नइ प्रकाशन Nai Prakashan
»  नइ प्रकाशन गैरराजनीतिक साहित्यिक, सांस्कृतिक र सामाजिक संस्था हो ।   

शिवशङ्कर

सागर हो स्वास्नीमान्छे ऊ त बुझ पचाउन सक्छे
सारा रहस्य छातीभित्रै लुकाउन सक्छे ।
(स्वर:माणिकरत्न, सङ्गीत: शिवशङ्कर, शब्द: किरण खरेल)
शिवशङ्करका सङ्गीतमा आधारित गीतहरूले नेपाली संसारमा र्याली पिटे । कुनै एक समयमा यिनले प्रदान गरेका सुमधुर सङ्गीतले नेपाली साङ्गीतिक आकाशमा अभूतपर्ूव देन दिए । त्यस बेलादेखि यस बेलासम्मको हिसाब गर्ने हो भने यिनले तीन हजारभन्दा बढी सङ्गीत प्रदान गरे । साथै यिनले चार सयवटा गीत गाएर नेपाली समाजमा आफ्नो गायन प्रतिभाको पनि परिचय दिए ।
संवत् १९८९ सालको शिवरात्रिका दिन शिवशङ्करको जन्म भएको थियो । यी काठमाडौँमा जन्मेका थिए । शिवरात्रिका दिन जन्मेकाले यिनका बाबु मानबहादुर मानन्धर र आमा राममायाले आफ्नो छोराको नाउँ शिवजी राखेका थिए । तर रेडियो नेपालबाट पहिलो गीत गाउँदा उद्घोषकले शिवशङ्कर भनेकाले त्यस दिनदेखि यिनले आफ्नो नाउँ शिवशङ्रकर नै राखे । जानिफकारहरू भन्छन् पनि "शिवशङ्करको एउटा बानी र अर्को बेहोरा शिवको झैँ नै छ । अटल, स्थिर र भलादमी शिवको स्वरूप शिवशङ्करमा पनि झन्नै मिल्न जान्छ ।"
शिवशङ्करका बाबु र बाजे सङ्गीतप्रेमी थिए । त्यसैले यिनले सानैदेखि सङ्गीतमा हिँड्ने वातावरण प्राप्त गरेका थिए । स्कुलको माध्यमिक स्तरीय शिक्षा हासिल गरी यिनी सङ्गीतजगत्मा नै केन्द्रित भए । सानैदेखि टोल, छिमेक र स्कुलमा गीत गाएर यिनले आफ्नो कलाको स्वच्छ प्रदर्शन गरेका थिए ।
                 शिवशङ्कर २००८ सालदेखि रेडियो नेपालमा गायकका रूपमा भर्ना भएका थिए । यिनी त्यसै ठाउँमा जागिरे भएर दिनप्रतिदिन गीत गाउन र सङ्गीत गर्न समर्पित भई लागे । जागिरे जीवनबाटै उनले आफ्नो सङ्गीतयात्रालाई माथिल्लो कोटिमा पुर्याए । यिनको स्वर र सङ्गीत नेपाली जनजीवनमा टयाप्पै गाँसिदै जान थाल्यो । यिनले शास्त्रीयदेखि लोकभाकासम्मको साङ् गीतिक अनुभव बोके ।
शिवशङ्करको सङ्गीत र स्वरसँग परिचित जोकोही पनि उनीसँग पग्लिने गर्थे । वास्तवमा उनी सङ्गीतमा जति पौरखी थिए व्यक्तिगत जीवनमा पनि त्यति नै सौम्य देखिन्थे । उनको मेलोडी सङ्गीतबाट राजा महेन्द्र प्रभावित भएर उनलाई गीत रिकर्डिङ गर्न खर्च दिएर कोलकाता पठाएका थिए । त्यसपछि गीतिजगत्को सङ्लो पानीमा न्रि्रुक्कै भिजेर उनले सक्दो योगदान दिए । उनको सेवाले नेपाली सङ्गीत झनै हराभरा भयो । तारादेवीसँगको स्वर जोडेर पनि उनले थुप्रै गीतमा भाका राख्तै गीत गाए :
 के हो त्रि्रो नाउँ बताऊ के हो तिम्रोनाउँ
कहाँ तिम्रो गाउँ देखाऊ कहाँ त्रि्रो गाउँ ?
(स्वरसङ्गीत: शिवशङ्कर, शब्द: किरण खरेल)
शिवशङ्करले २४ वर्षको उमेरमा बद्रीकुमारीसँग बिहे गरे । शिवबद्रीका तीन सन्तान गौरीशङ्कर, रविशङ्कर र शशिशङ्कर जन्मे । शिवशङ्कर नेपाली साङ्गीतिक आकाशका जतिसुकै चहकिलो बत्ती भए तापनि यिनको पिँधमुनि अँध्यारो नै थियो । अथवा भनूँ बत्तीमुनि अँध्यारो भनेझैँ यिनको घरायसी स्थिति थियो । किनभने यिनका आफ्ना सन्तानहरू सङ् गीतबाट अलग्गै रहे । शिवशङ्करले चाहिँ चाहे घरमा होस् चाहे रेडियो नेपालमा होस् दिनहुँ हार्मोनियम बजाउन छोडेनन् । उनको जीवन नै हार्मोनियमसँग गाँसियो ।
शिवशङ्कर स्वरसङ्गीतमा जति पारङ्गत भए उनको अभिनयकला पनि त्यत्तिकै सशक्त देखियो । उनले प्रथम नेपाली चलचित्र 'आमा'मा नायकको भूमिका खेलेर त्यस बखतको सहरिया जनजनमा पनि उनी परिचित भए । त्यस चलचित्रमा खेलेबापत उनले महेन्द्ररत्न आभूषणसहित पाँच हजार रुपियाँ पुरस्कार पाए । हुन त यसभन्दा अघि पनि डकुमेन्ट्रीमा उनले आफ्नो अभिनय प्रस्तुत गरेका थिए । कहिले नातिकाजीसँग मिलेर र कहिले चन्द्रराज शर्मासँग मिलेर  उनले चारवटा नेपाली चलचित्रमा सङ्गीत पनि प्रदान गरे ।
शिवशङ्करले रेडियो नेपालद्वारा आयोजित विभिन्न सङ्गीत सम्मेलनमा पनि भाग लिए । ती सम्मेलनहरूमा उनी कहिले स्वरमा प्रथम हुन्थे अनि कहिले सङ् गीतमा प्रथम हुन्थे । विभिन्न समयमा आयोजित त्यस प्रकारका सम्मेलनमा प्रतियोगी बनेर उनले चारवटा स्वर्णपदक प्राप्त गरे । उनी प्रबल गोरखादक्षिणबाहु, विख्यात त्रिशक्तिपट्ट र वीरेन्द्रऐर्श्वर्य सेवापदक आदिबाट पनि विभूषित भए । उनले छिन्नलता पुरस्कार, महादेव सम्मानलगायत विभिन्न सङ्घसंस्थाबाट दुई दर्जनजति अभिनन्दन पनि प्राप्त गरे।
नेपाली गीतसङ् गीत र स्वरको विकासमा शिवशङ्करको अत्यधिक लगन पाइन्छ । जहिलेसुकै पनि उनले आफ्ना स्वर र सङ्गीतले नेपाली शब्दहरूलाई खारेर डाँडापाखा रङ्गाए । समकालीन सङ्गीत साधनालाई काँधमा बोकेर आधुनिक कलामा बाँध्न सक्ने उनी जागृतिका लहरा थिए । त्यसै ले उनले प्रदान गरेका सङ्गीतहरू नेपाली गीतिपथमा सधैँ हराभरा भए :
तिम्रो हाम्रो जिन्दगानी घामछाया हो कि जस्तो
झारिएका आँसुहरू शीतका थोपा हो कि जस्तो !
(स्वर:अरुणा लामा, सङ्गीत:शिवशङ्कर, शब्द:विश्ववल्लभ)       
शिवशङ्करले नाटकमा पनि सङ्गीत प्रदान गरे । गीतिनाटकहरूमा पनि यिनको सङ्गीतले योगदान दियो । नृत्यनाटिकाहरूमा पनि शिवशङ्करले आफ्नो उल्लेखनीय धून सिर्जना अर्पण गरे ।
शिवशङ्करले गीत गाएर मुलुकका विभिन्न भूभाग घुमे । सङ्गीतकै सिलसिलामा यिनले विदेशको पनि भ्रमण गरे । यिनले भ्रमण गरेका देशहरू भारत, चीन, उत्तर कोरिया, बर्मा र सोभियत रुस थिए । ती देशहरूमा यिनले नेपालको सङ् गीतका विषयमा प्रकाश पारे । भारतमा बसेर यिनले सङ् गीतको पनि अध्ययन गरे । यिनले ४२ वर्षको उमेरमा प्रयाग सङ्गीत समिति इलाहावादबाट सङ्गीत विशारद गरे ।
शिवशङ्कर रेडियो नेपालमा थुप्रै वर्षखरदार भए; केही वर्ष नायबसुब्बा भए र २०३३ सालदेखि शाखा अधिकृतस्तरका सङ्गीतकार भए । उनी एक दशकसम्म रेडियो नेपालमा शास्त्रीय सङ्गीत प्रबन्धक भए । उनी रत्नरेकर्डिङ संस्थानका महाप्रबन्धक पनि भए । उनी जहाँजहाँ गए; सके पनि र नसके पनि नेपाली सङ्गीतको प्रबर्द्धनका लागि मात्र अग्रसर भइरहे ।
शिवशङ्कर नेपाली सङ्गीतजगत्मा एउटा उत्कृष्ट व्यक्तित्वका रूपमा स्थापित नाउँ बन्यो । सरलता र इमानदारीका साथ आफ्नो साधनालाई अघि बढाउने शिवशङ्कर उच्चस्तरीय सङ्गीतकार थिए । स्वरसाधनाभन्दा उनको सङ्गीतसाधनाले विजय हासिल गर्यो । तर पनि उनलाई गायक भनेर पनि त्यत्तिकै चिनिन्थ्यो ।
शिवशङ्कर नेपाली साङ्गीतिक आकाशमा आफ्नो र्समर्पण, योगदान र परिश्रमबाट प्रसिद्ध भए । उनको साङ्गीतिक योगदानको इतिहास विशिष्ट रूपमा प्रस्तुत भयो । थुप्रै थुप्रै स्तरीय नेपाली गायकहरूका लागि शिवशङ्करको सङ्गीतले लगानी लगायो । त्यसैले यिनको सङ्गीतको महिमाले नेपाली आकाश ढपक्क ढाक्यो । वास्तवमा उनले आफ्नो जिन्दगीलाई नै नेपाली सङ्गीतको श्रीवृद्धिका लागि समर्पित गरे । उनी २०६१ साल कात्तिक २९ गते स्वर्गी य भए । तर उनका गीत जनजनकै कानमा गुन्जिरहे, गुन्जिरहेका छन् र गुन्जिरहने छन् :
लहर हो लोग्नेमान्छे ऊ नगिच आउन सक्छ
किनारहरू अँगाली छोडेर जान सक्छ ।
(स्वर:तारादेवी, सङ्गीत:शिवशङ्कर, शब्द:किरण खरेल