नइ प्रकाशन Nai Prakashan
»  नइ प्रकाशन गैरराजनीतिक साहित्यिक, सांस्कृतिक र सामाजिक संस्था हो ।   

दीर्घराज कोइराला Dirgha Raj Koirala

दीर्घराज कोइराला विवेकका मानिस थिए । विवेक भएकाले नै यिनलाई चिन्थे । वास्तवमा बुद्धिजीवीहरूले मात्र उनको जीवन चिनेका थिए, उनको महानता बुझेका थिए र उनको त्याग पढेका थिए ।
जीवनभर बिहे नगरी देशहितमा लाग्ने कोइराला ब्रहृमचारी थिए । हुन त राजनीतिमा त्यस्ता सन्त कृष्णप्रसाद भट्टर्राई देखा पर्छन् । तर यी दुई जनाको नीति बेग्लै छ । कोइराला सामाजिक उत्थान वा त्यसबारेको चिन्तमा मात्र लागे । अनि भट्टर्राई राजनीतिमा मात्रै लागे । तर दुवै जना त्यागी भएरै लागे, राष्ट्रका निम्ति लागे र अर्काका लागि लागे ।
कोइरालामा अर्काप्रतिको सेवा गर्ने भावना थियो । यिनमा गरिबदुःखीको आँसु अञ्जुलीमा थाप्न सक्ने धर्ैय देखिन्थ्यो र अरूका लागि मरिमेट्ने गुण सानैदेखि थियो ।
कोइरालाले मानवजीवनमा हुनुपर्ने सद्भावनाको सही अर्थ बुझेका थिए । अर्कालाई कसरी सहयोग गर्नुपर्छ भन्ने विद्या यिनले पढेका थिए । त्यसैले 'असहाय र दीनदुःखीका निम्ति गाँस र वासको व्यवस्था गर्नु समाजसेवाको एक अभिन्न अङ्ग हो' यी भन्थे ।
कोइराला वर्तमान युगमा भौतिक सुखका निम्ति स्वार्थी भावना बढेकोमा ज्यादै दुःखित थिए । यही प्रसङ्ग कोटयाएर यी भन्थे्, "यसले गर्दा एकअर्काप्रति धोका, छलकपट, जबर्जस्तीको भावना बढ्दै गएको देखिन्छ ।"
नेपालमा कुशल चरित्रवान् नागरिकका रूपमा कोइरालाले नाउँ कमाए । यिनको नाउँ पनि समाजसेवामा नै प्रतक्ष्य गाँसिएको थियो । समाजसेवा के हो भन्ने विषय यिनले पढेका थिए । त्यसैले यी समाजसेवाको नै पनि बलियो ढाड भएर अबिरल प्रस्तुत भइरहे ।
             कोइराला साँचो बोल्थे । यी न्याय र अन्यायलाई तौलन सक्थे । यी कुनै आशाको फन्दामा पर्न चाहँदेन थिए । उनी कसैलाई फोस्रो आश्वासन पनि दिदैन थिए । नेपाली समाजमा उनी वास्तविकताको सग्लो नमुना थिए ।
कोइरालाको समाजसेवा शिक्षामा नै केन्द्रित थियो । सहरमा शिक्षित बेकारी छन् तर दुर्गम क्षेत्रमा शिक्षक नभएर विद्यालय बन्द छन्' उनी भन्थे । सरकारले सबैतिरको सामञ्जस्यता ल्याउनुपर्नेमा उनी जोड दिन्थे् । साथै राजा महेन्द्रको सपना 'गाउँर्फक'लाई फर्काउनर्ुपर्छ उनी भन्थे । त्यसैबाट ग्रामीण तहमा योग्य काम गर्न सकिन्छ भनेर उनी दोहोर्याएर समाजसामू आफ्नो भनाई राख्थे ।
कोइराला देशमा जनता नाङ्गा नरहून् भन्थे । तर प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको सल्लाहकार भएपछि यिनको सुकिलो व्यक्तित्वको शाख घटेको थियो । त्यसपछि यिनको महानता पनि गिरिजाप्रसादकै तराजुमा जोखनि थालियो । गिरिजाप्रसाद कोइरालाकै राजनीतिमा लाग्दा यिनले जीवनभरी कमाएको यिनको इमान झन्नै नास पनि भयो । वास्तवमा जव उनी गिरिजाप्रसादको चङ्गुलबाट फुस्के तब फेरी यिनी दीर्घराज कोइराला नै भए । अनि उनी क्रमशःक्रमशः सबैका प्रिय पात्रमा रुपान्तरित पनि हुँदैगए ।
कोइरालाले गान्धीका आदर्श पाठहरू पढेका थिए । यिनले यसै सिद्धान्तमा डुबेर थुप्रै रोगीहरूको चाकर गरे । यिनले विभिन्न गाउँगाउँमा गएर सफाइ आन्दोलन गरे । त्यस काममा पनि यिनले आफै नमूना बनेर देखाइदिए ।
कोइराला निस्सहायहरूलाई पढ्नलेख्न सहयोग दिन्थे । यिनले कैयौँ स्कुल खोले । अथवा भनौं यिनले नेपालका ७२ जिल्लामा त विद्यालय मात्र खोले । धेरै स्कुलको यिनैले अध्यक्षता पनि ग्रहण गरे । यिनले शिक्षा विकासका लागि व्यवस्था मिलाएर जनतालाई यसमा सरिक हुन प्रेरणा प्रदान गरे । शिक्षाक्षेत्रका यी विशेषज्ञ थिए । यी विद्वान् भईकन सादा थिए र धनी भईकन पनि उच्च थिए । अरू बोल्थे, यी गर्थे । अरू मुख खोल्थे, यी दिल खोल्थे । नेपालमा समाजसेवाको संस्थागत विकास नभएको कुरा कोइराला बराबर दोहोर्याउँथे । उनी समाजसेवामा अधिकारीतन्त्र वा कर्मचारीतन्त्र बढेकोमा गुनासो गर्थे । पर्यवेक्षकहरूको दृष्टिकोणमा कोइरालाको बोलाइमा सच्चाइ हुन्थ्यो । वास्तवमा यी सत्य बोल्थे तर थोरै बोल्थे् । साथै यिनको केही दर्शन वाइरनसँग मिल्थ्यो । यतिहुँदाहुँदै पनि यी सुरा र सुन्दरीसँग चाहिं टाडा थिए ।
विष्णुप्रसाद कोइराला र मानकुमारीका सुपुत्रका रुपमा दीर्घराज कोइराला १९७६ साल भदौ २५ गते विराटनगरमा जन्मे । राणाद्वारा आफ्ना बुबा र्सवस्वसहित खेदिंदा यी दुधे बालक पनि आमासँगै भारत पसेका थिए ।
कोइरालाका लागि सानोठूलो सबै मान्छे बराबरी हुन्थे । गरीबधनी यिनका लागि उस्तै थिए । शिक्षामा झुकाव भएकाले यी यस पेशामा पवित्र भएर लागेका थिए । हीरालाल विश्वकर्मा र उनका भाइ टीआर विश्वकर्मालाई पनि यिनले नै स्कुलमा भर्ना गरिदिए । यस्तो काम गर्दा अत्याचारी, निरङ्कुश र शोषक माधवशमशेर राणाले दीर्घराज कोइरालालाई कोर्रा हान्नेआदेश दिए । अनि चाँडै यो बेहोरा जनरल मृगेन्द्रशमशेर राणाले थाहा पाए । उनले कोइरालालाई काठमाडौं बोलाए । अनि कोइराला पनि रातोरात राजधानी आए । मृगेन्द्रशमशेरले कोइरालाका सबै कुरा सुने । अनि भने 'यी अछूतलाई तिमीले पढाएर ठीक गरेका छौ । तिम्रोगुणको म संरक्षण गर्छु ।यिनीहरुलाई तिमीले पढाउनू तर बेग्लै बेन्चमा बसाउनू र बेग्लै खाने पानी राख्न लगाउनू ।' राणाको यस्ता कुराले कोइराला गद्गद् भए । धरान पुगेर यिनले यो कुरा पण्डित छविलाल पोखरेललाई सुनाए । पण्डित पनि यस कुराबाट सारै रमाए ।
कोइराला समाजसेवी मात्र होइनन् कुशल प्रशासक पनि थिए । यी ३६ वर्षसरकारी सेवामा रहे । यी नेपालका विभिन्न मन्त्रालयको सचिव भए र बैकहरुका पनि अध्यक्ष भए । यिनले कामबाट खुबै नाम कमाए । यिनले त्यस बेला थुप्रै सङ्घसंस्था पनि उकासे । यिनले प्रशासनमा आफ्नो सीप देखाए र जाँगर पोखे । यिनले चाकरी नै नगरी तक्मा पाए । तर यिनले जागिरदारले लाउने खालको सामान्य गोरखादक्षिण बाहु र त्रिशक्तिपट्ट मात्र पाए ।
कोइरालाले एमए र एम्एड पढेका थिए । तर यिनमा एक इन्ची घमण्ड पलाएको थिएन । बरु यिनीभित्र त्याग पलाएको थियो । यिनले गरीवसँग पनि कहिल्यै र्सर्केर कुरा गरेनन् । खनुप्रुदे रामबाबूको स्वभावजस्तै यिनले पनि सानोठूलो सबैलाई समान व्यवहार गरे । कृष्णप्रसाद भट्टर्राईले झै यी पद हेरेर कसैलाई मान्दैन थिए । मान्छेमा हुने गुण भएका व्यक्तिलाई मात्र यिनले गने । उनी समाजसेवाका तपस्वी थिए र समाजसेवीका आत्मीय डोरी थिए ।
कोइराला सानैदेखि धार्मिक थिए । उनी आध्यात्मिक चिन्तनमा डुब्थे । उनी कहिलेकहिले त जीवन नै धर्ममा भुल्थे । सनातन धर्म सेवा समितिमा पनि यी बसे र उनले त्यहाँ पनि नयाँ आलोक दिए ।
कोइरालाले थुप्रै वर्षप्रवासमा गुजारे । उनले त्यहाँ धेरै हण्डर खाए । उनले आर्थिक सङ्कट भोग्दै पढे । तर नोकरी पाएपछि उनी मज्जाले फक्रिए । नोकरी र सेवामा लागि पर्दा उनी नेपालका सारा जिल्ला घुमे र विश्वका केही भाग पनि पुगे ।
दीर्घराज कोइराला पक्षघातबाट लामो समयसम्म पीडित थिए । त्यही रोगले अरु रोग थप्तै लाँदा उनी दिनानुदिन खिइँदै गए । अन्ततः उनी २०६७ साल कात्तिक ६ गते काठमाडौँमा स्वर्गीय भए ।