नइ प्रकाशन Nai Prakashan
»  नइ प्रकाशन गैरराजनीतिक साहित्यिक, सांस्कृतिक र सामाजिक संस्था हो ।   

पूर्णप्रसाद ब्राम्हण

नेपाली समालोचनाका शङ्कराचार्य ईश्वर बरालले लेखेका थिए ''एकदर्जन जति लालाबालाका लालनपालनका समस्याले अनिवार्यतः पिरोलिनुपर्दा पूर्णप्रसाद ब्रह्ममणको अधिकांश समय नाना व्यवहारिक प्रपञ्चले नै व्यथ्ति भयो ।'' वास्तवमा ब्रह्ममणको गतिशील बुद्धि आर्थिक कारणले नै तहसनहस भएको थियो । त्यसपछि न त यिनले आर्थिक अवस्था सुधार्न सके, न त आफ्नो बौद्धिकता प्रदर्शन गर्न सके । तर पनि नेपाली समाजमा उनी इमानमा नै बाँचे । आफ्नो इमानको प्रदर्शन गरेर नै उनी एक पटक प्रमुख निर्वाचन आयुक्त पनि भए । अनि राजाका धुपौरेका षड्यन्त्रले यी चाँडै बर्खास्तीमा पनि परे । यतिहुँदाहुदै पनि यी भोकै बसे तर ओहोदा र पदका लागि यिनले आफ्नो शिर कहिले भाँचेनन् ।
ब्रह्ममण घरमा फिका चिया खाएर राजनीतिका ठुलाठूला कुरा गर्थे । खास गरेर राजतन्त्रका बारे ओकालत गरेर उनी आफ्नो दिनचर्या धान्थे । राजा महेन्द्र विनाको नेपालमा भने उनी सारै हेला भए । त्यसैले उनको अटल राजभक्तिको धारा कसैले राजाका सामु पुर्‍याउँदैन थिए । बरु उनका विरोधमा उल्टै राजालाई पोल लगाई दिन्थे ''सरकार ! ब्राहृमणले राजंस्थाको बद्खुवाइँ गर्छ ।'' त्यसैले यी मर्ने बेलासम्म पनि यिनलाई हर्ेन राजदरबारका कुनै कर्मचारी पुगेनन् । मृत्युशैयाबाट एक दिन उनले नरेन्द्रराज प्रर्साईलाई बौलाए र भने ''मेरो हारगुहार कसैले सुनेन र म भोकै मर्न बाध्य भएँ । आपत विपत परेको बेला मलाई कसैले एक पैसाको सहयोग गरेनन् । म औषधी गर्न नपाई मर्दैछु ।'' शिक्षण अस्पतालमा सुतेर उनले केही दिन गनगन गरेर आँखा भिजाए । अन्ततः उनको भौतिकचोला त्यहीं उठ्यो । अर्थात उनी २०४६ साल जेठ ३० गते उनी स्वर्गीय भए ।
ब्रह्ममणले आफ्नो जीवनमा परिवारजनका लागि पनि धेरै गरे । उनले दुईटी स्वास्नीबाट जन्माएका चौध सन्तानलाई पालनपेषण गरे । तर चौध सन्तानले चाहिं एउटा बाबु पाल्न सकेनन् ।
ब्रह्ममणको जन्म १९७९ सालमा गोरखा जिल्लाको काफल डाँडा गाउँमा भएको थियो । उनले बनारसबाट दर्शनमा आचार्य उत्तीर्ण गरेका थिए ।
ब्रह्ममण आफ्नो देशमा विदेशको राजनीतिक दलाली, साम्प्रदायिक क्षुद्रभावना संस्कृति र संस्कृत भाषाको निन्दा भएको मन पराउदैन थिए । उनी नेपाली राष्ट्रियताका कट्टर हिमायती थिए ।
ब्रह्ममण अन्याय, अत्याचार र भ्रष्ट्राचारका विरोधी थिए । उनी क्रान्तिकारी पनि थिए । उनी २००४ सालमा 'जयतु संस्कृतम्'को नारा दिई एकतन्त्री राणाहरूको विरोधमा उभिएका थिए । उनी निडर, निर्भीक र खुलस्त पनि थिए । उनी आफ्नो अनुभव केलाएर भन्थे ''नेपाली राष्ट्रियताका लागि राजा महेन्द्रको दर्शन नै सर्वस्व हो । पृथ्वीनारायण शाह, राजा महेन्द्र र महात्मा गान्धीलाई आफ्नो प्रेरणाको स्रोत मान्ने ब्रह्ममणले नेपालका लागि आफ्नो सम्प जीवन समर्पित गरे ।
ब्रह्ममणका विभिन्न लेख, रचनाका साथै सात वटा पुस्तक प्रकाशित थिए । उनी राजनीति र साहित्य दुबै क्षेत्रमा बराबरी कलम चोप्थे । साथै संस्कृतका यी धुरन्धर विद्वान थिए । त्यसैले यिनलाई संस्कृत साहित्यका महाकविको दर्जा पनि दिइएको थियो ।
ब्रह्ममणले प्रजातन्त्र हुनुभन्दा ३-४ वर्षघिदेखि नेपाली जनताका बीचमा भित्रभित्र राणाशासन विरुद्ध व्रि्रोही कथा, कविता प्रकाशित गरी प्रचार गरे । प्रजातन्त्र आएपछि उनले सर्वोदय भावनाको प्रचार गरे । त्यतिमात्र होइन राणाकालमा संस्कृत शिक्षाका लागि क्रान्तिकारी आवाज उठाउने उनी एउटा दरो मान्छे थिए ।
राणाशासनको समयमा बाहुनले हलो जोत्नु हुँदैनथ्यो । त्यति बेलै ब्राहृमणले त्यो पुरानो अन्धो परम्परा तोडे । त्यस बेला उनले गरीब बाहुनहरूको कल्याणका लागि हलो जोतिदिएर ब्रह्ममण समुदायलाई हलो जोत्ने प्रेरणा दिए ।
           ब्राहृमण राणाकालीन संसदका सदस्य थिए । त्यस पदमा रहेका बेला पनि उनले शासन प्रक्रियामा सुधारल्याउन जोड गरेका थिए । उनी राणाहरूका कैयौं कुण्ठा खपेर संर्घष्ामा नै होमिए । जनताप्रतिको आवाज सुनेर सांसद ब्रह्ममणलाई राणाले एउटा ठूलो फलामे पिंजडामा कोचिदिए । राणाकै संसद सदस्य पिंजडामा कैदी भएको त्यो एउटा ज्वलन्त प्रसङ्ग थियो
२००८मा ब्रह्ममण प्रजापरिषद्का सदस्य बने । त्यही समय उनी पुनः जेल परे । जेलबाट छुटकारा पाएपछि प्रजापरिषद् छाडेर उनी राष्ट्रिय महासभाको सदस्य भए । उनी थोरै समयमै त्यस संस्थाको महामन्त्री पनि भए ।
ब्रह्ममणको आफ्नै संस्थाको मुक्ति सेना व्रि्रोही भयो । त्यति बेला धेरै मरे, धेरै जेल परे, तर उनीचाहिं भागेर भारत गए । त्यस बखत विद्रोह असफल भयो तर जेल तोडियो । अनि अरु सबै बन्दी पनि छाडिएकाले डा.के.आई. सिंह पनि छाडिए । तर यस व्रि्रोहबारे के.आई.सिंहलाई केही थाहा थिएन र पनि उनी चीनमा शरण लिन पुगे । यस काण्डको नाम चाहिं के.आई.सिंह काण्ड भन्ने रहृयो ।
ब्रह्ममण ले त्यस बेला म गान्धीवादी हुँ भनी माफ मागेर नेपाल आए । केही वर्षछि अर्थात् २०१२ सालमा उनले सर्वोदयवादी राष्ट्रिय जनराज्य परिषद्नामक राजनीतिक संस्था खोलेर आफ्नो गान्धीवादी राजनीतिको प्रचारकार्य प्रारम्भ गरेका थिए ।
ब्रह्ममणले विभिन्न सङ्गठनहरूमा केही समय कार्यहरू गरे । २०१७ को काण्ड भएपछि सबै पार्टी र सङ्गठनहरू निलम्बन भए । अनि औपचारिक रुपमा उनी पनि निस्कृय देखिए तापनि भित्रभित्रै उनले राजा महेन्द्रलाई सहयोग गरिरहेका थिए । २०२० सालमा गठित राष्ट्रिय निर्देशन परिषद्का अध्यक्ष राजा महेन्द्रले उनलाई त्यस परिषद्को सदस्यसचिवमा नियुक्त गरे । त्यहाँ रहेर उनले आफ्नो गच्छे जनमाझ देखाउन पाए । त्यसपछि उनी निर्वाचन आयोगका सदस्य भए र केही समयपछि प्रमुख निर्वाचन आयुक्तमा बढुवा पनि भए ।
                पण्डित देवीदत्त र रुक्मिणीदेवीका सुपुत्र ब्रह्ममणको पारिवारिक जीवन त्यसरी नै चलेको थियो जसरी श्रमिक वर्गका मानवचोलामा चलरिहन्छ । भनौ त्यहाँ न खानको टन्टा न सुत्नको पीर थियो । उनी जे छ त्यही खान्थे र आनन्दले सुत्थे । तर गफैगफमा उनी फुरुङ्गै हुन्थे । त्यसैले उनी राजनीतिमा दिन फ्याँक्थे । उनको सिद्धान्तको मूल मन्त्र एउटै थियो 'नेपालको स्वतन्त्र अस्थित्व सधै्र अटल रहोस् ।''