नइ प्रकाशन Nai Prakashan
»  नइ प्रकाशन गैरराजनीतिक साहित्यिक, सांस्कृतिक र सामाजिक संस्था हो ।   

राममणि आ.दी. Ram Mani Acharya Dixit

नेपालीपन, नेपाली कला र नेपाली धाराका कट्टर हिमायती थिए - सरदार राममणि आचार्य दीक्षित। उनी नेपाली संस्कृति, नेपाली भाषा र नेपाली साहित्य भनेपछि हुरुक्क हुन्थे । आफ्नो सिद्धान्तमा लागेपछि यी दुक्खसुक्ख जेजे पनि खेप्न तयार हुन्थे । आफ्नो त्याग, मिहिनेत र जाँगरका कारणले यिनले 'गोर्खा भाषा प्रकाशिनी समिति' खुलाई छाडे । संवत् १९७०मा स्थापित सो समितिको अध्यक्ष सर्वप्रथम यिनै नियुक्त भए ।
राममणि संवत् १९३९ चैत्र कृष्ण परेवाका दिन माइला पण्डित काशीनाथ आचार्य तथा उनकी द्वितीय पत्नी ललितादेवीका जेठा छोराका रूपमा काठमाडौँमा जन्मे ।
राममणि आदीको सुरुको नाउँ रामेश्वरप्रसाद आचार्य थियो । उनका बाजे शिरोमणि आदीले आफू रामेश्वर तीर्थयात्राबाट फर्केपछि प्रथम नातिको. जन्म भएकाले उनैले यिनको नाउँ रामेश्वरप्रसाद राखेका थिए । शिरोमणि आदीले काशीमा सोमयाग गरेपछि यिनको नाउँ राममणि भएको थियो । 'माधवी' पत्रिकाका सम्पादक र प्रकाशक हुँदा यिनले आफूलाई मातृप्रसाद शर्मा अधिकारी बनाएका थिए ।
राममणिको बाल्यावस्था दुःखद् रूपमा बितेको थियो । त्यस बेला उनी रोगी थिए । बाल्यकालमा उनी धेरै रुँदा पनि मूर्च्छा पर्थे भने धेरै हाँस्ता पनि मूर्च्छा. पर्थे । यस्तै अवस्थामा नै यिनको पढाइ आरम्भ भएको थियो । यिनका प्रारम्भिक संस्कृत गुरु नीलकण्ठ न्यौपाने थिए ।
राममणि केही समयपछि अध्ययनका क्रममा बनारस लागे । त्यहाँ. उनले संस्कृतको प्रथमा परीक्षा समुतीर्ण गरे । त्यसपछि यिनका काकाले. यिनलाई अङ्ग्रेजी पढाउने हिसाब मिलाए तर यिनका बाजेले अङ्ग्रेजी पढाउने. कुरा नै कानमा पर्न दिएनन् । त्यसपछि राममणि क्वीन्स कलेजमा संस्कृत अध्ययनमा नै केन्द्रित भए । त्यस कलेजमा यिनले मासिक पाँच रुपियाँको. छात्रवृत्ति पनि पाए । त्यहाँ यिनले आचार्य प्रथम खण्डको शिक्षा आर्जन गरिसकेका थिए । त्यसैबीच यिनले अङ्ग्रेजी, बङ्गाली, मराठी, गुजराती, हिन्दी आदि भाषाको पनि राम्रो ज्ञान आर्जन गरिसकेका थिए ।
बनारसमा बसेर राममणि आदीले आफ्नो अध्ययन र नेपाली भाषासेवालाई बराबरी अगि बढाएका थिए । प्रवासमा रहेका बेला यिनले. 'कवितारीति' र 'चौरपञ्चासिका'को उपोद्घात लेखे । वास्तवमा नेपाली भाषाको निर्धो गद्यलेखनलाई उर्वरा बनाउन उनले यस्तो कदम चाले । त्यस बेला चारपाँच पानाको उपोद्घात लेखेर यिनले तुरुन्तै छपाएका थिए । त्यस बेला पद्यमा मात्र होइन गद्यमा पनि राम्ररी लेख्न सकिने कुरामा यी दृढ रहे । आ.दी.ले नेपाली भाषालाई सर्वसुन्दरी बनाउन निक्कै तपस्या गरे ।
राममणिका नसानसामा नेपाली भाषा, नेपाली शब्द र नेपाली अक्षर झुन्डिएका थिए । त्यसैको परिणामस्वरूप उनको हिम्मत, बुद्धि र बर्गतले. त्यस ठाउँमा सन् १९११देखि यु.पी.का स्कूलमा म्याट्रीकुलेसन परीक्षामा नेपाली भाषाले पनि दोस्रो भाषाको मान्यता पाएको थियो ।
बनारसका मुद्रणहरूमा नेपाली भाषाका पुस्तक छाप्न हलन्त अक्षरहरू त्यति पर्याप्त थिएनन् । त्यसैले राममणिले नेपाली भाषामा 'हलन्त बहिष्कार आन्दोलन'को सूत्रपात गरे । उनी एकोहोरो त्यही ढिपीमा अडिग भइरहे । साँच्चै भन्ने हो भने राममणि वास्तविक र व्यावहारिक कामहरूमा मात्रै लागिपर्थे र त्यसबारे उनी 'मेरो गोरुको बाह्रै टक्का' भन्न पनि पछि पर्दैनथिए ।
राममणिको नेपाली भाषासाहित्यलाई विभिन्न तरिकाले नेपाल छिराउने उद्देश्य थियो; त्यसैले उनले १९६५ सालदेखि 'माधवी' नामक नेपाली भाषाको. पत्रिका पनि आरम्भ गरे । त्यस बखत उनले आफ्नो नाउँ मातृप्रसाद शर्मा अधिकारी राखे । नेपालमा राणाहरूको जगजगीलाई ध्यानमा राख्तै. राणासरकारको जागिरमा आबद्ध आफ्ना बुबाको बचाउ गर्न नै उनले आफ्नो नाउँलाई छोपेका थिए । मातृप्रसाद शर्माको सम्पादनमा 'माधवी' आठ अङ्कसम्म प्रकाशित भयो । यसै पत्रिकामार्फ हलन्त बहिष्कारको घोषणा भएको थियो । नेपाली भाषासाहित्यको साहित्यिक पत्रकारिताका फाँटमा 'माधवी'को आफ्नो बेग्लै आयाम स्थापित भएको छ । यसै पत्रिकामा राममणिका पनि धेरै लेखरचनाहरू प्रकाशित भएका थिए ।
राममणिले 'माधवी'मा लेखनाथ पौडयालका कविता चर्चापरिचर्चा र टिप्पणीका साथ प्रकाशित गरेका थिए । लेखनाथ पौडयाल भविष्यमा योग्य कवि बन्न सक्ने सम्भावनालाई उनले नै र्सवप्रथम घोषणा गरेका थिए । लेखनाथ पौडयालको कमजोर आर्थिक अवस्थामा राममणिले नै आफ्नो गच्छेअनुसारको सहयोग जुटाएका थिए ।
राममणिले बनारसमा बसेर नेपाली भाषामा साधना गरेको कुरा श्री ३ चन्द्रशमशेरलाई पचेन । परिणामस्वरूप काशीनाथको प्रत्यक्ष निर्देशनमा राममणिलाई नेपाल भित्र्याइएको थियो । त्यसपछि उनी श्री ५ पृथ्वीवीरविक्रम शाहको ढुकुटीमा हाकिमको पदमा कार्यरत रहे ।
राममणिले समालोचनाका फाटँमा स्तरीयता कायम गर्न नसके. तापनि उनी यस क्षेत्रमा चाहिँ लागिपरे । उनले माध्यमिककालीन नेपाली साहित्यमा मोतीराम भट्टले चलाएको समालोचनात्मक अभियानलाई. काँध थाप्ने प्रयास गरेका थिए । वास्तवमा मोतीराम भट्टपछि नेपाली समालोचनाको प्रारम्भिक यात्रालाई अगि बढाउने नै राममणि नै थिए । नेपाली समालोचनायात्रामा मोतीराम भट्ट र र्सर्ूयविक्रम ज्ञवालीमाझको महत्त्वपर्ूण्ा बिन्दु राममणि नै हुन् ।
मातृप्रसाद शर्माको 'माधवी'मा राममणिको समालोचना धारावाहिक रूपमा 'कवितारीति' नाउँबाट प्रकाशित भएको थियो । 'कवितारीति'को धारावाहिक समीक्षापश्चात् राममणि समालोचकका रूपमा स्थापित भए । नेपाली साहित्यको सैद्धान्तिक समालोचनाको विकासमा 'कवितारीति' एउटा खुटि्कलो थियो । राममणिले १९६५ सालमा लेखेको 'कवितारीति' नामक समीक्षात्मक कृतिपछि उनी एक्कैचोटि २०१५ सालमा समालोचकका रूपमा देखापरे । 'एक समीक्षा' नामक ग्रन्थमा पं. राममणिले पं. हेमराज शर्माको 'चन्द्रिका' नामक व्याकरणका विरोधमा आफ्ना विचार अगि सारे ।
राममणिको साहित्यिक व्यक्तित्वलाई मुख्यतया सात भागमा विभाजित गर्न सकिन्छ( (१) समालोचकीय व्यक्तित्व (२) अनुवादक व्यक्तित्व (३) सम्पादकीय व्यक्तित्व (४) काव्यात्मक व्यक्तित्व (५) निबन्धनात्मक व्यक्तित्व (६) कोशकार व्यक्तित्व (७) कथात्मक व्यक्तित्व ।
राममणि नेपाली भाषा(साहित्यमा केही गरौँ भन्ने भावनाले ओतप्रोत थिए । त्यसैले यी 'गोरखा भाषा प्रकाशिनी समिति'मा रहँदा नेपाली भाषाका पुस्तकहरू छाप्न लालायित भइरहे । त्यसै बेला यिनले चक्रपाणि चालिसेलाई आफ्नो सहायकका रूपमा भर्ना गरे । यिनले उन्नाईस वर्षअध्यक्ष भएर त्यस समितिबाट बत्तीसवटा पुस्तकहरू प्रकाशनमा ल्याए ।
राममणिका धेरै गुण मोतीराम भट्टका झैँ थिए । वास्तवमा उनी मोतीराम भट्टका पक्का चेला थिए । मोतीराम भट्टले झैँ यिनले पनि छापाखाना चलाए, पुस्तक छपाए, संस्था खोले, साहित्यकारहरूको कदर गरे, पुस्तकालय (शान्ति निकेतन पुस्तकालय)को स्थापना गरे, लेखे, लेखाए आदि । राममणिका जेठा छोरा केदारमणि आ.दी.ले कथा, यात्रा(निबन्ध र आत्म(कथा गरी १७ ओटा ग्रन्थ लेखी बाबुकै नाउँ थामेका छन् । अझ राममणि आदीको व्यक्तित्व र कृतित्वको उनका नाति कमल दीक्षितले गतिलो बिँडो थामे ।
राममणिको पारिवारिक जीवन अत्यन्तै कष्टप्रद थियो । तर उनी आफ्नो. योजनामा सदैव हिँडिरहे । १९५२ सालमा यी १३ वर्षा थिए । त्यसै बेला यिनको कुमुदिनीदेवी पौडेलसँग लगनगाँठो कस्सिएको थियो । यी दम्पतिबाट एक छोरा केदारमणि र तीन छोरीहरू जन्मिए । वैवाहिक जीवनमा उनिएको सत्र वर्षछि कुमुदिनीदेवी बिमारी भइन् । त्यसपछि १९६९ सालमा राममणिले नलिनीदेवी कोइरालासँग दोस्रो बिहे गरे । दोस्री पत्नीबाट चार छोरा केशरमणि, प्रेममणि, सरोजमणि, केशवमणि र सात छोरीको जन्म भयो । पन्ध्र जना छोराछोरीका बाबु भएपछि दुईपट्टिकासन्तानको झैँझगडा र कचिङ्गलले राममणि चिन्तित हुन थाले, झोक्राउन थाले र पश्चात्तापमा रुमल्लिन थाले । त्यस स्थितिमा उनी आफूलाई घरको न घाटको ठान्थे ।
राममणिको जीवनको उत्तर्रार्ध शोकैशोक र पीडैपीडामा बित्यो । खास गरेर १९९० सालमा उनकी आमा ललितादेवी स्वर्गीय भइन् । यिनले २१ दिन पैदल हिँडेर आमाको अस्तु काशी पुर्याएका थिए । १९९३मा यिनकी जेठी पत्नी कुमुदिनीदेवीको पनि निधन भयो । १९९४ मा यिनका बुबा पं. काशीनाथ आ.दीले पनि आफ्नो चोला फेरे । संवत् २००८ सालमा यिनले खाईपाई आएको जागिर पनि हिँडयो ।
सरदार पं. राममणि आदीले आफ्नो जीवनकालमा नै भनेका थिए( ''मलाई कतै लानुपर्दैन, मेरै देशमा म मर्न चाहन्छु ।'' सोहीअनुरूप उनी यसै माटोमा स्वर्गीय भए । नब्बे वर्षलाग्नु दुई महिनाअघि संवत् २०२८ माघ २३ गते आइतबार राममणिले संसारबाट बिदा लिए ।