नइ प्रकाशन Nai Prakashan
»  नइ प्रकाशन गैरराजनीतिक साहित्यिक, सांस्कृतिक र सामाजिक संस्था हो ।   

लोकेन्द्र शाह

                  लोकेन्द्रविक्रम शाहको जन्म २०२४ साल साउन १५ गते र निधन २०४८ साल साउन १६ गते भएको थियो । उनी जाजरकोटमा उदाएका र काठमाडौंमा अस्ताएका थिए। केदारजङ्ग शाह र रमारानी शाहका जेठी छोरी इन्दिरा र कान्छी छोरी अन्जनाका माझ लोकेन्द्र शाह जन्मेका थिए ।
           
 लोकेन्द्र शाह बाल्यकालमा लिखुरे थिए । उनी सानामा कहिले विच्छिको टोकाईमा परे, कहिले घरको धुरीबाट खसे र कहिले झाडावान्ताबाट मर्माहत भए । त्यस बेला घरिघरि यी मर्दै बाँच्दै गर्थे । तर उनी होनाहार थिए र उनी आफ्नोउमेर या शरीरिक बनौटको गच्छेभन्दा बढी ज्ञानका भण्डार थिए ।
                    लोकेन्द्र शाह सानैदेखि कल्पना गर्थे र ती कुराआफ्नी आमालाई भन्थे । उनले आफू तीन वर्षो हुँदा भनेका थिए मेरो घर रुकुममा हो मयहाँ सिधा लिन मात्र आएको हुँ । मलाई सिधा दिनुहोस् म जान्छु । शाहका विषयमा त्रिभुवन विश्वविद्यालयबाट एम्एमा शोध गर्ने अशोक सुवेदीका अनुसार शाह आठ वर्ष हुँदा उनले आफ्नी आमा र दिदीलाई लालीपाउडर लगाएकी एउटी गोरी केटी हाम्रो घरतिर आउँदै छु भनेका थिए । वास्तवमा उनी कल्पनाका मालिक थिए । पछि गएर उनको कल्पना साहित्य रचनामा केन्द्रित भयो ।

             लोकेन्द्र शाहले स्कुले शिक्षा आफ्नै गाउँमा लिए। पछि आफ्नी दिदी इन्दिरा शाहलाई पछयाएर उनी काठमाडौं पनि आए र आइएल, बीएल पढे । उनी दिवङ्गत भएपछि मात्र उनले बीएल पास गरेको नतिजा प्रकाशित भएको थियो
             
लोकेन्द्र शाह प्रायः नरेन्द्रराज प्रसाईका घरमा आइरहन्थे । यी दुवैको मन, वचनर कर्म मिल्थ्यो । हुनत उनीहरूको उमेरमा १२ वर्ष फरक थियोस तर विचार एकै प्रकारको हुन्थ्यो । दुवै जना विपरित सिद्धान्तका थिए तर उनीहरू एउटै आन्द्राजस्ता थिए ।शाहको रुनेहाँस्ने र प्रसाईको रुनेहाँस्ने उनीहरू नै एक अर्का थिए ।
              
२०४८ सालसाउन १५ गते पनि सँधै झैं लोकेन्द्र शाह नरेन्द्रराज प्रसाईका घरमा आए तर त्यसको भोलिपल्ट प्रसाईले शाहका नाउँमा धेरै आँसु पोख्नु पर्यो । परोपकार संस्थाको ल्याण्ड क्रुजर नामक एम्बुलेन्स आधारातमा शाहको शरीरमाथि कुदे पछि शाहको प्राण त्यहीँरित्तियो । एउटा विचारक, एउटा सञ्चारकर्मी र एउटा असल मान्छेलाई यस धर्तीले अनायसै विदा दियो । अनि वीर अस्पतालको पोस्टमार्टम पछि रमारानी शाह, इन्दिरा शाह, अन्जना शाह र नरेन्द्रराज प्रसाई एउटै अँगालोमा बाँधिएर डाँको छोडेर रोए । त्यस दिन त्योठाँउमा सबैका आँखामा आँसु छछल्किएका थिए । उक्त परिसर लोकेन्द्रलाई माया गर्नेमान्छेले टनाटन भरिएको थियो । त्यस बेलाको वाताबरण नै करुणा, माया र विछोडले भरिएर भक्कानिएको थियो, सुक्सुकाइरहेको थियो र कंकला शब्दको चित्कारले भरिएको थियो
             
लोकेन्द्र शाह ज्यादै भलाद्मी थिए । ठट्टा रमाइलोमा पनि उनी निपूर्ण थिए । उनीबोल्दा ठोस कुरा बोल्थे । अर्कालाई होच्याउने मान्छे उनी मन पराउँदैन थिए । उनी आफूभन्दा ठूलाको मान गर्थे र सानालाई माया गर्थे ।
             
लोकेन्द्र शाहले बाल्यकालमै साहित्य लेख्थे, पढ्थे र नाटकहरूमा पनि भाग लिन्थे । उनी कार्लमार्क्स, लेनीन र माओ त्सेतुङलाई पृथ्वीले पूजा गर्नुपर्छ भन्थे ।
              लोकेन्द्र शाह प्रेमिल थिए । केटीहरू भनेपछि चाख मानेर कुरा सुन्थे । तर उनले बिहे गरेनन् । बिहे गर्ने कुरा चल्दाचल्दै उनलाई दैवले हेरेर लग्यो ।
          
लोकेन्द्र शाहले स्कुले जीवनदेखि नै कविता लेखे ।त्यसै बेला उनले निबन्ध, कथा र उपन्यास पनि लेखे । उनका लेखरचना नेपालका विभिन्न साहित्यिक र समाचार पत्रपत्रिकादेखि भारतबाट प्रकाशित रवीवार्ता, नवभारत टाइम्सदेखि बीबीसी नेपाली सेवासम्मले प्रकाशनमा ल्याए । रेडियो नेपालबाट उनका केही गीत रेकर्ड भए । नेपाल टेलिभिजनमा चाहिँ उनी कार्यरत नै थिए । त्यहाँ उनी राम्राराम्रा कार्यक्रम चलाउँथे । नेपाल टेलिभिजनमा उनले आफ्नो सीप रोपेर चाँडै जनप्रियता कमाएका थिए । त्यति बेला उनैको सम्पादनमा त्यहाँबाट टेलिपत्रनामक पत्रिकापनि प्रकाशित भएको थियो ।
           
लोकेन्द्र शाहका दुइवटा कवितासङ्ग्रह प्रकाशित भए मनएकान्तमा हराउँदैन र बूढो करङमा वृत्त । उनले सोमनाथ घिमिरेको युगसम्वाद लगायतकेही साप्ताहिकमा स्तम्भकारका रूपमा पनि काम गरे । साथै उनले रेडियो नेपालमा पुरुषोत्तम दाहालको नेतृत्वमा सञ्चालित घटना र विचारमा पनि आफ्नो सीप, जाँगर र समर्पण रोपे ।
          
लोकेन्द्र शाहले राजनीतिमा प्रखर रूपमा चासो राखे । वास्तवमा उनी सानैदेखि विद्रोही थिए । उनी नेपाली जनताको सुक्ख, समृद्धि र नेपालको चौतर्फी विकासका लागि चिन्तन गर्थे । उनी अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन छैटौंमा आबद्ध भएर राजनीतिमा ढल्केका थिए । अशोक सुवेदीले नै पनि लोकेन्द्र शाहविषयक आफ्नो शोध ग्रन्धमा भनेका छन् 'लोकेन्द्र शाह नेपालमा नौलो जनवादीक्रान्ति भइ किसान मजदुरको राज्य स्थापना गर्नुपर्छ भन्ने मान्यता राख्थे'
              
लोकेन्द्र शाहले बाँचुन्जेल नेपाल कम्युनिष्ट पार्टी मसालकै गीत गाइरहे ।त्यसै परिवेशमा उनी नेपाल ल क्याम्पसमा अध्ययनका समयमा क्याम्पसस्तरीय सचिवमाकार्यरत थिए । साथै छैटौं समूहको स्वतन्त्र विद्यार्थी युनियनका सदस्यमा पनि उनीनिर्वाचित थिए । सङ्गठनकै क्रममा उनले इलेक्ट्रोनिक मिडियाको स्थापना गरेर त्यस संस्थाको आफैअध्यक्ष बसे ।
            
लोकेन्द्र शाहले केही नाटक र टेलिफिल्ममा खेले । उनले नाटकको निर्देशन पनि गरे । यस क्षेत्रमा उनले जति गरे प्रगतिशील धाराबाट गरे । साथैयस विधामा मनोरन्जनात्मक शैलीबाट पनि उनी प्रस्तुत भइरहे ।
           
लोकेन्द्र शाहले धेरैइष्टमित्र कमाए तर पैसा कमाएनन् । उनी मध्यम वर्गीय परिवारमा नै परिचालित थिए । उनको भौतिक चोलाको विर्सजन भएपछि उनका परिवारजनले उनको नाउँमा लोकेन्द्र शाह पुरस्कारुको स्थापना पनि गरे र सो पुरस्कार केही वर्षम्म प्रदान पनि गरियो
          
लोकेन्द्र शाह स्वाभिमानी थिए । त्यसैले उनले आफ्नो सिद्धान्त बेच्ने काम कहिल्यै गरेनन् । किनभने उनी सिद्धान्तका लखपति थिए । अशोक सुवेदीका अनुसार उनको सिद्धान्तलाई किन्न प्रधानमन्त्री शेरबहादुर देउवाले पनि एउटा ढक ठीक पारेका थिए । तर उनको सिद्धान्तको ढकले अरूलाई निहुराएको थियो । उनी नेपालमा जनताको दिग्विजयका लागि पसिना काड्थे । उनको भाषण गर्ने शैली देखेर बुर्जुवा पनि छक्क पर्थे । तर नेपाल र नेपालीको एउटा आशाको त्यान्द्रो एकै छिनमा चुँडियो । नेपाल र नेपालीको उदियमान सूर्य चम्किनै नपाई अनायसै यस धराबाट अस्तायो । त्यस घडी उनको सोकमा एक पटक नेपाल डुबेको थियो । उनको सम्मानमा धेरैले धेरै दिनसम्म सोकसभा गरिरहे । उनी आफ्ना कृत्यले अनन्तसम्म बाँचे तापनि उनको भौतिक देह हामीमाझबाट सदासदाका लागि विदा भयो
 
जीवन भन्नु यस्तै रैछ भुवाजस्तै उड्दै जाने
 
आफन्तका आँखाबाट आँसु बनीबग्दै जाने ।