नइ प्रकाशन Nai Prakashan
»  नइ प्रकाशन गैरराजनीतिक साहित्यिक, सांस्कृतिक र सामाजिक संस्था हो ।   

बटुककृष्ण ज्वाला

ए दूरका सितारा मेरो चाँदनी कहाँ छ
ए फूल हो टुहुरा मेरो मालिनी कहाँ छ ?
(स्वर र सङ्गीत : बटुककृष्ण ज्वाला * शब्द : किरण खरेल)
२०१५ सालको कुरो हो, त्यतिखेर सिंहदरबार नाचघरमा बटुककृष्ण ज्वालाको सक्रियतामा एउटा सांस्कृतिक कार्यक्रमको आयोजना भएको थियो । सो समारोहमा राजा महेन्द्रको पनि उपस्थिति थियो । त्यस बेला बटुककृष्ण ज्वालाले 'ए दूरका सितारा' भन्ने बोलको गीत गाउँदा राजा महेन्द्र सारै खुसी भएका थिए । नृत्यमा सुहाउने गीत, स्वरमा सुहाउने सङ्गीत र शब्दअनुसारको भाकाले गर्दा त्यतिखेर त्यस गीतले दर्शक र श्रोतामा एउटा सनसनी नै फैलाएको थियो । त्यसैले त्यस बेला कार्यक्रम सकिनेबित्तिकै राजाले बटुककृष्ण ज्वालालाई सोधेका थिए, "तिमीलाई के चाहिएको छ (" राजाको संवादमा गहभरि आँसु सङ्ग्रह गर्दै ज्वाला बोलेका थिए, "सरकार ! मैले एउटा पनि गीत रिकर्डिङ गर्न सकेको छैन । कोलकातामा गएर रेकर्ड गर्न पाऊँ ।" त्यसपछि राजा महेन्द्रले ज्वालालाई गीत रिकर्डिङ गर्ने पैसा दिने वचन दिए । राजाको आश्वासन पाउँदा उनी हर्षे रोए र राजाबाट प्राप्त रकम बोकेर कोलकाता गए । उनले राजालाई सुनाएको गीत 'ए दूरका सितारा' पनि रिकर्डिङ गरे । त्यो गीत नै उनको पहिलो रिकर्डिङ भएको गीत थियो । त्यतिमात्र होइन किरण खरेलद्वारा रचित रिकर्डिङ भएको पहिलो गीत पनि यही थियो ।
रामेश्वरकृष्ण सिलवाल तथा प्रभावती सिलवालका सुपुत्रका रूपमा बटुककृष्ण ज्वालाको जन्म संवत् १९९९ फागुन २३ गते काठमाडौँको क्षेत्रपाटीमा भएको थियो । बटुककृष्ण सिलवालले सानैमा आफूलाई ज्वालामा रूपान्तर गरेका थिए । हर्ेदा खाइलाग्दो, उज्यालो र बोलिरहनु पर्ने बेहोरा भएका बटुककृष्ण ज्वाला रसिक पनि थिए । उनी नाटकहरूमा पनि खेलिरहन्थे । केटीहरूसँगको सर्म्पर्कमा गइरहने उनको बानीबेहोरा थियो । ज्वालाले आफू किशोर भएदेखि नै केटीहरूसँग गहिरो मित्रता कायम गरेका थिए । वास्तवमा उनलाई देखेपछि केटीहरू पनि मनमुग्ध हुन्थे । ज्वाला बोलेपछि त उनीसँग केटीहरू भुतुक्कै हुन्थे । यस्तो परिवेशमा उनी गीत गाउन थालिहाल्थे । उनी कुनै राम्रो शब्दलाई तुरुन्तै सङ्गीतमा प्रवेश गराएर गीत गाउन सक्ने होनहार प्रतिभा थिए :
चन्चले आँखाले के गरे मलाई
कहिले कल्पाई कहिले तड् पाई ।
(स्वर र सङ्गीत : बटुककृष्ण ज्वाला * शब्द : किरण खरेल)
बटुककृष्ण ज्वाला अत्यधिक प्रकृत्रि्रेमी भएका कारण उनी एकपटक काठमाडौँस्थित असनकी विमला उदाससँगको सामीप्यमा पुगे । विमला उदास बिछट्टै राम्री थिइन् । ज्वाला जसरी विमलासँग समर्पित भए त्यसै गरी विमला उदास पनि ज्वालासँग मरिमेट्न थालिन् । हुँदाहुँदै यिनीहरूको तनमन नै एकअर्कामा टयाप्पै टाँस्सिएको थियो । पन्ध्र वर्षा ज्वालाले चौधवर्षी विमलालाई मुटुमा च्याप्पै च्याँपेका थिए । परिणामस्वरूप उनले कसैलाई नसोधी आफ्नी प्रेयसीको सिउँदो रङ्गाएका थिए ।
बटुककृष्ण ज्वालाले विमला उदासलाई बिहे गरेपछि जीवनमा अर्कै रौनक भरिएको अनुभूति सँगाल्न थाले । जीवन बाँच्नुको सार नै आफ्नो दाम्पत्य जीवन भएको उनले महसुस गर्न थाले । साथै विमला उदासको प्रेममा बाँधिएर नै ज्वालाले झन् उत्ताउलो तर शिष्ट, चहकिलो तर उत्कृष्ट, फूर्तिलो तर मीठो सङ्गीत प्रदान गर्न थाले । त्यतिखेर उनले निर्माण गरेका सङ्गीत अत्यधिक राम्रा पनि भए । वास्तवमा उनी आधुनिक सङ्गीतका पर््रवर्तकमध्ये एक मानिए । किरण खरेलका अनुसार "बटुककृष्ण ज्वाला डान्समा मिल्ने फास्ट सङ्गीत गर्ने अग्रपङ्क्तिका सङ्गीतकार थिए ।" पपगायनका त उनी पर््रवर्त कै थिए ।
त्यस बेला दरबारमार्ग स्थित सुरशमशेरको सेतो दरबारमा केही कलाकारहरू भेला भएर अभिनय गर्थे ; अनि त्यही घरअगाडिको चौरमा पाल हालेर उनीहरू नाचगान पर््रदर्शन पनि गर्थे । त्यतिखेरका सङ्गीतकार र गायकहरूमा बटुककृष्ण ज्वालाको साङ्गीतिक नेतृत्व चल्थ्यो । उनले त्यस बेला थुप्रै सङ्गीत प्रस्तुत गरे र गीतहरू पनि गाए ।
बटुककृष्ण ज्वाला सङ्गीतमा मात्र समर्पित एउटा होनहार कर्मी थिए । गीतगायनका हरेक कार्य क्रममा उनी आफ्नी पत्नी विमलालाई लिएर जाने गर्थे । उनी केटी जिस्काउने लयमा गीतलाई ताल दिने गर्थे तापनि उनी शास्त्रीय गीत गाउनमा पनि निपुण थिए । त्यति मात्र होइन लोकगीत गाउनमा पनि उनको त्यति नै रुचि देखिन्थ्यो । त्यस बेला नेपालमा रिकर्डिङको समस्या भएका कारण उनका गीतहरूचाहिँ करिब दसवटा मात्र रिकर्डिङ भए । उनले पचासवटा जति गीतहरूचाहिँ आफ्नै सङ्गीतमा विभिन्न सांस्कृतिक कार्य क्रममा गाइसकेका थिए । उनी अरूलाई पनि आफ्ना सङ्गीतका गीतहरू गाउन दिने गर्थे :
हरियाली पर्व तको पिरती यो चोरी
गाउँबेसी नाची हिँड् ने पहाडकी छोरी ।
(स्वर र सङ्गीत : बटुककृष्ण ज्वाला * शब्द : किरण खरेल)
बटुककृष्ण ज्वाला सङ्गीतमा उत्साहित भएर विमलासँगै हिँडेको बेला एक्कासि उनको हृदयमा एउटा चटयाङ पर्यो । जातभात नमिल्ने कारण देखाई विमलाका माइती घरका एक हूल मान्छे आएर एक दिन विमलालाई लिएर गए । विमला रुँदै बाँधिएर माइत गइन्।  
बटुककृष्ण ज्वाला झोक्राएर घरमा बसे । त्यसपछि उनी एकान्तमा नै हराउन थाले । कतिसम्म भने आफ्ना मनपर्ने साथीहरू किरण खरेल, शङ्करविक्रम शाह, रविविक्रम शाह, जगतमर्दन थापाहरूसँग पनि उनले आफ्नो सम्बन्धमा पर्दा लगाउन थाले । क्रमशः रक्सी खाएर उनी दिन बिताउँथे, रात कटाउँथे । त्यतिखेर उनको हालत अत्यन्तै नमज्जाको थियो । त्यसैले किरण खरेलको सक्रियतामा त्रिशूलीकी रुक्मिणी पाण्डेसँग ज्वालाको पुनः विवाह भयो । तर पनि उनको मन नियन्त्रण हुन सकेन । उनी रक्सीमा नै डुबे, राती डुबे, दिउँसै डुबे र जति बेला पनि डुबे । प्रेममा बाण लागेपछि उनले बेहोसीमा मर्न निको ठानेँ । उतातिर विमला उदासले पनि पुनः अर्को बिहे गर्न मानिनन् ।
बटुककृष्ण ज्वालाको स्थिति दिनानुदिन खस्कन थाल्यो । उनी नसामा डुबेर मात्र मान्छेसँग बोल्थे । उनको व्यवहारबाट दिक्क भएर उनकी पत्नी रुक्मिणीले पनि चम्पट ठोकिन् । त्यसपछि ज्वाला झनै एक्लो भए । बिस्तारै बिस्तारै उनी न घरका भए न घाटका भए । उनले न छोरा पाए न छोरी पाए । सङ्गीतका एउटा झलझलाउँदा तारा अनायासै फुटपाथमा जोतिन थाले । उनको त्यो हालत देखेर सङ्गीतका थुप्रै पारखीहरू उनी भए ठाउँ पुगे । उनका साथीहरूले उनलाई कति सम्झाए । तर उनी प्रेम र नसामा नै मरिरहेका थिए । अन्ततः नेपाली आकाशबाट एउटा सङ्गीतको झलझलाउँदो तारा खस्यो । २०२५ साल माघ २३ गते बटुककृष्ण ज्वालाले यस धर्तीमा आफ्नो इहलीला आफैँ चिथोरेर समाप्त पारे ।
बटुककृष्ण ज्वालाको भौतिक शरीर नाश भए तापनि उनी यस धर्तीमा बाँचिरहेका छन् । उनको उत्कृष्ट साङ्गीतिक योगदान अझै आलै भएर बाँचिरहेको छ । उनको सङ्गीतले अझै नेपाली भावनामा मितेरी लगाइरहेको छ । उनी त्यही सङ्गीतका धूनमा सङ्गीतप्रेमीका मनमनमा झङ्कृत भइरहेका छन् :
जुनेली रातमा म कति पर्खू गोरेटो हेरेर
आएनौ तिमी यो मेरो मनमा जुनेली र्छर्केर ।
(स्वर र शब्द : जगतमर्दन थापा * सङ्गीत : बटुककृष्ण ज्वाला)