नइ प्रकाशन Nai Prakashan
»  नइ प्रकाशन गैरराजनीतिक साहित्यिक, सांस्कृतिक र सामाजिक संस्था हो ।   

पुष्प नेपाली

एकताका पुष्प नेपालीको आवाजले नेपाल राष्ट्र नै घन्केको थियो । उनको स्वर र सङ्गीतका तालमा शब्दहरूले मयूरनाच गर्थे । शब्दरचनामा पुष्प नेपालीको प्रतिभाले जनमानसको आकषर्ण बटुलेको थियो, सङ्गीतसिर्जनामा उनको व्यक्तित्वले सिङ्गो नेपालबाट सम्मान सङ्ग्रह गरेको थियो भने स्वरबाट उनले मुगलानमा बसेका नेपालीहरूबाट समेत कृतज्ञता पाएका थिए । वास्तवमा मीठो स्वरलहरीमा मीठा शब्द कुँदेर मीठा सङ्गीतको तालमा गीत प्रस्तुत गर्ने नेपाली साँच्चैका तपस्वी कलाकार थिए । उनको कलासाधनाले नेपाली जातिको गौरव र स्वाभिमान सात समुद्र फैलिएको थियो ।
नेपालीले जसरी प्रेमगीत, प्रकृतिगीत, जीवनगीत गाए त्यसरी नै राष्ट्रिय गीत गाएर नेपाल र नेपालीको सग्लो परिचय जताततै पुर्याए । उनका गीतका प्रत्येक दफामा जागृतिका लहरहरूले इन्द्रेणी बटुलेका हुन्थे । खास गरेर राष्ट्रिय गीतमा चाहिँ उनी एउटा सशक्त नमुना नै मानिन्थे । कुनै बेला नेपालीको राष्ट्रिय गीत रेडियोमा बज्दा त्यही गीत सारा नेपालीको देशप्रेमको गीता बन्न पुग्थ्यो । प्रत्येक स्कुल, कलेज र सामाजिक सङ्घसंस्थाले त्यही गीतलाई प्रस्तुत गर्थे । गाउँठाउँका सांस्कृतिक कार्यक्रम र मेलाबजारहरूमा त्यही गीत बज्ने गथ्र्यो । प्रवासमा पुगेका कैयौँ नेपालीहरू त्यही गीत सुनेर रुन्थे किनभने त्यो गीत समयको आहृवान थियो, जागरणको बिगुल थियो र राष्ट्रियताको नर्सिङ्गा थियो ः
 
फर्कहै र्फक नेपाली तिमीलाई डाक्छ हिमाल
आमाको माया बराबर सबै ले मिलेर उचाल ।
           पुष्प नेपाली संवत् १९८८ साल पुस १९ गते काठमाडौँमा जन्मे । उनलाई जन्माउने बाबुआमा पृथ्वीलाल जोशी र कृष्णकुमारी जोशी थिए । पृथ्वीलाल जोशी पनि नेवारी धिमे बाजा बजाउने शिल्पी थिए । पृथ्वीलाल जोशीका तीन छोरा र चार छोरीमध्ये जेठा विष्णुलाल जोशी, माइला हरिलाल जोशी र कान्छा पुष्प नेपाली सङ्गीतमा लागे । आफ्ना जेठा दाजु उस्ताद विष्णुलाल जोशीका प्रेरणाले पुष्प नेपालीले चाँडै आफ्नो कलात्मक व्यक्तित्वलाई जनजनमा पुर्याउन सके ।
नेपालीले सानैदेखि गीतमा आफूलाई सरिक गराए । यिनले नाटकहरूमा खुबै खेले । कुनै मा यिनले नायकको पाठ खेले, कहिले नायिकाको पाठ खेले । गायन, सङ्गीत र रचनामा झैँ नाटकमा अभिनय गरेर पनि यिनले नाउँ चलाएका थिए ।
नेपाली सङ्गीतकलामा मात्र समर्पित थिएनन् । राष्ट्रको सेवार्थ पनि उनी त्यत्तिकै जागरुक थिए । सत्र वर्षलागेपछि यी मुगलान पसी मुक्तिसेनामा भर्ती भए । बन्दुक बोकेर यी त्यस बेला राणाका विरोधमा सडकमा ओर्लेका थिए । देशमा प्रजातन्त्र आएपछि यिनी गणेशमान सिंहको सिफारिसमा रेडियो नेपाल पुगे । २००८ सालमा रेडियो नेपालमा सरिक हुँदा यिनले मासिक पचास रुपियाँ तलब पाउँथे । आठ वर्षजति रेडियोमा सेवा गरेपछि यिनको स्वाभिमानले त्यहाँ बस्न रुचाएन । यिनी रेडियो नेपालबाट उछिट्टिए। त्यसपछि यिनी बाहिरबाहिर गीत गाएर हिँड्न थाले । यिनले रेडियो छाडेको बेहोरा २०२० सालतिर राजा महेन्द्रका कानमा पनि पर्यो ।
राजा महेन्द्रको इच्छाबमोजिम नेपाली पुनः रेडियो नेपालमा भर्ना भए । रेडियो नेपाल पुगेर यिनले आफ्नो कार्यको थालनी गरे । त्यहाँ यिनले आफ्नो सशक्त स्वर पुनः रिकर्डिङ गर्न थाले । यिनको स्वरको झनै प्रशंसा हुन थाल्यो । गीत गाएर नै यिनले आफ्नो परिचयलाई डाँडावारि र डाँडापारि पुर्याउन थाले ः
तितिरी पङ्खी बादलुमाथि सुनौ लो साँझमा
बगेको खेला कलकल गरी जुनेली रातमा ।
रेडियो नेपालमा पुनः भर्ना भएकै वर्षराजा महेन्द्रसँगै नेपाली इलाम पुगे । त्यहाँ गोपालप्रसाद रिमालको 'मसान' नाटक चलिरहेको थियो । त्यस नाटककी नायिका मीना देवान थिइन् । त्यस नाटकका सर्न्दर्भमा पुष्प नेपालीले पनि गीत गाए । नायिकाले गायकलाई र गायकले नायिकालाई देखेको त्यो पहिलोचोटि थियो । त्यसपछि यी दर्ुइका बीच चिठी आदानप्रदान हुन थाल्यो । त्यतिखेर काठमाडौँ इलाम र इलाम काठमाडौँ आउने जाने बाटाघाटाको राम्रो व्यवस्था पनि थिएन । यति हुँदाहुँदै पनि विभिन्न बहानामा इलामकी मीना देवानको काठमाडौँमा नेपालीसँग भेट हुन थाल्यो । आखिर उनीहरूले एकअर्काको मुटुबाट नछुटि्टने वाचा गरे । अन्ततः परम्परागत कुरीतिलाई तोडेर एउटा ३२ वर्षो नेवार केटाले १८ वर्षीय र्राई केटीसँग बिहे गरे । यो तत्कालीन नेपाली समाजमा एउटा कठिन निर्णथियो । तर पनि सजिलै सँग यिनीहरूले समाजका होचाअग्ला पर्खाल नाघेका थिए । यी दम्पतिले एउटा छोरा पुकार र दुइटी छोरी पुनम र पूजा जन्माए ।
नेपालीका पालामा पनि रेडियो नेपालको एउटा स्वणिर्म युग थियो । रेडियो नेपालमा हरेक वर्षअखिल नेपाल सङ्गीत सम्मेलन हुन्थ्यो । ती सम्मेलनमा पुष्प नेपाली तीनपल्टसम्म प्रथम भए । ती प्रतियोगितात्मक सम्मेलनमा प्रथम भएबापत यिनले स्वर्ण पदक पनि पाए । विभूषण, सम्मान र जागिरभन्दा चाहीं नेपालीको उचाई ठूलो थियो ।
नेपाली जसरी आधुनिक गीतको संरचना गर्थे, लोकभाकामा सङ्गीत प्रदान गर्नमा पनि यिनी त्यति नै सिपालु थिए । वास्तवमा यिनका सङ्गीत सिर्जनामा नेपालीत्व भेटिन्थ्यो । यिनले जेजति गीत गाए धेरै जसो विशुद्ध नेपाली पाराका गीत गाए । त्यसैले यिनका गीतहरू मान्छेहरूमाझ मनपर्ने हुन गए ः
 सितलुमाथि नि सितलु भयो नि 
             लौ लौ लौ बरै को छायाँले
 घुम्दै छ मौरी नि रसैका लागि नि
             लौ लौ लौ म घुम्छु मायाले ।
              सरल जीवनका अनुयायी नेपाली इमानमा पनि त्यत्तिकै अग्ला देखिन्थे । झवाँक्की स्वभावका नेपाली नरममा पनि त्यत्तिकै परिचित थिए । यिनका लागि स्वदेश नै सबै भन्दा ठूलो तर्ीथ स्थल थियो । सौम्य प्रकृतिका धनी पुष्प नेपाली कसैको चित्त दुख्ला भनेर कुनै कुनै व्यवहारमा आफैँलाई तल पनि पार्न तम्सन्थे । यिनमा अन्तर्नि हित मानवीय प्रवृत्तिको समकालीन पुस्ताले प्रशस्तै वर्णगर्ने गरेको पाइन्छ ।
रेडियो नेपालमा खुट्टा हालेपछि २०३६ सालसम्ममा पुष्प नेपालीले ५०० वटा गीत गाए । साथै यिनका पच्चीसवटा जति गीतिरचना र त्यति नै सङ्गीतरचना पनि रेडियो नेपालमा सुरक्षित भए । नातिकाजीद्वारा गाइएको 'पहाड बसी बनमा खेली' बोलको प्रसिद्ध गीत पुष्प नेपालीले नै रचेका थिए ।
नेपालीको स्वर त्यति बेला एउटा प्रतिनिधि स्वरका रूपमा स्थापित थियो । यिनले रेडियो नेपालमा पच्चीस वर्षसेवा गरेर चार दोब्बर वर्षाई राम्ररी पुग्ने नाउँ राखे । समयसापेक्ष प्रविधिका कारण नेपाली भाषा रहेसम्म पुष्प नेपालीको स्वरले पनि नेपालभित्र जरा गाडिरहनेछ, किनभने यिनका प्रत्येक गीतले प्रायः त्यस बेलाको नेपालको एउटा न एउटा विषयलाई अँगालेको पाइन्छ ।
हिन्दी गीतहरूलाई क्रमशः बिर्साएर नेपालीलाई नेपाली गीतमा मुग्ध पार्ने नेपालीजस्ता गायकहरूको आगमन नेपाली सङ्गीतको समृद्धिको श्रृङखलाको ऐतिहासिक कडी मानिन्थ्यो । वास्तवमा नेपाली गीतको मिठासलाई नेपालीहरूले नेपालीका कानमा निरन्तर भरेर नेपाली भाषाको श्रीवृद्धि गर्नमा अविस्मरणीय योगदान पुर्याए । मीठो स्वरमा गीत गाउने नेपाली नेपाली सङ्गीतभूमिमा सधैँ हराभरा हुने नाउँ भयो । आफ्नो नाउँ पृथ्वीमा छोडेर २०५८ सालको कात्तिक २७ गते यिनले देहत्याग गरे । पुष्प नेपालीको भौतिक चोला हामीमाझ नभए तापनि उनको अमर स्वर हाम्रा हृदय र मस्तिस्कमा सधैँ गुन्जिरहन्छ ः
                         पिरतीको विषालु काँडा
                         बिज्यो मेरो कलिलो छातीमा ।
 लामोलामो गाजलु आँखा 
             हेरिदिए बेहोसै बनाउने
 कालोकालो घटाझैँ केश
             फुकाइदिए संसारै लुकाउने ।