै पढाए, बढाए र हर्ुकाए । त्यति मात्र होइन हरिनाथ खनालले नै यदुनाथ खनाललाई लेखक पनि बनाए । प्रा. यदुनाथ खनाललाई देशको एउटा ख्यातिप्राप्तनागरिक बनाउने पर्वाधार पनि प्रा. हरिनाथ खनालको प्रेरणा नै थियो ।
यदुनाथ खनालले एम्. ए. पढ्दा पढ्नुपर्ने विषयहरूमध्ये एउटा विषय समालोचना पढेका थिए । त्यसपछि उनी क्रमशः समीक्षामा प्रवेश हुन थाले । यदुनाथ खनालको प्रथम प्रकाशित रचनाचाहिँ निबन्धमा आधारित थियो । सन्. १९४१ मा 'बाटो बिलायो' भन्ने 'शारदा'मा छापिएको लेख खनालको पहिलो रचना थियो । खनालले आफ्नो समालोचकीय मूल आधार नेपाली कविता बनाए । उनले अङ्ग्रेजी र संस्कृत साहित्यको पनि समालोचना गरे ।
समालोचक, कवि तथा निबन्धकार प्रा. खनाल कूटनैतिक लेखकका रूपमा पनि सुपरिचित थिए । यति हुँदाहुँदै पनि खनालको व्यक्तित्वमा समीक्षकको रूप ज्यादा टड्कारो थियो । आलोचना सही, निष्पक्ष र कृतिगत रूपमा हुनपर्छ भन्ने खनालको धारणा थियो । समालोचनाका क्षेत्रमा आफ्नो बलियो नाउँ स्थापित गर्न उनी सफल भए ।
रामकृष्ण शर्माले देवकोटा र समका विषयमा लेखेको 'नेपाली साहित्यमा अङ्ग्रेजी साहित्यको प्रभाव' भन्ने टिप्पणीलाई समालोचक यदुनाथ खनालले टिप्पणी गर्दै लेखेका थिए - ''हाम्रो वर्तमान साहित्यमा पाश्चात्य साहित्यको. प्रभावले हाम्रो साहित्यलाई केही किसिमको हानि गर्नुभन्दा फाइदा नै गर्ला जस्तो लाग्छ ।'' वास्तवमा खनालले देवकोटा र समका कृतिलाई अत्यन्तै उच्चकोटिका मान्ने भएको हुँदा उनी समालोचक रामकृष्ण शर्माको धारणाको विपरीतमा रहे ।
खनालले कविशिरोमणि लेखनाथ पौडयाल, महाकवि लक्ष्मीप्रसाद देवकोटा, नाट्यसम्राट् बालकृष्ण सम, पण्डितराज सोमनाथ सिग्द्याल, युगकवि सिद्धिचरण श्रेष्ठ, कविवर म. वी. वि. शाह, राष्ट्रकवि भूपि शेरचन, हरिनाथ खनाल, उमर खैय्यामका रचनाको कृतिगत मूल्याङ्कन गरेका थिए । तीमध्ये खास गरेर कवि राजा महेन्द्र र आफ्ना कविदाजु हरिनाथ खनालका बारेमा विशेष प्रकाश पारेर उनले आफ्नो समालोचक व्यक्तित्वको निर्माण गरेका थिए ।
यदुनाथ खनाल सादा जीवनले भरिएका उच्च विचारका व्यक्तित्व थिए । उनी संस्कृत भाषामा कविता लेख्न जति मन पराउँथे त्यति नै संस्कृत साहित्यलाई नेपाली भाषामा रूपान्तर गर्न पनि चाख राख्थे । संस्कृत कविताहरूको सँगालो 'सूक्तिसञ्चय' पनि उनको प्रकाशित काव्यग्रन्थ हो ।
बहुआयमिक व्यक्तित्वका धनी यदुनाथ खनालको जनसम्पर्कभन्दा चिन्तन बलियो थियो । उनी मान्छे भेट्नेभन्दा समाचार हेरेर समय विताउँथे । राष्ट्रको चिन्तनमा नै घोत्लरिहेका बेला उनको भौतिक चोला समाप्त भयो । २०६१ साल असोज १६ गते आर्यघाटमा उनको देह विर्सजन भयो ।