नइ प्रकाशन Nai Prakashan
»  नइ प्रकाशन गैरराजनीतिक साहित्यिक, सांस्कृतिक र सामाजिक संस्था हो ।   

टीआर विश्वकर्मा

दीर्घराज कोइराला र पं.छवीलाल पोख्रेलका पहलमा हीरालाल तथा टीआर विश्वकर्माले स्कुलमा गएर पढ्न पाएका थिए । तर उनीहरुले कक्षामा अरु कुनै विद्यार्थीलाई छुन पाउँदैन थिए । उनीहरुले अलग्गै बसेर पढ्नु पथ्र्यो । उनीहरुले पानी खाएको भाँडो माटोले माज्नु पथ्र्यो र त्यो भाँडो ओभाएपछि पनि चल्दैन थियो । अनि त्यो भाँडो राम्ररी सुकेपछि गैर दलितले त्यसलाई फेरी पखाल्नु पथ्र्यो र मात्र त्यो चोखो मानिन्थ्यो । 
राणाकालीन समयमा दलितले सामाजिक रुपमा कठोर यातना भोगेका थिए । कतिसम्म भने उनीहरुले कसैको घर पस्ता कुटाइ खान्थे । किनभने त्यसपछि त्यो घर अछुत मानिन्थ्यो । दलितले परैबाट क्षेत्रीबाहुनलाई जदौ मुखिया भन्नु पथ्र्यो । यो रीत टीआर विश्वकर्माले पनि भोगेका थिए ।
दलितले त्यस बेला पढ्न पाउँदैन थिए । तर हीरालाल तथा टीआर विश्वकर्मा दाजुभाइले कोइराला र पोख्रेलका संरक्षणमा पढ्न पाए । त्यति बेला दलितलाई अरु जातले हीन गर्थे । अनि हीनबाट ग्रसित भएरै पनि टीआर विश्वकर्माले आफ्नो अध्ययनलाई जारी राखे । उनले अनेक कष्ट खेपेर पनि कासीबाट साहित्यरत्न उत्तीर्ण गरे, सोभियत रुसबाट पत्रकारितामा स्नातक गरे र उत्तर कोरियाबाट जुचे विचारधारा पनि पढे । त्यसैले पनि उनी प्रायः बामपन्थी विचारमा लागिरहे । तर उनी आफ्नो जीवनको पछिल्लो चरणमा प्रजातान्त्रिक परिवेशमा जागरुक भएका थिए ।
तुलाराम विश्वकर्मा अर्थात् टीआर विश्वकर्माको जन्म १९९० सालको वैशाख पूणिर्मामा सुनसरीको धरानमा भएको थियो । उनका बुबा मकरध्वज र आमा पदमकुमारीका चार जना छोरामध्ये साहिँला हीरालाल विश्वकर्मा र कान्छा टीआर विश्वकर्मा राजनीतिमा लागे । यी दुईभाइले राजनीतिमा नाउँ कमाए तापनि टीआर विश्वकर्माको प्रारम्भिक जीवन अत्यन्तै कठ्याङ्ग्रिएर बामे सरेको थियो ।
टीआरकी आमा दाउरा खोज्न जाँदा टीआर विश्वकर्मा जङ्गलमा नै जन्मेका थिए । उनी सात महिनामा जन्मेकाले सबैले उनलाई तुहिएको भनेर बाल्यकालदेखि नै हेला गरे । बाल्यकालमा उनले आमाबुबाका अगाडि पनि अनाथतुल्य जीवन भुक्तान गरिरहे । टीआर बाँच्ता यिनको ग्रहले अरू मर्छन् भनेर घर परिबारबाटै यिनलाई सास्ती दिने काम मात्रै भइरहृयो । वास्तवमा यी परिवारबृत्तमा नै घाँडो थिए । त्यसैले यिनलाई आवश्यकीय भोजन पनि गराउँदैनथ्यो । आफ्ना आमा बुबाबाट यिनलाई सकेसम्म जाँडरक्सी खुवाउने, जाडोमा नाङ्गै राख्ने, गर्मीमा बाक्ला लुगा लगाई दिने गरिन्थ्यो । घरपरिवारैले यिनलाई जति नै निचोर्दा पनि यी बाँचे तर ख्याउँटे, दुब्लो र पिलनधरेका रूपमा उनले बाल्यकाल काटे ।
टीआरको शरीर दुब्लो, पातलो र चाउरे भए तापनि उनी मनभित्र फलामझैँ बलिया भइसकेका थिए । त्यसैले उनी किशोरावस्थामा नै राजनीतिमा लागे । शोषक र सामन्तिको गला समात्ने काममा पनि उनी अग्रसर हुन थाले । साथसाथै उनी समाजसेवामा पनि लागे । धरानको पिण्डेश्वर पुस्तकालय निर्माणका लागि ढुङ्गा बोक्ने काममा होस या विवारिसे लासहरूको सतगत गर्ने काममा होस् अनि गरीब र दलित विद्यार्थी पढाउने काममा होस उनी एकनासले सेवामा अग्रसर थिए ।
टीआरले झन्नै तीस वर्षभइन्जेलसम्म पारिवारिक र सामाजिक दुक्ख पाइरहे । उनी मिर्ठाईदेवीसँगको प्रेममा बाँधिएपछि उनको मन केही सङ्लो भएको थियो । त्यसपछि चाहिं उनले आफ्नी प्रेमिकालाई आफ्नो जीन्दगानी खुटैखुट भन्ने अवसर पाएका थिए । २०२० सालमा टीआर र मीठाइदेवी कपालीको प्रेम विवाह पनि भयो । उनीहरूबाट प्रेरणा, कसमस र विम्झना जन्मे । दुबै जना राजनीतिक प्राणी भएकाले उनीहरुको साँठगाँठ पनि अति राम्रो थियो ।
नेपालमा राणाकालीन युगमा दलित (कामी, दमाई, सार्की, पोडे, कसाइँ आदि)लाई मान्छेका रूपमा स्वीकारिँदैनथ्यो । यिनीहरूले देवीदेउता पनि मान्न पाउँदैन थिए, राम्रो घर पनि बनाउँन पाउँदै थिए र बाहुला भएका लुगा पनि लाउन पाउँदैन थिए । साथै सुनचाँदीका गरगहना लगाउन पनि यिनीहरूलाई निषेध गरिएको थियो । कतिसम्म भने दलितले त्यस बखत आफ्नो लुगामा स्त्री लगाउन पाइँदैन थिए । त्यो रीत टीआरका पर्ूखाहरूले पनि भोगेका थिए । सात सालपछि समेत वीर अस्पतालमा दलितलाई औषधोपचारका लागि भर्ना गरिँदा पनि भरेङमुनि राखिन्थ्यो । त्यसैले टीआर यो अन्यायको कालो जालोलाई डडाउने काममा लागे । अनि उनी भारतका अम्बेडकरको मानवतावादी नीतिको अनुयायी भएर लागे ।
२००९ सालदेखि टीआर नेपाल कम्युनिष्ट पाटीमा लागे । त्यति बेला उनी सुनसरीका सचिव पनि भए । उनी २०२१ सालसम्म वामपन्थी विचारधाराको प्रचारप्रसारमा नै समर्पित थिए । राजा महेन्द्रद्वारा मुलुकी ऐन जारी गरेपछि उनी क्रमशः राजसंस्थाको वकालतमा पनि लागे । किनभने त्यस मुलुकी ऐनले दलितहरूलाई समान नागरिकको कानुनी मान्यता प्रदान गरेको थियो । टीआर विश्वकर्मालाई आफ्नो निष्ठाका कारण राजाबाट राष्ट्रिय पञ्चायत सदस्यमा मनोनीत गरिएको थियो ।
टीआर साहित्यकारको रूपमा पनि परिचित भए । उनका तीनवटा कवितासङ्ग्रह प्रकाशित भएः बाँच्ने ठूलो, माटो र मुटु र युगीन संचेतनाका स्वरहरू । उनी समकालीन पुस्ताका प्रतिनिधि कविका रूपमा स्थापित मानिए । उनले निबन्ध, प्रबन्ध, कथा र समालोचना लेखे । उनले धेरै वर्षपत्रिका पनि चलाए । उनले नेपाल कम्युनिष्ट पार्टी नवयुगदेखि राजावादीबाट परिचित प्रेरणासम्मका पत्रिकामा आफूलाई पत्रकार भनेर चिनाए । उनले शिक्षण सेवा पनि गरे । मानवअधिकारवादी, अन्तर्ट्रिय दलित नेता विश्वकर्मा राष्ट्रिय र अन्तराष्ट्रिय पुरस्कारहरुबाट पुरस्कृत भए ।
टीआर विश्वकर्माको नेपाल दलित जनविकास परिषद्को स्थापना, सञ्चालन र नेतृत्वमा महत्वपूर्ण योगदान थियो । उनी सदैव दलितकै हीतका लागि जागरुक भैरहे । उनी एउटा हिम्मती, निर्भीक र स्वाभिमानले भरिएका योद्धा थिए । उनी खुलस्त विचारका लखपति थिए र इमान्दार पनि त्यस्तै थिए ।  
विश्वकर्मा राजनीति, साजसेवा र पत्रकारितामा सक्रिय हुँदाहुँदै थला परे । ब्लडप्रेर, अल्सर, सुगरले सताइएका विश्वकर्माको उपचारकै क्रममा हृदयगति बन्द भयो । २०४७ भदौ ४ गते भारतको नयाँ दिल्लीस्थित जयप्रसाद नारायण अस्पतालमा टीआर विश्वकर्माको स्वर्गारोहण भयो ।