नइ प्रकाशन Nai Prakashan
»  नइ प्रकाशन गैरराजनीतिक साहित्यिक, सांस्कृतिक र सामाजिक संस्था हो ।   

सूर्यविक्रम ज्ञावाली

डिठ्ठा तिलविक्रम ज्ञवाली तथा पार्वतीदेवी ज्ञवालीका एउटै सुपुत्र थिए- सूर्यविक्रम ज्ञवाली । ज्ञवालीको जन्म १९५५ साल जेठ २९ गते भारतको काशीमा भएको थियो । त्यहीँबाट यिनले प्रारम्भिक शिक्षा आर्जन गरे । त्यहीँबाट यिनले माध्यमिक शिक्षा पनि ग्रहण गरे । यी पच्चीस वर्षा उमेरमा दार्जिलिङतिर लागे । त्यहाँ यिनले दार्जिलिङ सरकारी हाइस्कूलमा प्रवेश पाए । त्यस स्कूलमा यिनले नेपाली र अङ्ग्रेजी पढाए । त्यसपछि यिनले विद्यार्थीलाई पढाउँदै आफू पनि पढ्न थाले । उनी जसरी स्तरीय ढङ्गबाट विद्यार्थीलाई पढाउँथे त्यसरी नै आफू पनि घोटिएर अध्ययन गर्ने गर्थे । परिणामस्वरूप ज्ञवालीले बीए बीटीको. शैक्षिक उपाधि ग्रहण गरे । यिनले यो शैक्षिक उपाधि भारतको कलकत्ताबाट प्राप्त गरेका थिए ।
ज्ञवाली सानैदेखि नेपाली भाषा, साहित्य र इतिहास भनेपछि मरिमेट्थे । नेपालीत्व ज्ञवालीको अति प्रिय चिज थियो । उनी नेपाली भाषाभाषीको सम्मानमा जुट्ने जोसुकै मान्छेको. पनि गीत गाउन सिपालु थिए ।
बनारसमा अध्ययनरत हुँदाहुँदै पनि ज्ञवाली नेपाली भाषाको सेवामा जुटे । यिनले त्यहाँबाट प्रकाशित हुने 'गोर्खाली' र 'जन्मभूमि' पत्रिकाको सम्पादन गरे । 'गोर्खाली'को सम्पादक हुँदा यी करिब १६ वर्षा मात्र थिए । यिनको तीक्ष्ण बौद्धिकताले त्यसैबेला उत्कृष्टताको. पिङ मच्चाएको थियो ।
त्यसै बेला ज्ञवालीले दार्जिलिङमा नेपाली भाषा-साहित्यको एउटा थलो निर्माण गर्नेबारे सरसल्लाह गरे । फलस्वरूप संवत् १९८० मा दार्जिलिङमा नेपाली भाषासाहित्यको एउटा संस्था जन्म्यो 'नेपाली साहित्य सम्मेलन ।' उनी त्यस संस्थाको सदस्यसचिव भए ।
दार्जिलिङमा ज्ञवालीले धरणीधर कोइराला र पारसमणि प्रधानसँग गला जोडे । त्यस भेकमा सूर्यविक्रम ज्ञवाली, धरणीघर कोइराला र पारसमणि प्रधान नेपाली भाषासाहित्यमा आधिकारिक व्यक्तित्वका रूपमा स्थापित भए । त्यस बखत 'सूधपा'ले नै एउटा संस्थाझैँ गहकिलो साहित्यिक नेतृत्व कायम गरेको थियो; अनि त्यस नेतृत्वको पनि अग्र रूपमा सूर्यविक्रम ज्ञवाली रहेका थिए ।
दार्जिलिङमा ज्ञवाली नेपाली भाषासाहित्यको प्रचारप्रसार र सृजनात्मक कार्यमा जुटिरहे । त्यस बेला चाहे उनी स्कूलका प्रधानअध्यापक भएका बेलामा होस् अनि चाहे दार्जिलिङको सामाजिक शिक्षाअर्न्तर्गतको जिल्ला अधिकृतका रूपमा होस् नेपाली वीरहरूको जीवनी लेख्नुका अतिरिक्त उनी नेपाली साहित्यको श्रीवृद्धिका लागि जुटिरहे । त्यतिमात्र होइन त्यस बेला उनी दार्जिलिङको नगरपालिकाको कार्यकारी सदस्य भएर होस् या त्यस क्षेत्रको समाजसेवी बनेर होस् उनले नेपाली भाषासाहित्यका लागि आफ्नो तन, मन, धन अर्पेका थिए ।
ज्ञवाली संवत् २०१३ सालमा नेपाल पसेका थिए । त्यसपछि उनी पुरातत्व विभागको निर्देशक बने । तीन वर्षछि उनी नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानका सदस्यसचिव भए । पछि उनी राष्ट्रिय पञ्चायत सदस्यमा मनोनीत भए ।
ज्ञवाली साहित्य र इतिहासलाई सँगसँगै तानेर लाने सारथि थिए । उनी संस्कृतिका पनि ज्ञाता थिए । यी विविध कारणले गर्दा उनी भारतको. नयाँदिल्लीस्थित शाही नेपाली राजदूतावासमा सांस्कृतिक सहचारी पनि भए । ज्ञवालीले राजनीति, प्रशासन, कूटनीति र प्राज्ञिक ठाउँहरूमा आफ्नो दक्षता देखाएका थिए । उनी विभिन्न सरकारी र गैरसरकारी विभिन्न ओहोदामा कार्यरत हुँदै नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानका पनि कुलपति भए ।
           नेपाली साहित्यमा ज्ञवालीको खुबै ठूलो देन छ । खास गरेर समालोचनाका क्षेत्रमा मोतीराम भट्टपछिका कुशल समालोचकका रूपमा उनी देखा परेका छन् । उनको समालोचकीय यात्राको प्रारम्भ बनारसबाटै भएको थियो । त्यस बखत आफ्नै सम्पादनमा प्रकाशित 'जन्मभूमि'मा उनले 'नैवेद्य समालोचना'लाई पाश्चात्य समालोचनाका कोणबाट तयार पारेका छन् । कविवर धरणीधर कोइरालाका कविताका बारेमा गरिएको सो समालोचना नै. ज्ञवालीको प्रथम समालोचना मानिन्छ । त्यसपछि उनीद्वारा लेखिएको. समालोचना हो- ''नेपाली साहित्यकाशका दर्ुइ नयाँ तारा ।'' यसमा महाकवि लक्ष्मीप्रसाद देवकोटा र युगकवि सिद्धिचरण श्रेष्ठको बारेमा उनले आफ्नो. समीक्षात्मक मन्तव्य प्रस्तुत गरेका छन् । यसका अतिरिक्त ज्ञवालीले. 'कथाकुसुम' र 'भानुभक्तीय रामायण'को पनि भूमिकास्वरूप समालोचना गरेका छन् । वास्तवमा भानुभक्तलाई जनजनका ढुकढुकीमा पुर्याउने मोतीराम भट्टपछि सूर्यविक्रम ज्ञवाली नै थिए । यिनले पनि 'भानुभक्तको जीवनचरित्र' लेखे र 'भानुभक्त स्मारक ग्रन्थ'को सम्पादन पनि गरे ।
ज्ञवाली प्रभाववादी समालोचक थिए । समीक्षामा आफ्नो कलमद्वारा उनी गुण र दोषलाई केलाउने कलामा निपुण थिए । नेपाली साहित्यको समालोचनाको सर्म्बर्द्धनमा ज्ञवालीको प्रमुख भूमिका रहेको पाइन्छ । ज्ञवालीको समालोचनात्मक प्रवृत्तिका बारेमा डा. शोभाकान्ति थेगिम भन्छिन्- ''प्रभाववादी समालोचनाप्रणालीका पोषक र पक्षधर ज्ञवालीको अन्धोभक्ति र अन्धो स्तुत्रि्रति अनास्था रहेको छ ।''
ज्ञवालीले समालोचना, जीवनी, इतिहास, सम्पादन, अनुवाद र शब्दकोश जस्ता क्षेत्रका जम्मा सत्रवटा ग्रन्थहरूको निर्माण गरे । उनी यी हरेक क्षेत्रमा सुप्रसिद्ध भएका छन् ।
ज्ञवालीले दार्जिलिङबाट नेपालीहरूको वीरताको गीत गाउँदा त्यहाँका अङ्ग्रेजहरूले राणासरकारलाई खुसी पार्न ज्ञवालीलाई एक वर्षथुनामा पनि राखेका थिए । वास्तवमा त्यसबखत उनले लेखेको ऐतिहासिक नेपाली वीरपुरुषहरूको जीवनीले नेपालीहरू अत्यन्तै उत्साहित भएका थिए । त्यस बेलाको त्यो कृति नेपालीहरूको चेतनाको प्रतीक थियो । त्यतिमात्र होइन कलकत्तामा बीए परीक्षामा सम्मिलित हुँदा एक पत्र नेपाली भाषा दिन पाए पनि नेपालीलाई र्'पर्वतीय भाषा' भनेको र उत्तरपत्र बङ्गालीहरूले जाँचेको देखेर ज्ञवालीलाई सारै नमज्जा, नमीठो र नरमाइलो लागेको थियो । त्यसैको. परिणामले उनैको हिम्मत, मिहिनेत र जाँगरले दार्जिलिङमा 'नेपाली साहित्य सम्मेलन'को स्थापना भएको हो ।
ज्ञवाली प्रवासमा नै जन्मे, प्रवासमा नै बढे र प्रवासमा नै हुर्के । यति हुँदाहुँदै पनि उनी नेपाल भनेपछि मरिमेट्थे । त्यसैले उनले ग्रन्थकारका रूपमा र्सवप्रथम 'द्रव्य शाह' भन्ने. एउटा ओजपूर्ण ग्रन्थ लेखे । त्यसै वर्षयिनले अर्को महत्त्वपर्ूण्ा ग्रन्थ लेखे 'राम शाह ।' अनि उनले 'पृथ्वीनारायण शाह' लेखे । त्यसै गरी ज्ञवालीद्वारा लिखित तेस्रो ग्रन्थ 'वीर बलभद्र' थियो । साथै उनको अर्को ऐतिहासिक ग्रन्थ 'अमरसिंह थापा' मानिन्छ । यस ग्रन्थलाई हिन्दी भाषामा पनि अनुवाद गरेर प्रकाशित गरिएको. थियो ।
      जीवनीलेखनका एक आधिकारिक व्यक्तित्व थिए । उनमा ऐतिहासिक अवधारणालाई खिपेर पश्चिमेली धारालाईसमेत टमक्कै. बाँधेर एकअर्कामा अन्योन्याश्रति रूपमा आबद्ध गर्ने कला थियो । उनले संवत्. १९७१ सालमा बनारसबाट प्रकाशित हुने पत्रिका 'चन्द्र' मासिकमा क्रमबद्ध रूपमा जीवनीहरू लेख्न थालेका थिए ।
सूर्यविक्रम ज्ञवालीले 'नेपाली वीरहरू' नामक पनि ग्रन्थ लेखेका थिए । त्यसै गरी उनले 'नेपाल उपत्यकाको मध्यकालीन इतिहास' लेखेर आफूलाई माथिल्लो कोटिका इतिहास लेखकमा सुपरिचित गराएका थिए ।
ज्ञवालीले दर्ुइवटा ग्रन्थको अनुवाद पनि गरे । उनले अनुवाद गरेको पहिलो ग्रन्थ हो- 'पारेर्घर्तीको पुरुषार्थ ।' अङ्ग्रेजीबाट नेपालीमा अनूदित यो. ग्रन्थ प्रसिद्ध काला अमेरिकन बुकर टी. वासिङ्टनको आत्मचरित्रमा आधारित छ । साथै ज्ञवालीको अर्को ग्रन्थ 'डाकघर' नामक बङ्गाली भाषाबाट नेपालीमा अनुवाद गरिएको ग्रन्थ हो । नोबेल पुरस्कारविजेता रवीन्द्रनाथ ठाकुरबाट लिखित 'डाकघर' नेपाली भाषामा प्रवेश भएपछि झनै प्रसिद्धिको कोटिमा पुग्यो ।
ज्ञवालीका चारवटा नामीनामी सम्पादित ग्रन्थहरू पनि प्रकाशित भए । 'भानुभक्तको जीवनचरित्र' र 'भानुभक्त स्मारक ग्रन्थ', 'कथाकुसुम', र 'नेपाली संक्षिप्त शब्दकोश' उनका सम्पापदत ग्रन्थ मानिन्छन् ।
नेपाली इतिहास र साहित्यका अग्रज स्रष्टा ज्ञवालीले सन्. १९१५ देखि विभिन्न पत्रपत्रिकामा नेपाली भाषा, साहित्य, इतिहास र संस्कृतिसम्बन्धी लेखहरू लेखिआएका थिए । नेपाली परिवेशमा अमर प्राज्ञका रूपमा चिरस्थापित ज्ञवालीको नाउँ नेपाली धर्तीमा एउटा प्रेरकका रूपमा रहेको छ । नेपाली भाषा, साहित्य, इतिहास र संस्कृतिको विद्वान्का रूपमा उनले सोभियत रुस, संयुक्तराज्य अमेरिका र इरानको भ्रमण पनि गरे । उनी सधैँ असत्य वचन तथा दर्ुर्व्यवहारका कट्टर विरोधीका रूपमा अटल रहे । विभिन्न भाषाहरू बोल्न जाने तापनि उनी संस्कृत, हिन्दी र बङ्गाली भाषाका चाहिँ ज्ञाता थिए ।
ज्ञवालीको नेपाली समालोचना, जीवनी, निबन्ध, इतिहास र संस्कृतिकाक्षेत्रमा अत्यन्तै ठूलो लगानी छ । वास्तवमा नेपाली साहित्य, जीवनी र इतिहासमा उनको पदार्पण नभएको भए यस क्षेत्रमा एउटा डरलाग्दो, कहालीलाग्दो र गहिरो खाडल पर्ने थियो । उनको जीवनको अथक परिश्रमका कारणले आज नेपाली समाज उनीबाट धन्य भएको छ । उनको यही योगदानको. कदरस्वरूप उनी गोरखादक्षिण बाहु प्रथम, त्रिशक्तिपट्ट दोस्रा, पृथ्वी प्रज्ञापुरस्कार र त्रिभुवन प्रज्ञापुरस्कारबाट विभूषित र सम्मानित भएका थिए । उनले भारतबाट केशरी हिन्दी तक्मा पनि प्राप्त गरेका थिए ।
श्रीमती राजकुमारी ज्ञवाली, चार छोरा जानकीविक्रम, भोजविक्रम, मदनविक्रम, डा. मोहनविक्रम र दुई छोरी विमला र कमलाका साथ रमाइलो जिन्दगानी भोग्दाभोग्दै ज्ञवाली २०४२ साल मङ्सिर १६ गते काठमाडौँमा स्वर्गीय भए ।